विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, २३ चैत ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका पठाउने भन्दै रु ७३ लाख ७० हजार ठगी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका–७ का ५२ वर्षीय कर्णबहादुर राउत, जिल्ला तनहुँ भानु नगरपालिका–१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–३ की ३९ वर्षीया […]

डिजेल र पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुल्यो

काठमाडौँ, २३ चैत्र । सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भन्नुभयो,‘डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक […]

साढे तीन वर्षअघि नै बन्नुपर्ने पुलको निर्माण २१ प्रतिशतमात्र

कालीकोट, २३ चैत । कालीकोटको पचालझरना र पलाँता गाउँपालिका जोड्ने जारकोट पुल निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा पुल निर्माणको काम अधुरो अवस्थामा रहेको हो। समयमै पुल नबन्दा स्थानीयले कर्णाली करिडोरसँग सहज रुपमा जोडिन पाएका छैनन् । तीन वर्षमा बन्नुपर्ने पुल सम्झौताको साढे ५ वर्ष हुँदा समेत सकिएको छैन । […]

मध्यपहाडी लोकमार्ग : १३ वर्षदेखि भेरी पुल अलपत्र

सुर्खेत, २३ चैत । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदीस्थित पुलको निर्माणका लागि ललितपुरको वाईपी कन्ट्रक्सन प्रालिले २०६९ सालमा जिम्मा लियो । कम्पनीले ३० महिनाभित्र काम सम्पन्न गर्ने भन्दै १३ करोड ४७ लाख रुपैयाँमा जिम्मा लिएको थियो । झण्डै एक सय मिटरको पुल निर्माणको काम कम्पनीले लामो समय पुल निर्माणको काम गरेन । […]

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ, २३ चैत ।  ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् ।  सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान […]

कर्णालीमा विभेद र हिंसाको  डरलाग्दो दुश्चक्रिय पीडामा महिला

ओम शाही सुर्खेत, २३ चैत । कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा मानव अधिकार हनन् सम्बन्धीका घटनाहरू बढ्दो क्रममा छन् । विशेषगरी विभेद र हिंसाका घटनामा महिला पीडितको संख्या उल्लेखनीय रूपमा उच्च रहेको तथ्यांकले देखाएको छ । मानाव अधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् […]

सम्पादकीय : भेरी बबईलाई गति देऊ

राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई दिइएको तेस्रो पटकको समायावधी समाप्त भएको छ । तर आयोजनाको भौतिक प्रगति भने जम्मा ५७ प्रतिशत भएको छ  । आयोजनाको बाँध र विद्युत गृह (सिभिल वर्क) निर्माण कार्यका लागि २०७६ साउनमा निर्माण व्यवसायी रमण कस्न्ट्रक्सन र चीनको ग्वाङ्डोन–युनाटियन जेभीले ठेक्का पाएका थिए । सम्झौता अनुसार […]

आज पनि लुम्बिनी प्रदेश सभा बैठक बस्दै, प्रदेश वन ऐन संशोधन विधेयक पेश हुने

दाङ ,२३ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आज छैठौं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । यसैगरी बैठकमा वन तथा वातावरण मन्त्री देवकरण […]

दुर्गम रोवामा प्रहरी पोस्ट सञ्चालन: अब गाउँमै सुरक्षा सेवा

मुगु ,२२ चैत । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ अन्तर्गत पर्ने दुर्गम रोवा गाउँमा अन्ततः प्रहरी पोस्ट सञ्चालनमा आएको छ। लामो समयदेखि सुरक्षा निकायको पहुँच बाहिर रहेको यस क्षेत्रका बासिन्दाले अब आफ्नै गाउँ नजिकै प्रहरी सेवा पाउने भएका छन्। स्थानीय स्तरमा बढ्दो सुरक्षा चुनौती, चोरी–डकैती तथा सामाजिक विवाद नियन्त्रणका लागि प्रहरी पोस्ट आवश्यक रहेको भन्दै […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

दाङ ,२२ चैत। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठक आइतबार बसेर विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारी साधन कर बाँडफाँटसम्बन्धी प्रस्तावहरू स्विकृत गरेको छ । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार आगामी आर्थिक वर्ष […]

संघीय सरकारको प्रतिशोधपूर्ण व्यवहारप्रति प्रदेश सभामा कडा खबरदारी

दाङ,२२ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पाँचौं बैठकमा संघीय सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाएको भन्दै प्रदेश सभा सदस्यहरूले कडा विरोध र खबरदारी गरेका छन् । बैठकमा बोल्दै प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले वर्तमान परिस्थितिलाई ऐतिहासिक मोडको रूपमा चित्रण गर्दै राष्ट्रियता र सार्वभौमसत्तामाथि प्रहार भइरहेको आरोप लगाए । उनले भदौ २३ र २४ गतेका आन्दोलनलाई […]

जुम्लामा ‘प्रथम स्ववियू कप’ हुँदै

गाेल्डेन बुढा जुम्ला,२२ चैत। जुम्लामा खेलकुद गतिविधि सुस्त बन्दै गइरहेका बेला युवालाई मैदानतर्फ फर्काउने प्रयासस्वरूप ‘प्रथम स्ववियू कप’ खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले आगामी वैशाख ९ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको हो।आइतबार आयोजित पत्रकार सम्मेलनमा स्ववियू अध्यक्ष लोकेन्द्रराज बुढाले क्याम्पसको शैक्षिक पहिचानसँगै सामाजिक उत्तरदायित्वलाई […]

घुयँत्राे:“कर छल्नेको करामत: समातिँदा पनि ‘सेवा सुविधा’ जारी !”

हैन याे जेनजी सरकारले त शंकर ग्रुप भनम् कि अग्रवाल परिवारकाे भागाभाग पार्याछ भन्छन त कुराे के रैछ । दीपक भट्ट भन्ने जिनिसकाे सँगताँ परेछि धनकमाउन मन लायाे ट्याक्स ठग्न मन लायाे , त्याे अकुत सम्पति कसरी कमाईयाे कानुनि धन्दा गरेर कमाईयाेकि गैर कानुनि , कूनै ठेगान भएन पैशा कमाउने बाटाे दिपक भट्ट भन्ने जन्तुले […]