‘सिलाम साक्मा’ मा सजिएर बालेनको शपथ

काठमाडौँ, १३ चैत । सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि संसद् भवन पुगेका कतिपय दलका सांसद एकापसमा चिनजान गर्दै थिए । कोही सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिए भने कोही सांसद निर्वाचित भएकामा बधाई लिँदै थिए । सङ्घीय संसद् सचिवालयले अपराह्न […]

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल, १३ चैत ।  यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका रूपमा उत्कृष्ट घोषित भएको छ । उक्त अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा उत्कृष्ट नतिजा प्राप्त गरेको हो । विगत दुइ वर्षदेखि यस अस्पतालले उत्कृष्टता हाँसिल गर्दै आएको छ । यसवर्ष पनि ‘सेकेण्डरी बी’ लेभल मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित तेस्रोपटक नेपालमै प्रथम […]

भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन 

बैतडी, १३ चैत ।  पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १७ महिनादेखि  चिकित्सकविहीन हुँदा स्थानीय पशुपालक किसानलाई मर्का परेको छ । केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावका कारण उपचारमा समस्या भएको  छ । करारमा कार्यरत डाक्टरले त्यागपत्र दिएपछि केन्द्र चिकित्सकविहीन भएको हो । केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम […]

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक 

काठमाडौँ, १३ चैत ।  प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्यहरू अधिकांश नयाँ अनुहार रहेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईपटक बढी निर्वाचित हुनु हुने सांसद भएका छन् । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट […]

गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…

नविन रिजाल/रासस दैलेख, १३ चैत ।  दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो । तर यहाँस्थित दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका आठबीस नगरपालिका–७ गैराखेतका एक युवकको ज्यान जोगिएको छ । अस्पतालका इन्चार्ज डा […]

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

सुर्खेत, १३ चैत ।  कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा आव २०८१/८२ मा घटेर १ हजार ५३९ भेटिएका थिए । चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा […]

जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’ 

कैलाली, १३ चैत ।  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा आगामी महिनादेखि सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ […]

एक वर्षपछि खेलकुद परिषद्ले पायो पूर्णता : मन्त्रीका स्वकीयलाई सदस्य पद उपहार, लोकसेवा आयोगमा पनि भागवण्डाकै गोलचक्कर

ओम शाही सुर्खेत, १३ चैत । एक वर्षयता रिक्त कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पूर्णता पाएको छ । बिहिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले परिषद्मा नयाँ पदाधिकारी नियूक्त गरेको हो । ६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य सचिव विश्वामित्र सञ्ज्यालको चार बर्से पदावधि ६ पुस २०८१ मा समाप्त […]

सम्पादकीय : नागरिकको विश्वास जित्ने गरी काम गर !

सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विक मृत्यु प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान टुङ्गोमा पुर्‍याएको छ । गएको २३ फागुनमा विद्यालय जान भन्दै घरबाट निस्किएकी इशिना वीरेन्द्रनगर नगरपालिका–४, स्थित जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन । उक्त घटनामा संलग्न रहको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियो । प्रहरीले इनिशाको मृत्युको कारण उनका प्रेमि भनिएका […]

संरक्षण बहससँगै जुम्लामा धान दिवस मनाइयो

गाेल्डेन बुढा जुम्ला ,१२ चैत । ‘जुम्लाको मूल्यवान मार्सी धान, संरक्षण प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित धान दिवस मनाइएको छ। चैत महिना सुरु भएसँगै धान खेती सुरु गरिने परम्पराअनुसार प्रत्येक वर्ष चैत १२ गते यो दिवस मनाइन्छ।किंवदन्तीअनुसार चन्दननाथ बाबाले भारतबाट धानको बीउ ल्याई तातोपानी–३ लिताकोटको लाछु जिउलाबाट जुम्लामा धान खेतीको सुरुवात गरेका थिए। विश्वकै उच्च […]

बहुउद्देश्यीय कभर्डहल निर्माण रोकियो

कञ्चनपुर, १२ चैत ।  सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम आठ महिनादेखि ठप्प छ । वि.सं. २०८० असारदेखि प्रदेश सरकारको सहयोगमा निर्माण सुरु भएको बहुउद्देश्यीय कर्भहलको ७० प्रतिशत काम सकिए पनि प्यारापिट निर्माणका विषयमा उल्झन आउँदा निर्माण रोकिएको हो । कभर्डहल निर्माणको जिम्मा पाएको बैजनाथ–कन्टुर जेभीका सञ्चालक सुनिल कुवँरले […]

मुख्यमन्त्री कार्यालयद्वारा स्थानीय तहलाई ताकेता

सुर्खेत, १२ चैत ।  कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सले यहाँका स्थानीय तहहरूलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन पठाउन ताकेता गरेको छ । मुख्यमन्त्री कार्यालयले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन […]

सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै

धनगढी, १२ चैत ।  जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ । क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रुपमा रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका क्षयकुष्ट निरीक्षक मनोज ओझाले लक्ष अनुसार रोगी पत्ता […]