चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिन सार्वजनिक बिदा दिने निर्णय

गाेल्डेन बुढा जुम्ला,२४ चैत । कर्णाली प्रदेश सरकारले अब जुम्लास्थित चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज २२ गतेलाई जुम्लामा मात्र लागू हुने सार्वजनिक बिदाको रूपमा घोषणा गरेको हो।यो निर्णय प्रशासनिक देखिए पनि यसको सांस्कृतिक र धार्मिक गहिराइ धेरै फरक छ। जुम्लाको चन्दननाथ मन्दिरको परम्परागत […]

हिमशिखर मा.बि परीक्षा केन्द्रका निरीक्षक राजकुमार रावतलाई दुई वर्षका निष्कासन

काली बहादुर परियार जुम्ला,२४ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत मंगलबार सञ्चालन भएको सामाजिक विषयको परीक्षामा गम्भीर लापरबाही पुष्टि भएपछि हिमशिखर माध्यमिक विद्यालय परीक्षा केन्द्रका निरीक्षक राजकुमार रावतलाई केन्द्रबाट निष्कासन गरिएको छ। घटनाले परीक्षा व्यवस्थापनमै ठूलो प्रश्न उठाएको छ भने सम्बन्धित निकायले तत्काल कडा कदम चालेको छ। परीक्षा सुरु भएको जम्मा १२ मिनेटमै प्रश्नपत्र […]

कर्णालीमा नाैँ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु

गाेल्डेन बुढा जुम्ला ,२४ चैत । जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपाली सुत्केरी सेवाका लागि गत फागुन २५ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगिन् । बेथा लागेको लामो समयपछि अस्पताल पुर्‍याउँदा उनको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो। अस्मिता शिशुलाई जन्म त दिइन् तर आफ्नो ज्यान गुमाउन बाध्य भइन् । स्वास्थ्य थप […]

पुर्व अध्यक्ष भण्डारीको स्याउ बगैंचा

गाेल्डेन बुढा जुम्ला ,२४ चैत । जुम्लाको गुठिचौर गाउँपालिका–३, थापाखेतको उचाइमा फैलिएको ‘अर्गानिक एप्पल एण्ड फर्म’ मा उभिँदा देखिने दृश्य केवल हरिया बोटहरूको विस्तार होइन, कृषि प्रणालीको जीवित प्रतिरूप हो। झण्डै ६१ हजार वर्गमिटरमा फैलिएको बगैंचामा १ हजार ६ सय बिरुवा छन्,। जसमा ९ सय स्थानीय र ७ सय फुजी जातका हुन्। १३ वर्षे प्रतीक्षा, […]

आगलागीपीडित बालबालिकालाई कालिकाको अध्ययन सामग्री सहयोग

प्यूठान ,२४ चैत । ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति भएको भीषण आगलागीबाट १३ घर र ११ गोठ जलेर नष्ट हुँदा स्थानीय बासिन्दा ठूलो समस्यामा परेका छन्। आगलागीबाट करिब ९३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान वडा अध्यक्ष अमर रेश्मीले जानकारी दिएका छन्। विपद्पछि प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने क्रममा मङ्गलबार कालिका […]

कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास

सुर्खेत, २४ चैत । सुर्खेत उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौँ प्रदेश सभाबाट आगामी कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। संघका अध्यक्ष हर्षविक्रम खड्का र महासचिव रामप्रसाद जैसी (राजु) द्वारा जारी शुभकामना सन्देशमा कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका अत्यन्त […]

मालपोत कार्यालय जुम्लामा ८ महिनाकाे अवधिमा १ कराेड बढी राजस्व संकलन

जुम्ला ,२४ चैत । मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०८२/८३ काे साउन देखि फागुन सम्म १ कराेड ८६ लाख ७२ हजार १ सय ७२ रूपैयाँ ६० पैशा राजस्व संकलन गरेकाे छ । कार्यालयले विभिन्न शिर्षक बाट साे रकम राजस्व संकलन गरेकाे हाे । कार्यालय प्रमुख माेहन बहादुर बिष्टका अनुसार, पुजिगत लाभकर तर्फ ५७ लाख ३४ […]

प्रदेश सभामा बजेट, कानुन र सुशासनका विषयमा बहस

दाङ ,२४ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको सातौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कार्की आयोगको प्रतिवेदनका आधारमा भइरहेको गैरन्यायिक धरपकडको विरोध गर्नुभयो । उच्च पदस्थ व्यक्तिलाई अभियोजन विना फिल्मी शैलीमा गिरफ्तार गर्नु पूर्वाग्रहपूर्ण भएको भन्दै उहाँले […]

मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता चैत २५ देखि, तयारी पूरा

दाङ ,२४ चैत । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परिषद्का सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान, व्यवस्थापन, आवास तथा अन्य प्राविधिक […]

बाँझो जमिन नराख्न मुख्यमन्त्री आचार्यको आग्रह, सिँचाइ सुधारमा जोड

दाङ ,२४ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ । सिँचाइ दिवस २०८२ को पूर्व सन्ध्यामा प्रगन्ना नहर सरसफाई कार्यक्रमको मंगलबार राप्ती उपत्यका(देउखुरी)मा उद्घाटन गर्दै उहाँले राज्यले सिँचाइको व्यवस्थापन गर्ने बताउँदै किसानका समस्यामा प्रदेश सरकार साथमा रहेको स्पष्ट पार्नुभयो । उहाँले किसानका वास्तविक समस्या पहिचान भइसकेको […]

जुम्लामा स्वास्थ्यकर्मीहरूका लागि क्षयरोग विरुद्धको पुनर्ताजगी तालिम

काली बहादुर परियार जुम्ला,२४ चैत । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने क्षयरोग (टीबी) सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जिल्लाभर क्षयरोग नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिमले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । तालिममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत […]

नगरपालिकाकाे प्रशाेधन केन्द्र बाट निस्केको प्रदूषित गन्ध नागरिकलाई सास्ती

काली बहादुर परियार जुम्ला ,२४ चैत । जुम्लाको चन्दननाथ नगरपालिकाकाे सदरमुकाम जुम्ला बजारको फोहोर प्रशोधन केन्द्र बाट निस्केको धुँवाले प्रशाेधन केन्द्र आसपासका वासीलाई हैरानी भएको छ । नगरपालिकाको फोहोरलाई पहिले चन्दननाथ २ काे दुनादुनैमा फालिदै आएकाे थियाे । तर स्थानीयकाे अवरोध पछि अहिले फाेहाेर नगरपालिकाकाे ४ पुर्वाधारकाे कार्यालय नजिक प्रशाेधन केन्द्रका थुपारिदै आएकाे छ । […]

कर्णाली सरकारद्वारा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली ,२४ चैत । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले […]