जुम्ली चेली राममाया विश्वमा चम्किन्

गाेल्डेन बुढा जुम्ला,१६ चैत । जुम्लाको पातारासी गाउँपालिका–२, दुर्गम पेरेगाउँ जहाँ सडकभन्दा गोरेटो धेरै छन् र अवसरभन्दा अभाव गहिरा,त्यहीँबाट उठेकी एक युवतीले अन्तर्राष्ट्रिय मञ्चमा केवल आफ्नो नाम होइन, सिंगो भूगोलको कथा सुनाएकी छन्। जुम्ला सदरमुकाम खलंगाबाट करिब आठ कोस टाढा पर्ने यही भूगोलकी धाविका राममाया बुढाले चीनको चेन्दुमा सम्पन्न ६० किलोमिटर ट्रेल रेसमा पहिलो स्थान […]

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

कालीकोट, १६  चैत ।  जिल्लाको नरहरिनाथ गाउँपालिका–३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदान भत्किएको छ । गत साताको वर्षासँगै आएको पहिरोका कारण निर्माणाधीन खेलमैदान भत्किएको हो । कर्णाली प्रदेश सरकार र नरहरिनाथ गााउँपालिकाको संयुक्त लागतमा दुई वर्षदेखि निर्माण भइरहेको खेलमैदान पहिरोका कारण भत्किएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र महताराले बताए । “विसं २०७७ मा गएको पहिरोले […]

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण 

टीकापुर, १६ चैत ।  वर्षौंदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण भएको छ । मोहना नदीमा रु चार करोड ११ लाखमा ६८० मिटर लामो बिगबोल्डर (ठूला ढुङ्गाको प्रयोग गरी) तटबन्ध निर्माण भएपछि स्थानीयले त्रास कम भएको प्रतिक्रिया दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले रु चार करोड […]

बाँकेका उद्योगलाई कच्चा पदार्थको अभाव 

बाँके, १६ चैत ।  बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ । मध्यपूर्व एसियामा तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने अवस्थासम्म पुगेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका एसोसिएट सदस्य तथा स्टार पोलिपाइप उद्योगका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिए । […]

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने 

काठमाडौँ, १६ चैत ।  सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा निर्यातका लागि एक महिनाभित्र रणनीति तयार पार्ने उल्लेख छ । नेपालले भारत र टोकनका रूपमा नै भए पनि बङ्गलादेशमा जलविद्युत् निर्यात […]

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

नेपालगञ्ज, १६ चैत ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा ५६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४३ जनाले मात्र […]

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गरिने

काठमाडौं, १६ चैत ।  दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, प्रतिनिधिसभा सदस्य केपी खनाल, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायतको टोलीले विश्वविद्यालयको स्तरोन्नति गर्ने निष्कर्ष निकालेको हो । अस्पतालको क्षमता विस्तार गरी १ सय बेडबाट ३ सय बेडमा विस्तार गरी सेवालाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको […]

इनिशा विक मृत्यु प्रकरण : सामुहिक बलात्कारपछि हत्या  भएको अभियोगमा मुद्दा दायर

ओम शाही सुर्खेत, १६ चैत । सुर्खेतकी इनिशा विक मृत्यु प्रकरणमा सामुहिक बलात्कारपछि हत्या भएको दावी गर्दै जिल्ला सरकारी वकील कार्यालय अदालत पुगेको छ । आइतबार प्रहरी अनुसन्धानको राय बमोजिम घटनामा संलग्न चार जनाविरुद्ध सामुहिक बलात्कारपछि हत्या भएको ठहर गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकील कार्यालय सुर्खेतका जिल्ला न्यायधिवक्ता कर्णबहादुर महतले […]

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौं ,१६ चैत । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न […]

सम्पादकीय :  न्याय कि राजनीतिक प्रतिशोध ?

२३–२४ भदौको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाले नेपाली राजनीति फेरि एकपटक गम्भीर मोडमा पुगेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक को गिरफ्तारीले केवल कानुनी प्रक्रिया मात्र होइन, राज्यको राजनीतिक चरित्रमाथि पनि गहिरो प्रश्न खडा गरेको छ । सरकारले बालेन्द्र शाह नेतृत्वमा गठित मन्त्रीपरिषद्को निर्णयमार्फत गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय […]

न्याउरीगाड पुल तीन वर्षमा एउटा पिल्लर मात्रै

काली बहादुर परियार जुम्ला ,१६ चैत । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित न्याउरीगाडमा निर्माणाधीन पक्की सुस्त गतिमा अल्झिएको छ । २०८१ जेठ १३ मा धूमधामका साथ सम्झौता गरिएको यो पुल अहिले तीन वर्ष नपुग्दै अलपत्र आयोजना बन्ने बाटोमा पुगेको छ । निर्धारित म्याद २०८३ असार ३० भित्र सक्ने लक्ष्य राखिए पनि हाल सम्मको अवस्था हेर्दा त्यो […]

जुम्लामा सार्वजनिकस्थलमै जातीय विभेद : कानुनलाई ठाडो चुनौती

काली बहदुर परियार जुम्ला,१६ चैत । जुम्ला बजारको कालेखोली स्थित एक होटेलमा खुलेआम जातीय विभेदको घटना सार्वजनिक भए पछि जिल्लामा तीव्र आक्रोश फैलिएको छ । गुठिचौर गाउँपालिका–३ की कविता बुढाले तातोपानी खान गएका गुठिचाैर ३ कै राजबहादुर सुनार माथि अत्यन्त अपमानजनक र विभेदकारी शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको भिडियो बाहिरिए पछि सामाजिक सञ्जाल भरिएको छ […]

सुर्खेत बहुमुखी क्याम्पसमा एलएलबी कार्यक्रम सञ्चालन तयारी : सम्भाव्यता अध्ययन र सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

सुर्खेत ,१५ चैत । सुर्खेत बहुमुखी क्याम्पसमा तीन वर्षे स्नातक तह कानून (एलएलबी) कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख माधवप्रसाद खनालको अध्यक्षता तथा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा क्याम्पस कार्यसमिति तथा व्यवस्थापन समितिका सदस्यहरू, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख, प्राध्यापक संघका […]