मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन  

काठमाडौँ, १९ चैत ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३  तयार गर्ने भएको छ । यसका लागि प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन भई कायम थालिएको हो । प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय […]

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन 

टीकापुर, १९ चैत ।  कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोगबापतप्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ । सङ्क्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि रकम भुक्तानी हुने गरेको छ । टीकापुरमा गत वर्ष  ११५ जनाले पोषण सहयोग लिएका थिए […]

नदी कटान रोक्न जैविक तटबन्ध

कञ्चनपुर, १९ चैत ।  कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा जैविक तटबन्ध निर्माण गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकास्थित दोदा नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको पुनर्वास नगरपालिका– ७ का अध्यक्ष मुलचन्द रानाले नदी जानकारी दिए । हरेक प्रत्येक वर्ष नदीको बाढीबाट प्रभावित हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरिएको […]

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै मौर्य

नेपालगन्ज, १९ चैत ।  बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ‘ग्रेडिङ’मा व्यस्त छन् । गत वर्षमात्रै जिल्लाबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका ४३ वर्षीय किसान मौर्यले एक सय एक कट्ठा जमिनमा लगाइएको आलुको बीउ ग्रेडिङ भइरहेको जानकारी दिए । बीस वर्षदेखि कृषिमा संलग्न उनले अनुमानित आठ सय क्विन्टल बीउ उत्पादन गरेर स्थानीय […]

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात 

बैतडी, १९ चैत ।  महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ ।  मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारिरहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । उनको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि […]

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

काठमाडौँ, १९ चैत ।  प्रतिनिधिसभाको विहिबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन । नेपालको […]

विद्युत् सम्झौता र अनुमतिपत्रमा कमजोरी खोज्न समिति गठन

काठमाडौँ, १९ चैत ।  ऊर्जा क्षेत्रमा देखिएका नीतिगत तथा कार्यान्वयनसम्बन्धी कमजोरी पहिचान गर्न सरकार सक्रिय भएको छ । यस क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा सुशासन सुदृढ गर्न विभिन्न अध्ययन समितिहरू गठन गरिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीपरिषद्को यही चैत १३ गतेको निर्णय कार्यान्वयन गर्दै आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही […]

पर्यटकको रोजाइमा ‘पुरन्धरा झरना’

दाङ, १९ चैत । पश्चिम दाङको बबई गाउँपालिकामा पर्ने ‘पुरन्धरा झरना’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । झरनासम्म पुग्ने बाटो पक्की निर्माण भएसँगै अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढ्नुका साथै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको […]

उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन हस्तान्तरण

दाङ, १९ चैत ।  तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन आज हस्तान्तरण गरिएको छ । नगरप्रमुख टिकाराम खड्काले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश  राजेश्वर तिवारीलाई भवन हस्तान्तरण गरेका छन् । नगर प्रमुख खड्काले नगरपालिकाको भवन पूर्ण रूपमा ध्वस्त भएपछि आफूहरूले पाल टाँगेर सेवा प्रवाह गरेको र अदालतको अवस्था पनि […]

न्याय निरुपण गर्ने निकायमाथि नागरिकको अविश्वास २७ दिनपछि इनिशाको दाहासंस्कार

ओम शाही सुर्खेत, १९ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, कि १६ वर्षीया किशोरी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझेका छन् । उनको बिहिबार भेरी नदीमा अन्तिम संस्कारसमेत भइसकेको छ । गएको २३ फागुनमा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन । घटना लगत्तै पुगेको प्रहरीले […]

सम्पादकीय : एसईईमा नयाँ प्राव्धानका चुनौती 

  यस वर्षको माध्यमिक क्षिक्षा परीक्षा (एसईई) आज (बिहिबार) बाट भएको छ। चैत पहिलो साता तय भएको कक्षा १० को वार्षिक परीक्षा २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका कारण सरेको थियो । २३–२३ भदौको जेन–जी आन्दोलपछि उत्पन्न राजनीतिक गतिरोधलाई निकास दिन पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा निर्वाचनको मिति तय गरेको थियो । उच्च […]

जुम्लाका चार पालिकामा फेरिए प्रमुख प्रशासकीय अधिकृत

काली बहादुर परियार जुम्ला,१९ चैत । जुम्लाका चार वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ। हालै सार्वजनिक गरिएको सरुवा पत्रअनुसार विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई जिल्लाका स्थानीय तहमा खटाइएको हो । सरुवा सूचीमा समावेश नाम अनुसार चन्द्रप्रसाद भुसाल, मिनराज थापा, हेमराज शर्मा लगायत अधिकृतहरूलाई जुम्लाका विभिन्न गाउँपालिकामा जिम्मेवारी दिइएको छ। हिमा गाउँपालिकामा जलन्धर […]

सुर्खेतका दुई कार्यालयबाट १६ जना विचौलिया पक्राउ

सुर्खेत ,१९ चैत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा विचौलियाको काम गर्ने १६ जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीले विचौलियाले सेवा प्रवाहमा अवरोध गरेको सूचना प्राप्तपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले दुई कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो । सरकारी कार्यालयमा काम […]