नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला, २१ चैत ।  यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरेको छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम शीर्षकअन्तर्गत सिंजाको चुलेलगाँउ–नराकोट–धापा–कोटघर–कुनौटा हुँदै लौडीसिम लुड्कु–हाटसिंजा सडक स्तरोन्नतिका स्रोत सुनिश्चित भएको हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले रु १५ करोड १९ लाख […]

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

काठमाडौँ, २१ चैत ।  सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित […]

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शैया 

काठमाडौँ, २१ चैत ।  सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरुले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचनामार्फत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरुको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै ३२ अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शैयामा […]

सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण

कञ्चनपुर, २१ चैत ।  सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले निःशुल्क रगत परीक्षण सुरु गरेको छ । कार्यालयले लालझाडी गाउँपालिकामा निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए । उनका अनुसार यहाँका तीन वडामा एक हजार १३३ जनाको रगत परिक्षण गरिएको छ । जसमा ९८ […]

घुयँत्राे:“चौथो दल, तर सत्ता फर्स्ट क्लास – प्रचण्डको भाग्य ‘VIP पास’!”

प्रचण्ड कमरेड , तपाईं जति नसकिने भैयाे यार । भलै चुनाबाँ चाैथाेदल किन नबनियाेस आखिर सत्ताँ गएरै छाेडिने भैयाे हैन त । मान्छ्या खप्पराँ लेख्याछ भने खाेजिखाेजि आउँछ भन्या यै त हाेला । हिजाेका दिनाँ कैले देउबा त कैले वलिले नच्यापि नहुने बन्या माओवादि दल र त्यसका नेता प्रचण्ड कमरेड जेनजी आन्दोलन पछि २२ वटा […]

एसईइ दिने विद्यार्थी भेरि डुब्दा मृत्यु

दुर्गा विसि सल्यान ,२० चैत । सल्यान पश्चिममा एसईई दिने विद्यार्थी नुहाउने क्रममै भेरि नदिमा डुवेर मृत्यु भएको छ ।मुक्ति मावि हिलेपाेखरि वामेका विद्यार्थी सेतुराम वुढा परिक्षा सकिन साथ भेरि नदिमा नुहाउन गएका थिए ।उनिसँगै डुवेका थप दुई जनाकाे भने अन्य विद्यार्थीले उद्दार गरेका थिए ।वामे,२ फल्तेपानिका १६ वर्षिया वुढाले आज नेपाली विषयकाे परिक्षा दिएर […]

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी: मुख्यमन्त्री आचार्य

दाङ ,२० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताउनुभएको छ । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताउनुभएको हो । उहाँले नियत […]

जुम्लामा मार्सी धानको बेर्ना राखियो

गाेल्डेन बुढा जुम्ला,२० चैत। जुम्लाका किसानहरूले प्रसिद्ध कालीमार्सी र रातीमार्सी धानको बेर्ना राखेका छन् । परम्परागत संस्कारअनुसार चैत २० गते उमारेर टुसा भएको धानको बेर्ना राख्ने चलन रहिआएको छ । सोही परम्पराअनुसार शुक्रबार किसानहरूले टुसा उमारेको धानको बेर्ना राखेका हुन् ।पुरानो संस्कारअनुसार चैत १२ गते बिउलाई पानीमा बोराभित्र राखेर भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र […]

स्कुल बस संचालन संगै बिद्यार्थीकाे ओठमा खुसि

हस्त चाैलागाईं कालिकाेट ,२० चैत । करिब तीन सय बालबालिकाको ओठमा एकैचोटि मुस्कान फक्रिएको दृश्य आफैंमा लोभलाग्दो थियो। जसले अहिलेसम्म सडकमा गुड्ने गाडीसमेत नजिकबाट देखेका थिएनन्, तिनै साना नानीहरूले आफ्नै विद्यालयमा बस प्रवेश गर्दा “बस आयो, बस आयो!” भन्दै खुशी साटिरहेका थिए। मान्म बजार स्थित श्री लोटस विकास एकेडेमीले हालै विद्यालय बस सेवा सञ्चालनमा ल्याएको […]

कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए

जुम्ला,२० चैत । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दशवटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सडक कार्यालयले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का अन्त्य गरिएको सम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको जिम्ला सडक डिभिजन कार्यालयका […]

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

कञ्चनपुर,२० चैत । माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारू गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारू समुदायको संस्कृति, प्रकृतिप्रतिको श्रद्धा र जीवनशैली झल्काउँथ्यो । तर समय परिवर्तनसँगै पक्की घर निर्माणको बढ्दो प्रवृत्तिले थारू समुदायको परम्परागत भित्ते लोक चित्रकला अहिले लोपोन्मुख […]

जानकी गाउँपालिकामा ‘समुदाय–प्रहरी साझेदारी’ सुदृढ : २१ सदस्यीय समिति पुनर्गठन

बाँके ,१९ चैत । नेपाल प्रहरीले अघि सारेको ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत जानकी गाउँपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ पुनर्गठन गरिएको छ। इलाका प्रहरी कार्यालय खजुराखुर्दको पहलमा गाउँपालिका अध्यक्ष छब्बन खाँको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो। समितिको पुनर्गठनसँगै गाउँस्तरमा शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध न्यूनीकरण गर्ने तथा प्रहरी र नागरिकबीच सकारात्मक सम्बन्ध विस्तार गर्ने लक्ष्य […]

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

सुर्खेत, १९ चैत ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।  प्रहरीले बिहिबार सुर्खेत वीरेन्द्रनगरपालिका–७ ईत्रामस्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट १० महिला र मालपोत कार्यालय सुर्खेतबाट छ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए । […]