घुयँत्राे:“न्यायालय कि पार्टी कार्यालय? ९० वकिलको भीडमा न्याय हरायो!”

याे देशाँ न्यायपालिका,न्यायपालिका नभएर पाटि पालिका भयाे भनेर कराकाे त्यै भएर हाे । याैटा केपिशर्मा वलि पक्राउ पर्दा नब्बे नब्बे जना वकिलले उनका पक्षमा वकालत गर्न नाम लेखाउनु भन्या । मुद्दा हामी जित्छम् अनि फेरि वलि प्रधानमन्त्री हुन्छन अनि अनि हाम्लाई न्यायाधीश हुन कल्ले राेक्छ भनेरै वकिलहरु उछिनापाछिन गर्दैछन । भर्खरै चुनाब भएर जनताले बहिस्कृत गरेका मान्छेका पक्षमा तँछाडमछाड गरेर लाग्नुकाे पछाडि उनिहरुनि भष्टाचारीकै पक्षमा छन भनेर हाम्ले बुझ्दा के हुन्छ । ४८ सालदेखि ऐलेसम्म निरन्तर अनेक बहानामा देशलाई लुटेका एमाले काँग्रेस र माओवादिका कारण देश थिलाेथिलाे बनेकाेछ ।
देशलाई पालै शान्ति लुटन प्रजातन्त्र ,लाेकतन्त्र र गणतन्त्रसम्म पुगेकादलहरुका कारण देश सबैतिरबाट निचाेरिएकाेछ । कार्यकर्तालाई पाेस्न उपभाेक्ता समितिदेखि कुनै पनि बहानामा गठन गरिने समिति र आयाेगका नाममा ३ दलले देशकाे ढुकुटि यसरी रित्याएकि अब देश बनाउन धेरै दुख्ख र मेहनत गर्नु पर्नेछ । तर पनि देश र जनताका लागि केही गर्न खाेज्दा यिनिहरुले सजिलै देलान जस्तो छैन । पाटिका याैटै नेता समातिँदा ७७ जिल्लामै आन्दोलन गर्न पुगेका एमालेहरु अब क्रमिक रुपमा काेहि भष्टाचारमा त काेहि काेहि महिला हिंसा अनि काेहि सहकारी ठगमा त काेहि देशका ठूलाठूला काण्डमा समातिए भने यिनिहरु कति र कैलेसम्म सडकमा आउने हुन ठेगान छैन । आजसम्म कैले पाटिका नाममा त कैले नेताका नाममा खाँदै गर्दा नेताजति गुमनाम हुनु पर्ने अबस्था आउँदा कार्यकर्ताकाे बिचल्लि हुने छाँट आएछि आफ्नै लागि भएनि सडकमा आउनु झाेलेहरुकाे बाध्यतानै भएकाेछ । पाटि संगठनका नाममा कालाे काेटलाई धराैटि राख्ने गरेका वकिल साहबहरुलाई अब सरकारले दलिय संगठनमा बाँधिन नदिने भएछि कसरी अगाडि पुग्न सकिन्छ भनेर त हाेला ९०/९० जना वकिल याैटा मुद्दाँ वकालतनामा लगाउँछन भने याे भन्दा लाजमर्दो कहाँ हुन्छ के! त्याे पनि मुद्दाका पक्षले वकिल गुहार्नु याैटा कुरा हाे तर यहाँ त वकिल आँफै मुद्दा खाेज्दै हिँडनुले कालाेकाेटलाईनि राजनितीले कसरि गाँजिरहेकाेछ भन्ने कुरा प्रष्ट हुन्छ । पेशाका नाममा जस्तोसुकै रछ्यानमानि गिर्न खाेज्ने वकिलहरुकाे याे गतिविधिलाई हेरेर नै सरकारले यिनिहरुकाे पेशागत संगठनलाई खारेज गर्नु पर्छ । ऐले खासगरि वकिलहरु दलालमार्फत मुद्दामा आफ्नो पहुँच जमाउन खाेज्छन त्यसैले यिनिहरुमाथि राज्यले निगरानि बढाउनु पर्छ । अन्यथा यिनिहरुले न्यायलाई सामान्य जनताकाे पहुँचमा रहन दिँदैनन । त्यसैले सरकारले कुनै दल वा संथा वा शिक्षाक्षेत्र सहित वकिल र पत्रकारहरुलाई पनि अबदेखि दलिय संगठन र पेशा व्यवसायमा नरहेर निश्पक्षरुपमा देश सेवा र जनसेवामा जुटन बाध्य पारिनु पर्छ ।तबमात्र सबै क्षेत्रबाट निश्पक्ष सेवा प्रवाह हुन सक्दछ । ४ दशकदेखि देश लुटेका लुटेराहरुलाई तह लगाउनु पर्ने अबसर आएका बेला फेरि पनि तिनै लुटेराहरुकाे पक्षमा लागेर उनिहरुलाई बचाउन खाेज्नु उनिहरुका लागि पनि सुखद नहुन सक्दछ ।
त्यसैले देशमा नयाँ सरकार आएकाेछ ।उसले गर्ने हरेक कार्यलाई हामीले सकारात्मकरुपमा लिएर अघि बढनु पर्छ । र काण्डै काण्डका नाईकेहरु दलिय नेता हुन वा दलिय संरक्षणमा हुर्कियका अपराधी र भष्टाचारि हुन तिनलाई तिनले गरेकाे अपराधकाे सजाय दिलाउन जनताकाे तर्फबाट हामीले गर्नु पर्ने सहयाेगमा हामी पनि पछि हटनु हुँदैन र भष्टाचारि र वेबिचारीहरुलाई लखेटि लखेटि दण्डित गर्न सकियाे भनेमात्रै भाेलिका दिनमा त्यसाे गर्ने आँट गर्नेछैनन । अनि देशलाई भष्टाचार मुक्त र सुशासन युक्त बनाउन सकियाे भने भाेलिकाे पिडिले समेत सुख पाउनेछ र देश समृद्ध बन्नेछ ।






