हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ, २४ चैत ।  हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ । हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले राससलाई जानकारी दिए । “हुलाक […]

लेख : सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

शुरबहादुर सिंह/रासस  ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात् (चैतको १२ गतेसम्म पनि घर पुगेन भनेर जुम्लीको मृत्यु सुनिश्चित गर्नु) । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । कथनी भए पनि करणीसँग मेला खाने यस भनाइले यहाँको सामाजिक र सांस्कृतिक जीवनसँग अन्तरसम्बन्ध राख्दछ । खासगरी असोज कात्तिकमा धान, कोदो, […]

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

दोधारा चाँदनी (कञ्चनपुर), २४ चैत। लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न सडक आयोजनाका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । पूर्वाधार विकास कार्यालय र डिभिजन सडक कार्यालय महेन्द्रनगरले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका सडको ठेक्का तोड्ने प्रक्रिया सुरु […]

नयाँ शैक्षिक सत्र बैशाख १५ देखि मनपरी शुल्क असुले कारवाही गर्ने  निजी विद्यालयलाई सरकारको चेतावनी

ओम शाही सुर्खेत, २४ चैत ।  सरकारले आगामी नयाँ शैक्षिक वर्ष २०८३ को विद्यार्थी भर्नामा निजी विद्यालयले मनपरी शुल्क लिए कारवाही गर्ने चेतावनी दिएको छ । देशका विभिन्न जिल्लाका केही संस्थागत विद्यालयहरूले शैक्षिक वर्ष सुरु नहुँदै शुल्क लिएको भेटिएपछि सरकारले ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ८४ (४) र […]

सम्पादकीय  : राज्यको जिम्मेवारी खै ?

कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा मानव अधिकार उल्लङ्घनका घटनाहरू निरन्तर बढ्दै जानु अत्यन्त चिन्ताजनक विषय बनेको छ । विशेषगरी महिला माथि हुने हिंसा, विभेद र यौनजन्य अपराधको ग्राफ उकालो लाग्नुले समाजको संवेदनशीलता मात्र होइन, राज्यको जिम्मेवारीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सार्वजनिक गरेको तथ्यांकले वर्षेनि पीडितको संख्या […]

प्रतिशोधपूर्ण व्यवहार बन्द गर्न एमाले लुम्बिनी संसदीय दलको माग

दाङ ,२३ चैत । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दल बोर्डको दशौं बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेटले समेटेका आयोजनाहरू निर्धारित समयमै सम्पन्न गराउन संसदीय दलको तर्फबाट सक्रिय अगुवाइ गर्ने निर्णय गरेको छ । बैठकले संघीय सरकारले संविधान र कानुनको […]

कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत ,२३ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गरे। मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, […]

लुम्बिनी प्रदेश सभा बैठकः सरकारप्रति प्रश्न र सुझाव

दाङ ,२३ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन् । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन, सुशासन र जनअपेक्षा पूरा गर्न प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । दुई तिहाइ जनादेश प्राप्त सरकारले जनताको विश्वास जोगाउन ठोस […]

यथार्थमा आधारित बजेट ल्याउने तयारीमा लुम्बिनी प्रदेश सरकार, आयोजना बैंकबाट योजना छनोट गरिने

दाङ ,२३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताउनुभएको छ । सोमबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित संसदीय बजेट कार्यालयसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।‘हाम्रो अवस्था जे छ, त्यही आधारमा बजेट ल्याउँछौं । अघिल्लो वर्ष […]

अनुदान घटेपछि जुम्लामा उद्योग खारेजीको लहर: ८३२ उत्पादनमुखी उद्योग बन्द

जुम्ला ,२३ चैत । अनुदानको आशामा दर्ता गरिएका उद्योगहरू अनुदान वितरणमा कडाइ भएसँगै धमाधम खारेजी हुन थालेका छन्। रोजगारी सिर्जना, आर्थिक समृद्धि र स्थानीय उत्पादनको प्रशोधन तथा बजारीकरण गर्ने लक्ष्यका साथ स्थापना भएका उद्योगहरू अपेक्षित अनुदान नपाएपछि बन्द हुँदै गएका हुन्। सुरुवाती चरणमा विभिन्न निकायबाट सहज रूपमा अनुदान पाउने आशामा उद्योग दर्ता गर्ने प्रवृत्ति बढेको […]

जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

राजेन्द्रप्रसाद पनेरु/रासस  कञ्चनपुर, २३ चैत ।  संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गासिएर बसेको जातीय विभेद् पूर्ण रूपमा अन्त्य हुन अझै समय लाग्ने देखिन्छ । राजनीतिक, सामाजिक र […]

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत, २३ चैत ।  सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको हो । नगर प्रमुख यज्ञप्रसाद ढकालले भेरीगङ्गा, लेकबेँसी तथा गुर्भाकोट नगरपालिकाको फोहरलाई एकै ठाउँमा राखेर प्रशोधन गर्न यो केन्द्र निर्माण गएिको जनाउँदै […]

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसान सूचीकरण गर्ने

काठमाडौँ, २३ चैत ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ । किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा अनुदान उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अनलाइन प्रणालीमा प्रविधिक समस्या आएपछि गत कात्तिक २५ गतेदेखि सञ्चालन हुनसकेको थिएन । सूचीकृत किसानलाई रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन, सुविधा उपलब्ध गराउने योजना […]