जुम्ला कारागारबाट फरार ९ कैदी अझै बेपत्ता, खोजी तीव्र

गाेल्डेन बुढा

जुम्ला,२५ चैत।
गत भदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ जना कैदीमध्ये ९ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको तथ्यांकअनुसार २७ जना फर्किसकेका छन् भने तीमध्ये ५ जनालाई प्रहरीले भागेकै राति नियन्त्रणमा लिएको थियो।डिएसपी रबिनबाबु रेग्मीका अनुसार फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ। फरारमध्ये सामूहिक जबर्जस्तीकरणी मुद्दाका मुगुको रारा छायानाथ नगरपालिका–१ का श्रृष्ट महतारा रहेका छन्, जसलाई १४ वर्ष कैद सजाय तोकिएको थियो। यस्तै, मुगुको खत्याड गाउँपालिका–९ का धनराज सार्कीलाई जबर्जस्तीकरणी मुद्दामा ७ वर्षको सजाय तोकिएको छ।कर्तव्य ज्यान तथा जबर्जस्तीकरणी मुद्दाका मुगुकै सोरु गाउँपालिका–८ का प्रवेश रावल ३५ वर्षे सजाय तोकिएका कैदी हुन् भने सोरु गाउँपालिका–२ का मुनसिंह दमाईलाई जबर्जस्तीकरणी मुद्दामा ८ वर्ष कैद सजाय तोकिएको छ। हुम्लाको सिमिकोट गाउँपालिका–२ का मानबहादुर सिंह कर्तव्य ज्यान मुद्दामा २० वर्षे सजाय भोगिरहेका थिए भने सिमिकोट–८ का जनक शाहीलाई जबर्जस्तीकरणी मुद्दामा १४ वर्ष कैद सजाय तोकिएको छ।त्यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिका–१० का दिपक कामी पनि जबर्जस्तीकरणी मुद्दामा १४ वर्ष सजाय पाएका फरार सूचीमा छन्। पातारासी गाउँपालिका–३ का डिल्ली बुढालाई १२ वर्ष तथा तिला गाउँपालिका–३ का जीवन रावतलाई ९ वर्ष कैद सजाय तोकिएको थियो।डिएसपी रेग्मीका अनुसार कारागारमा एक नाबालकसहित ९८ कैदीबन्दी थिए। पाँच महिला कैदी भने कारागारमै रहेका थिए। “कैदीहरूले प्रहरी र नाइकेमाथि चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका थिए,” उनले भने।उनका अनुसार अझै फरार रहेका कैदीबन्दीका आफन्तहरूसँग सम्पर्क स्थापित गरी उनीहरूलाई फर्काउन सम्झाइबुझाइ गर्ने कामसमेत भइरहेको छ।

जुम्ला कारागारबाट फरार ९ कैदी अझै बेपत्ता, खोजी तीव्र

लुम्बिनी प्रदेश सभा बैठकः संघीय र प्रदेश

जुम्ला कारागारबाट फरार ९ कैदी अझै बेपत्ता, खोजी तीव्र

जुम्लामा एसईई उत्तरपुस्तिका परीक्षण कडा निगरानीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *