पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

काठमाडौँ, ३ वैशाख ।  सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पुर्‍याइने प्रतिबद्धता जनाएको छ ।  सरकारले बुधबार सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ । प्रतिबद्धतामा स्वास्थ्य बिमा […]

‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’  

ईन्द्राकुमारी केसी/रासस  कैलाली, ३ वैशाख ।  कैलालीको घोडाघोडी नगरपालिका–१, सुख्खडकी विमला बुढाथोकीको घरछेउमै सामुदायिक वन छ । उनी उक्त वनको सदस्य पनि छन् । त्यसैले पनि उहाँलाई नयाँ घर निर्माण गर्दा काठ पाउनका लागि समस्या नहोला भन्ने लागेको रहेछ । निर्माण सुरु भएपछि भने उनले सोचे जस्तो भएन । घरछेउमै सामुदायिक वन हुँदा पनि आफूले […]

तिलागुफा नगरपालिकाको गाडी दुरुपयोग: जनताको करमाथि मनपरी

हस्त चाैलागाँइ कालिकोट ,३ बैशाख । तिलागुफा नगरपालिका मा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीयका अनुसार नगरपालिकाको गाडी नेपालगञ्ज नजिकै भारतीय बजार रुपैडिहा सम्म किनमेलका लागि प्रयोग गरिएको पाइएको छ। सार्वजनिक सेवा र अत्यावश्यक कामका लागि प्रयोग गर्नुपर्ने सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्दै स्थानीयले तीव्र असन्तुष्टि जनाएका […]

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाडौँ, ३ वैशाख ।  बुधबारदेखि देशका सात सय ५३ वटै स्थानीय तहले  विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रह बमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा […]

आरोग्य पर्यटन प्रवर्‌द्धनमा नयाँ आयाम 

कृष्ण अधिकारी/रासस वर्तमान सरकारले शासकीय सुधारका लागि तयार गरेको कामको सूचीमा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डासहित नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रय रूपमा चिनाउने योजना अघि सारेको छ । सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका लागि एक सय कार्यसूचीको ७३ नं बुँदामा नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सालगायत) को ‘हब’ […]

कर्णालीको प्रशासनिक र विकास बजेट कार्यान्वयनबीच ठुलो अन्तर: तीन महिनामा १६ अर्ब विकास  बजेट कार्यान्वयनको दवावमा सरकार

ओम शाही सुर्खेत, ३ बैशाख । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म कर्णाली प्रदेशको कुल बजेटको २४ दशमलव २१ प्रतिशत खर्च भएको छ । फागुन मसान्तसम्म प्रदेश सरकारले १९ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको थियो । एक महिना अर्थात चैत महिनामा मात्रै प्रदेश सरकारले चार प्रतिशत बजेट कायान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्षका नीति […]

सम्पादकीय : जेन–जी आन्दोलनको वर्ष

सोमबारबाट नेपाली वर्ष २०८२ समाप्त भई नयाँ वर्ष २०८३ सुरु भएको छ । बितेको वर्षलाई फर्केर हेर्दा, यो केवल समयको फेरबदल मात्र होइन, राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको एउटा गहिरो मोडका रूपमा देखिन्छ । वर्ष २०८२ नेपाल र नेपालीका लागि असाधारण तनाव, अनिश्चितता र परिवर्तनको वर्ष बन्यो । विश्व भूराजनीतिमा आएको उतारचढाव, विशेषगरी खाडी क्षेत्रमा […]

घुयँत्राे:“सरकारी अफिस अगाडि गाडीको संग्रहालय—चल्ने गाडी सुतिरहेको, नयाँ किन्न दौडिरहेको!”

हैन! बालेनका सल्लाकारले सल्ला त सबैदेर भ्याएछन तर याैटा मुख्य दनु पर्ने सल्ला नद्या जस्ताे लायाे ।त्यै भएर मैले त्याे कुरा उठाउन खाेजेँ है ह्याँ । कुराे त सामान्य र सबैले सल्ला दिने खालकाे हाे तर ऐलेसम्म कतैबाट सल्ला आकाे जस्ताे देख्खियन त्यै मैल्यै कुराे उठाई दिएँ । कुराे के त भने सरकारी अड्डा भन्सार, […]

फत्तेवाल आँखा अस्पतालको प्रगति: २९ लाखभन्दा बढी बिरामी परीक्षण, लाखौँलाई दृष्टि उज्यालो

बाँके ,२ बैशाख । नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पताल ले विगत केही वर्षयता आँखा उपचार सेवामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्क सार्वजनिक भएको छ। अस्पतालमा बिरामी परीक्षणदेखि शल्यक्रियासम्मका सेवाहरूमा निरन्तर वृद्धि देखिएको छ, जसले यसलाई क्षेत्रीय स्तरकै एक विश्वसनीय स्वास्थ्य संस्थाका रूपमा स्थापित गरिरहेको छ। अस्पतालका अनुसार आर्थिक वर्ष २०४२/०४३ देखि २०८१/०८२ सम्मको अवधिमा कुल २९ […]

जुम्लामा आर्थिक गणना सुरु: १७ गणक र ३ सुपरिवेक्षक परिचालन

गाेल्डेन बुढा जुम्ला,२ बैशाख। दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत जुम्लामा १७ जना गणक र तीन जना सुपरिवेक्षक परिचालन गरिएको छ। बुधबारदेखि देशव्यापी रूपमा सुरु भएको यस अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा स्थलगत तथ्याङ्क सङ्कलन सुरु गरिएको हो।आगामी असार ७ गतेसम्म सञ्चालन हुने गणनाका लागि जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी कुल आठवटै स्थानीय […]

शुक्लाफाँटामा स्वास्थ्य बिमा कार्यक्रममा न्यून सहभागिता

कञ्चनपुर, २ वैशाख ।  शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रमबाट अपेक्षाअनुसार सर्वसाधारण लाभान्वित हुन सकेका छैनन् । नगरपालिकाको कूल जनसङ्ख्या ५५ हजार ८०६ रहेकोमा हालसम्म पाँच हजार ७५६ जना मात्रै बिमा कार्यक्रममा आबद्ध भएका छन् । जुन कूल जनसङ्ख्याको करिब १० दशमलव ३१ प्रतिशत मात्रै रहेको छ । स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार सङ्घीय सरकारमार्फत […]

गहुँको उत्पादन लागत बढ्यो ,समर्थन मूल्यले लागत उठेन  

कञ्चनपुर, २ वैशाख ।  सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन ।  सरकारले यस वर्ष गहुँको समर्थन मूल्य रु तीन हजार ९४५ तोकेको छ । तर महँगीको मारमा परेका किसान सरकारले तोकेको गहुँको समर्थन मूल्यबाट लागतसमेत नउठ्ने भएपछि चिन्तित बनेका छन् । पछिल्लो समय पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै गएको […]

शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई पक्राउ

नेपालगन्ज, २ वैशाख ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी ५० वर्षीय […]