कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा 

कञ्चनपुर, १७ चैत ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन, कक्षाकोठा अभाव र शैक्षिक स्रोतसाधनको कमिका बीच सञ्चालन हुँदै आएको छ । विद्यालयका अधिकांश भवन जस्तापाताले बनेका र जीर्ण अवस्थामा रहेकाले वर्षायाममा पानी चुहिने समस्या हुँदा कक्षा सञ्चालनमा कठिनाइको सामाना गर्दै आएको छ । तीन दशक अघि स्थापना भएको यस विद्यालयले हालसम्म […]

कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग

सुर्खेत, १७ चैत । कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्याउनका लागि रु पाँच लाख उपलब्ध गराएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय, सुर्खेतले चालु आर्थिक वर्ष २०८२/८३ मा मध्यपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस सुर्खेतसँगको सहकार्यमा प्राविधिक परिचालनसहित प्रविधि प्रसार कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए […]

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

सुर्खेत, १७ चैत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिए । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश […]

आगामी बजेटबारे चार मन्त्रालयसँग छलफल

काठमाडौँ, १७ चैत ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि चारवटा मन्त्रालयले प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथि छलफल भएको छ । बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा प्रस्तावित योजना तथा […]

घोराही–लमही सडक विस्तार थालियो 

दाङ, १७ चैत ।  यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको छ । अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो । चालु आर्थिक वर्षमै सडक विस्तारको काम सक्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिएका छन् । यसअघि साँघुरो सडकका कारण धेरै […]

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी 

काठमाडौँ, १७ चैत ।  सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ  । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय गरेको […]

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौँ, १५ चैत ।  नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय/कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व तथा पुनरावलोकन प्रणाली लागू गरिने जनाएको छ । […]

ऊर्जा सुधारमा सरकारको जोडः १८० दिनभित्र पिपिए टुङ्ग्याइने 

काठमाडौँ, १७ चैत ।  सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । मन्त्रीपरिषद्को शुक्रबारको निर्णयअनुसार ऊर्जा क्षेत्रको विकासलाई तीव्र बनाउने उद्देश्यसहित विभिन्न महत्त्वपूर्ण कदम अघि सारिएका छन् । सरकारका योजनामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातमा रहेका […]

सम्पादकीय : सडकबाट कहिलेसम्म माग्ने न्याय ?

सुर्खेतकी इनिशा विक मृत्यु प्रकरणमा सामुहिक बलात्कारपछि हत्या भएको दावी गर्दै जिल्ला सरकारी वकील कार्यालय अदालत पुगेको छ । प्रहरी अनुसन्धानको राय बमोजिम घटनामा संलग्न चार जनाविरुद्ध सामुहिक बलात्कारपछि हत्या भएको ठहर गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो । घटानमा संलग्न चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर गरिएको […]

घुयँत्राे:“न्यायालय कि पार्टी कार्यालय? ९० वकिलको भीडमा न्याय हरायो!”

याे देशाँ न्यायपालिका,न्यायपालिका नभएर पाटि पालिका भयाे भनेर कराकाे त्यै भएर हाे । याैटा केपिशर्मा वलि पक्राउ पर्दा नब्बे नब्बे जना वकिलले उनका पक्षमा वकालत गर्न नाम लेखाउनु भन्या । मुद्दा हामी जित्छम् अनि फेरि वलि प्रधानमन्त्री हुन्छन अनि अनि हाम्लाई न्यायाधीश हुन कल्ले राेक्छ भनेरै वकिलहरु उछिनापाछिन गर्दैछन । भर्खरै चुनाब भएर जनताले बहिस्कृत […]

बर्ड फ्लुको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

बाँके ,१६ चैत । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लुको जोखिम देखिएपछि यहाँ उच्च सतर्कता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा बर्ड फ्लु नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो […]

लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ

दाङ ,१६ चैत । लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ । प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त प्रणाली हस्तान्तरण गरिएको हो । साथै मुख्यमन्त्री आचार्यले सो सूचना प्रणालीको सोमवार शुभारम्भ गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रमाणमा आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन तथ्यांक व्यवस्थापन सूचना प्रणालीले […]

जुम्लामा जातीय विभेदः महिला प्रहरीकाे नियन्त्रणमा

गाेल्डेन बुढा जुम्ला,१६ चैत। जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोट गाउँकी २२ वर्षीया कविता बुढा जातीय विभेद गरेको आरोपमा चैत १६ गते प्रहरीले पक्राउ गरेको छ। चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक सार्वजनिक होटलमा सोही गाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।घटनापछि अपशब्द प्रयोग गरिएको भिडियो […]