सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण

कञ्चनपुर, २१ चैत । 

सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले निःशुल्क रगत परीक्षण सुरु गरेको छ । कार्यालयले लालझाडी गाउँपालिकामा निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए ।

उनका अनुसार यहाँका तीन वडामा एक हजार १३३ जनाको रगत परिक्षण गरिएको छ । जसमा ९८ जनामा ट्रेट (बाहक) देखिएको छ ।  “सात सय ९४ महिला र ३३९ पुरुषको रगत परीक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको हो”, उनले भने, “पोजेटिभ देखिएकाको थप पुष्टि परीक्षण (कन्फरमेसन) का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाउँछौँ ।”

फोकल पर्सन भट्टका अनुसार सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत (आनुवंशिक) रगतसम्बन्धी रोग हुन । “बाहक (ट्रेट) देखापरेका व्यक्तिहरुको रगतको अन्तिम जाँच गरी सिकलसेल एनिमिया भए/नभएको पुष्टि हुन्छ”, उनले भने, “बाहक देखिएकै भरमा बिरामी भन्न मिल्दैन ।”

हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्या विश्वमा ५ प्रतिशतभन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबैभन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया हो । नेपालमा खास गरी थारु चौधरी समुदायमा यो रोगको समस्या उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको थियो ।

थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको र समयमै यसको रोकथामका उपायहरु अवलम्बन गर्न नसकिए अवस्था झन भयावह हँुदै जाने फोकल पर्सन भट्ट बताउँछन । कञ्चनपुरमा थारु चौधरी समुदायको बसोबास उच्च रहेका स्थानीय तहमा यो रोगको पहिचान तथा निदानका लागी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए ।

“सिकल सेल एनिमिया र थालेस्मिया व्यक्तिको जीनसम्बन्धी खराबीको कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ”, फोकल पर्सन भट्टले  भने, “पुरुषमा ट्रेट छ र उसको विवाह ट्रेट भएकी महिलासँग भयो भने त्यस बाट जन्मने २५ प्रतिशत बच्चामा सिकल सेल देखिन्छ ।”

ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए सामान्य खालको हुने उहाँले बताए । सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने जस्ता लक्षण देखापर्छन् ।

सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण

घुयँत्राे:“चौथो दल, तर सत्ता फर्स्ट क्लास –

सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क

Leave a comment

Your email address will not be published. Required fields are marked *