नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता

मुगु ,३० चैत । मुगुको सोरु गाउँपालिका–४ रावलवडाँडा निवासी धन बहादुर मल्लको छोरा अन्दाजी १० बर्षीय आकाश मल्लको हुम्ला कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन । मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन । सोमबार दिउँसो करिब […]

संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैनः मुख्यमन्त्री आचार्य

दाङ ,३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको […]

‘अर्गानिक एप्पल एण्ड फर्म’ मा आगलागी ९ लाख क्षति

गाेल्डेन बुढा जुम्ला ,३० चैत। जुम्लाको गुठिचौर गाउँपालिका–३ स्थित धापाखेतमा रहेको स्याउ बगैंचामा आगलागी हुँदा तीन सय स्याउका विरुवा नष्ट भएका छन्। ‘अर्गानिक एप्पल एण्ड फर्म’ अन्तर्गत रहेको उक्त बगैंचा गुठिचौर गाउँपालिका–५ कुम्डी गाउँका हरिबहादुर भण्डारीको हो। भण्डारी गुठिचौर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्षसमेत हुन्।स्याउ फुलेर सेताम्य भइरहेको बगैंचामा यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरिएको […]

घुयँत्राे:“अरूको युद्ध, हाम्रो चुल्हो बन्द!”।

अन्तत ईरान वार्ताका लागि तयार भएनि अमेरिकाले राखेका शर्त मान्न तयार भएन । अमेरिकाको शर्त नमानेपछि अब स्वभाविक रुपमा दुईदेशका बीच युध्द चर्किने निश्चित छ । त्यसै त तेल आपूर्ति सहज नभएछि बजारमूल्य बृध्दि भएर हाम्राे आर्थिक हैसियत भन्दा बाहिर गै सकेकाे छ । ईरानले आँफुलाई अमेरिकाभन्दा कमजाेर छैन भन्ने प्रस्तुति दिई रहेकाेले अब वार्ताकाे […]

भगवती सहकारीको २७ लाखबढी गायब

गाेल्डेन बुढा जुम्ला,३० चैत । जुम्लामा सञ्चालनमा रहेको भगवती महिला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणबाट संकलित २७ लाख २५ हजार रुपैयाँ हिनामिना भएको खुलासा भएको छ। चन्दननाथ नगरपालिका–८ र ९ का महिलाहरूले मासिक एक सय रुपैयाँका दरले गरेको बचतको ९ वर्षदेखि कुनै हिसाबकिताब सार्वजनिक गरिएको छैन।स्थानीय महिलाहरूले आफूहरूले बचत गरेको रकमको विवरण माग गरिरहेका […]

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन

कञ्चनपुर, ३० चैत ।  देशभर एकैसाथ आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने आर्थिक गणनाका लागि कञ्चनपुरमा ५३ गणक र सात जना सुपरीवेक्षक गरी ६० जना परिचालन हुने भएका छन् । जिल्लाको आर्थिक अवस्था, उद्योग–व्यवसायको वास्तविक सङ्ख्या, रोजगारी अवस्था तथा आर्थिक गतिविधिको यथार्थ विवरण सङ्कलन गर्न आर्थिक गणना हुनलागेको हो । आर्थिक गणना कार्यालयका जिल्ला आर्थिक […]

शुक्लाफाँटामा क्षयरोगी बढे

कैलाली ,३० चैत । शुक्लाफाँटा नगरपालिकामा फोक्सोसम्बन्धी क्षयरोग (टिबी)का बिरामीको सङ्ख्या बढ्दै गएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा १२ महिला र ४५ पुरुष गरी ५७ जनामा फोक्सोको क्षयरोग पुष्टि भएको थियो । सोही अवधिमा फोक्सोबाहेक शरीरका अन्य अङ्गमा क्षयरोग देखिएका २० जना बिरामीको उपचार गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख परमानन्द […]

कर्णालीको विकास वातावरणमैत्री बनाउँनुपर्नेमा विज्ञको जोड

सुर्खेत, ३० चैत ।  विज्ञहरुले कर्णालीको पूर्वाधार विकाससँग वातावरणलाई अलगत राख्न नुहुने बताएका छन् । शनिबारबाट वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको सातौं संस्करणको विकासको गोरेटो—प्रकृतिको ओत सत्रका वक्ता पूर्वाधार र वातावरण विज्ञहरुले कर्णालीको दिगो समृद्धिका लागि भौतिक पूर्वाधार र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका हुन् । वक्ताहरूले कर्णालीलाई गरिब नभई प्राकृतिक स्रोतको ‘फिक्स्ड डिपोजिट’ […]

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ, ३० चैत ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ । […]

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

बाँके, ३० चैत ।  आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने जिल्ला आर्थिक गणना अधिकारी अवधेशकुमार शुक्लाले जानकारी दिए । उनका अनुसार गणक र सुपरीवेक्षकलाई […]

‘वादी थर भएकैले सांसद  हुँदा पनि कोठा भाडामा पाइँन

सुर्खेत, ३० चैत ।  धेरैलाई लाग्दो हो, उमा वादी धेरै पढेकी छन् । तर वास्तविकता अर्कै छ । ‘मैले स्कुल धेरै धाएँ तर कक्षा थोरै पढेँ । मसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर जीवनमा भोगेका भोगाइ र पीडाको डिग्री भने अवश्य छ,’ शनिबारबाट जारी कर्णाली उत्सवको सातौ संस्करणको प्रतिरोधि पाइला सत्रमा विद्वत प्रवचनमा उमाले […]

निजी विक्रेताको भरमा कर्णालीको इन्धन भण्डारण आयल निगमले डिपो बनाउन पाएन जग्गा 

ओम शाही सुर्खेत, ३० चैत ।  यति बेला मध्यपूर्वको तनावले विश्वव्यापी इन्धन आपूर्तिमा गम्भीर संकट निम्त्याएको छ । इजरायल र अमेरिकाले इरानमाथि थालेको युद्धमा इरानले कडा प्रतिवाद गरिरहेको छ । जसका कारण विश्वमा २० प्रतिशत इन्धन आपूर्ति हुने स्टेट अफ हर्मुजमा इरानले लगातार निसाना बनाइरहँदा विश्वव्यापी तेलको आपूर्ति शृंखला नै बिग्रिएको छ । अमेरिका र […]

सम्पादकीय : कर्णालीको प्रश्न—विकास कि न्याय ?

कर्णाली उत्सवको सातौँ संस्करणमा लेखक तथा विश्लेषक केशव दाहालले राखेको विचारले राज्यको चरित्र र कर्णालीप्रतिको दृष्टिकोणमाथि एउटा गम्भीर बहस छेडिदिएको छ । दाहालको ठम्याइ छ— कर्णाली गरिब र दुर्गम भएको होइन, बनाइएको हो । यो केवल पूर्वाधारको अभाव (विकास) मात्र होइन, बरु राज्यले आफ्ना नागरिकलाई प्रदान गर्ने न्यायको चरम अभाव हो । यो भनाइले कर्णालीलाई […]