जुम्लादेखि नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु

गाेल्डेन बुढा 

जुम्ला,२५ चैत।

जुम्लाकाे हिमा गाउँपालिकाको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका–२ मेयरखोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।दुर्घटना बुधबार दिउँसो साढे २ बजे भएको हो। ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स जुम्लादेखि कालीकोट हुँदै नेपालगन्ज जाँदै थियो। मृत्यु हुनेमा हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय चालक शक्तिबहादुर शाही रहेका छन्।एम्बुलेन्समा सवार अन्य घाइतेमध्ये हिमा–६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीको खुट्टामा चोट लागेको छ भने हिमा–७ का २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको छ।

घाइते दुवै जनालाई कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।कालीकोट प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार दुर्घटना सडकमा बाक्लो हुस्सु लागेपछि भएको हुन सक्ने अनुमान गरिएको छ। एम्बुलेन्स सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ।बिरामी कलबहादुर अधिकारी गत चैत २० गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएका थिए। सुगरको मात्रा नियन्त्रण गर्न नसकिएको र प्रोस्टेडसम्बन्धी समस्या भएकाले युरो सर्जरीका लागि उनलाई नेपालगन्ज रेफर गरिएको थियो।

जुम्लादेखि नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु

जुम्लामा एसईई उत्तरपुस्तिका परीक्षण कडा निगरानीमा

जुम्लादेखि नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै,

Leave a comment

Your email address will not be published. Required fields are marked *