आगलागीपीडित बालबालिकालाई कालिकाको अध्ययन सामग्री सहयोग

प्यूठान ,२४ चैत ।
ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति भएको भीषण आगलागीबाट १३ घर र ११ गोठ जलेर नष्ट हुँदा स्थानीय बासिन्दा ठूलो समस्यामा परेका छन्। आगलागीबाट करिब ९३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान वडा अध्यक्ष अमर रेश्मीले जानकारी दिएका छन्।


विपद्पछि प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने क्रममा मङ्गलबार कालिका विकास केन्द्र नेपाल, बिजुवार प्यूठानले राहत वितरण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाह, वडा नम्बर १ का अध्यक्ष अम्बर रेश्मी, कालिका विकास केन्द्र नेपालका अध्यक्ष सनत श्रेष्ठ, कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राजभण्डारी, अनुगमन तथा मूल्यांकन अधिकृत यशोधा जी.सी. तथा सामाजिक परिचालक जीत बहादुर वि.क.को उपस्थिति रहेको थियो।


कार्यक्रम अन्तर्गत ९ घरपरिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री (टुथपेस्ट, टुथब्रस) वितरण गरिनुका साथै आगलागीबाट प्रभावित १५ जना बालबालिकालाई विशेष रूपमा अध्ययन सामग्री प्रदान गरिएको थियो।
विपद्का कारण घर मात्र होइन, बालबालिकाको पढाइसम्बन्धी सामग्री समेत जलेर नष्ट भएपछि उनीहरूको शैक्षिक निरन्तरतामा चुनौती देखिएको थियो। यस्तो अवस्थामा उपलब्ध गराइएको कापी, कलम लगायतका स्टेशनरी सामग्रीले बालबालिकामा नयाँ उत्साह थपेको छ।
सामग्री पाएपछि बालबालिकाहरू खुसी देखिएका थिए। “हाम्रो किताब र कापी सबै जलेको थियो, अब फेरि पढ्न पाइने भयो,” एक बालबालिकाले खुसी व्यक्त गरे। अभिभावकहरूले पनि यस सहयोगले आफ्ना छोराछोरीको पढाइ पुनः सुरु गर्न सहज भएको बताएका छन्।


स्थानीय तह र विभिन्न संघसंस्थाको समन्वयमा राहत तथा सहयोगका कार्यक्रमहरू जारी रहने जनाइएको छ। विपद्को पीडाबीच बालबालिकाको शिक्षालाई प्राथमिकतामा राखेर गरिएको यस्तो सहयोगले प्रभावित परिवारमा आशा र आत्मविश्वास जगाएको छ।

आगलागीपीडित बालबालिकालाई कालिकाको अध्ययन सामग्री सहयोग

कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र

आगलागीपीडित बालबालिकालाई कालिकाको अध्ययन सामग्री सहयोग

पुर्व अध्यक्ष भण्डारीको स्याउ बगैंचा

Leave a comment

Your email address will not be published. Required fields are marked *