लापसे गरेर सवारी चलाउनेमाथी कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाई

कञ्चनपुर, १८ चैत ।  जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ । लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमाथि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएकोे छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म […]

जेनजी सहिद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी, १८ चैत ।  जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका यहाँस्थित शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् । सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी सहिदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो । उक्त नामावलीमा सहिद साउदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख […]

आगामी बजेटः सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ–लागत विश्लेषण अनिवार्य

काठमाडौँ, १८ चैत ।  हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई चाँडो सक्नेगरी पर्याप्त बजेट विनियोजन गर्ने र नयाँ योजना तथा कार्यक्रम प्रस्ताव गर्दा लाभ–लागत विश्लेषणसहित पूर्वतयारी गरिसकेर तत्काल कार्यान्वयनमा जान सक्नेलाई मात्रै बजेट प्रस्ताव गर्नेगरी मन्त्रालयहरूसँग प्रारम्भिक छलफल सुरु भएको छ ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा प्रक्रियालाई थप अनुशासित, परिणाममुखी […]

शासकीय सुधारका कार्यसूची :  एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौँ, १८ चैत ।  सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रीपरिषद्बाट स्वीकृत  शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन हुँदैछन् । उक्त कार्यसूचीको बुँदा नं ७ मा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र एक उच्चस्तरीय छानबिन समिति गठन गरिने […]

सम्पादकीय : जलविद्युतमा नयाँ प्रविधि

नेपालको जलविद्युत विकासको इतिहास हेर्दा एउटा स्थिर सोचले लामो समयदेखि शासन गरेको देखिन्छ । नदी थुन्ने, ठूलो बाँध बनाउने, सुरुङ खन्ने र पानीलाई उचाइबाट खसालेर बिजुली उत्पादन गर्ने । यो मोडेलले देशलाई ऊर्जा क्षेत्रमा निकै उपलब्धि त दिएको छ, तर यसका साथसाथै वातावरणीय क्षति, विस्थापन, उच्च लागत र दीर्घकालीन निर्माणमा ढिलाई जस्ता समस्याहरू पनि निम्त्याएको […]

जुम्लामा भ्रष्टाचारका उजुरीको चाप : आठ स्थानीय तहविरुद्ध १२६ मुद्दा

काली बहादुर परियार जुम्ला ,१८ चैत । जुम्लाका आठ स्थानीय तहविरुद्ध भ्रष्टाचार तथा अनियमितताका उजुरीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश कार्यालय सुर्खेतमा जुम्लाबाट मात्रै १२६ वटा उजुरी दर्ता भएका छन् । अख्तियारका सूचना अधिकारी धर्मराज बुढाका अनुसार यी उजुरी मध्ये हाल […]

जुम्लामा आर्थिक गणना सुरु,दर्ता बाहिरका प्रतिष्ठानलाई कानुनी दायरामा ल्याउनु पर्नेमा जाेड

गाेल्डेन बुढा जुम्ला,१७ चैत। जुम्लामा आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुन लागेको आर्थिक गणनाले जिल्लाको वास्तविक आर्थिक संरचना उजागर गर्ने अपेक्षा गरिएको छ। विश्वसनीय तथ्यांकमार्फत दीर्घकालीन नीति निर्माण र प्रभावकारी योजना तर्जुमा गर्ने लक्ष्यसहित यो गणना अघि बढाइएको हो। जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका अनुसार १७ जना गणक र ३ जना सुपरिवेक्षक […]

ट्याक्टर दुर्घटनामा जुम्लामा एकको मृत्यु

गाेल्डेन बुढा जुम्ला,१७ चैत। जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।मंगलबार बिहान करिब ८ बजे कुडारी बजारबाट डुंग्री गाउँतर्फ जाँदै गरेको भे २ त १७७२ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते […]

हिमाली जिल्लामा प्राथमिकता—हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तक वितरण सुरु

बाँके ,१७ चैत । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्ला हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक पठाएर वितरण सुरु गरेको छ । प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालका अनुसार चैत १६ गते सोमबारदेखि हुम्ला र डोल्पामा पुस्तक वितरण सुरु गरिएको हो । नयाँ शैक्षिक […]

छात्रवृत्ति र दिवा खाजामा हिनामिना आरोप: प्रध्यानाध्यापक सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाेल्डेन बुढा जुम्ला ,१७ चैत । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयमा भएको कथित आर्थिक अनियमिततासम्बन्धी प्रकरणमा प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । छात्रवृत्ति रकम लामो समयसम्म वितरण नगरी रोकिएको र दिवा खाजाको रकम हिनामिना गरिएको अभियोग उनीहरूमाथि लगाइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले सोमबार विद्यालय […]

भाडगाउँकाे दिलौरीमा प्राविधिक शिक्षालय निर्माण सुरु

गाेल्डेन बुढा जुम्ला,१७ चैत । जुम्लाको सिँजा गाउँपालिका–६ को दुर्गम भाडगाउँस्थित दिलौरी चौरमा बहुप्राविधिक शिक्षालय निर्माणको काम सुरु हुनु कर्णालीको शैक्षिक रूपान्तरणतर्फको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी, भक्तपुरले २०७९ साल माघमा सिँजामा शिक्षालय स्थापना गर्न स्वीकृति दिएपछि स्थानीय तह, प्रदेश र बाह्य सहयोगको बहुस्तरीय प्रयास अहिले भौतिक […]

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ,१७ चैत । गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका आमजनता पार्टीका सीताराम यादव, निर्वाचन क्षेत्र नं […]

जलविद्युतमा नयाँ प्रविधिको परीक्षण: कर्णाली नदीको बहाव  नछेकी निकालिदैँ विजुली 

सुशील खड्का सुर्खेत, १७ चैत । नेपालको जलविद्युत इतिहासमा हामीले अहिलेसम्म एउटै भाष्य सुन्दै र पढ्दै आएका छौं की नदी थुन्ने, ठूलो बाँध (ड्याम) बनाउने, पहाड खोपेर सुरुङ खन्ने र पानीलाई उचाइबाट खसालेर बिजुली निकाल्ने । यो हाम्रो स्थापित र पारम्परिक हाइड्रोपावर मोडेल हो । तर समय बदलिँदै जाँदा प्रविधिले यस्तो फड्को मारेको छ कि […]