कर्णालीको पूर्वाधार विकासलाई  प्राथमिकतामा राख्न माग

सुर्खेत, २६ चैत । सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले कर्णालीका रणनैतिक आयोजनालाई संघीय सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले कर्णालीलाई लुम्बिनी प्रदेशसँग जोड्ने छोटो मार्ग सुर्खेत– मुलपानी–रानिघाट–तेलपानी सडक खण्ड अन्तर्गतको वर्षौदेखि अलपत्र रानिघटस्थित भेरी नदीमाथिको पुल तत्काल निर्माण कार्य अघि बढाउन माग गरे । सुर्खेतको […]

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर, २६ चैत ।  सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश  सरकारले चिन्ता व्यक्त गरेको छ ।  दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा गरिबी बढेको बताएको हो । प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल […]

वैदेशिक रोजगारीबाट फर्किएका युवामा गाउँमै सम्भावना खोज्ने लहर

सरला सुवेदी  बाँके, २६ चैत । बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीका किसानहरू पछिल्लो समय परम्परागत खेती प्रणालीबाट बाहिरिँदै नगदे बालीका रूपमा मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बदलिँदो कृषि प्रविधि, छिटो उत्पादन, बजारको सहजता र राम्रो आम्दानीको सम्भावनाले किसानहरूलाई मकै खेतीतर्फ डोर्‍याएको हो । विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले गाउँमै भविष्य देख्न थालेपछि यहाँ कृषिमा […]

कर्णालीमा दर्ता बिनै चलिरहेका छन्  ५१ प्रतिशत व्यवसायिक प्रतिष्ठान

ओम शाही सुर्खेत, २६ चैत ।  कर्णाली प्रदेशमा औपचारिक तथा अनौपचारिक आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान (संस्था/व्यवसाय) को संख्या ४२ हजार रहेको पाइएको छ । आर्थिक गणना २०७५ को तथ्यांक अनुसार प्रदेशभर कुल ४२ हजार सात सय आठ प्रतिष्ठान र व्यवसाय सञ्चालनमा छन् । यो अन्य प्रदेशको तुलनामा निकै कम हो । यो तथ्यांकले देशको […]

सम्पादकीय : महंगी नियन्त्रण गर !

सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मध्यपूर्वमा चर्किएको युद्धका कारण इन्धन आपूर्तिमा गम्भीर असर परेपछिको मूल्यवृद्धिलाई रोक्न सरकार यस्तो कदम चाल्न बाध्य भएको हो । इजरायल र अमेरिकाले इरानमाथि थालेको युद्धमा इरानले कडा प्रतिवाद गरिरहेको छ । जसका कारण विश्वमा २० प्रतिशत इन्धन आपूर्ति हुने […]

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर, २६ चैत ।  नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति सुधार गर्न व्यापक अभियान सुरु गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउने, चालु सत्रभित्र छात्रवृत्ति वितरण गर्ने र विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउने ‘घरदैलो अभियान’ सञ्चालन निर्देशन दिएको छ […]

हृदयघातबाट पत्रकार बुद्धि सिंह ठकुरीको निधन

सुर्खेत ,२६ चैत । नेपाल पत्रकार महासंघ सुर्खेतका साधारण सदस्य तथा देउती एचडी टेलिभिजनका संस्थापक सञ्चालक बुद्धि सिंह ठकुरीको असामयिक निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ४१ वर्षीय पत्रकार ठकुरीको बुधबार  दिउँसो हृदयघातका कारण निधन भएको हो । दुई दशकदेखि सुर्खेत र काठमाडौंलाई कार्यक्षेत्र बनाएर टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका ठकुरीको निधनले सुर्खेतको पत्रकारिता […]

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, समसामयिक विषयमा छलफल हुने

दाङ ,२६ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत नवौं बैठक आज बिहीबार बिहान ११ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसैगरी, स्वास्थ्य मन्त्री खेम सारुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा उठेका प्रश्नहरुको जवाफ […]

जुम्लादेखि नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु

गाेल्डेन बुढा  जुम्ला,२५ चैत। जुम्लाकाे हिमा गाउँपालिकाको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका–२ मेयरखोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।दुर्घटना बुधबार दिउँसो साढे २ बजे भएको हो। ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स जुम्लादेखि कालीकोट हुँदै नेपालगन्ज जाँदै थियो। मृत्यु हुनेमा हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा […]

जुम्लामा एसईई उत्तरपुस्तिका परीक्षण कडा निगरानीमा

गाेल्डेन बुढा जुम्ला ,२५ चैत । जुम्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कडा सुरक्षा घेराभित्र भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानीमा परीक्षण कार्य सञ्चालन गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवारका अनुसार अधिकांश विद्यालयमा सुरक्षाकर्मी र सीसी क्यामराको निगरानीमा परीक्षण भइरहेको छ भने केही विद्यालयमा […]

जुम्ला कारागारबाट फरार ९ कैदी अझै बेपत्ता, खोजी तीव्र

गाेल्डेन बुढा जुम्ला,२५ चैत। गत भदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ जना कैदीमध्ये ९ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको तथ्यांकअनुसार २७ जना फर्किसकेका छन् भने तीमध्ये ५ जनालाई प्रहरीले भागेकै राति नियन्त्रणमा लिएको थियो।डिएसपी रबिनबाबु रेग्मीका अनुसार फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ। फरारमध्ये सामूहिक जबर्जस्तीकरणी मुद्दाका […]

लुम्बिनी प्रदेश सभा बैठकः संघीय र प्रदेश सरकार वरिपरी छलफल

दाङ ,२५ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठकमा संघीय र प्रदेश सरकार संग सरोकार राख्ने बिषयमा प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षा अनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई हिरासतमा लिनु गैरकानुनी भएको दाबी गर्दै […]

घाेराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु, खेल पर्यटन प्रवर्द्धनमा याेगदान:मुख्यमन्त्री आचार्य

दाङ ,२५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङकाे घाेराहीमा सुरु भएको मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता-२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको […]