राउटेलाई गुराँस गाउँपालिकाले दियो सामाजिक सुरक्षा भत्ता नगद बुझेर मदिराको खोजिमा: आधुनिक वस्तीतर्फ राउटे समुदाय

ओम शाही सुर्खेत ,५ बैशाख । दैलेखको गराँस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको टोली शनिबार पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ र लेकवेशी नगरपालिका–२, को सिमावर्ती क्षेत्र स्याला गोठेरी पुग्यो । जहाँ लोपोन्मुख राउटे समुदायको बसोवास छ । राउटे वस्तीमा गुराँस गाउँपालिकाको टोली पुग्नुको कारण अन्य नभई सरकारले लोपोन्मुख र सिमान्तकृत समुदायलाई प्रदान […]

सम्पादकीय: संघीयता कार्यान्वयनको दुर्बल पक्ष

संघीयता कार्यान्वयनपछि कर्णाली प्रदेशमा पेचिलो र सर्वाधिक चर्चा भइरहने विषय हो– प्रहरी समायोजना । संघीय सरकारले प्रहरी ऐन नबनाइ दिदा कर्णालीले मात्रै होइन सात वटै प्रदेशहरुले प्रहरी परिचालन गर्न संघीय सरकारकै मुख ताक्न बाध्य छन् । कानुन नबन्दाको बाध्यता एकातर्फ छ भने अर्कोतर्फ संघीय सरकारको असहयोगकै कारण कर्णालीका महत्वपूर्ण प्रहरी संरचनाहरु अझै पनि प्रदेशमा स्थानान्तरण […]

न्यायको पहुँच विस्तार गर्न सिंजामा न्यायिक संवाद कार्यक्रम

गाेल्डेन बुढा जुम्ला,५ बैशाख । जुम्लाको सिंजा गाउँपालिकामा “न्यायपालिकाको स्वतन्त्रता, न्यायिक सुशासन हाम्रो प्रतिबद्धता” तथा “सबैका लागि न्याय” भन्ने मूल नारासहित सम्पन्न न्यायिक संवाद तथा न्यायिक बाह्य पहुँच कार्यक्रमले स्थानीय तहसम्म न्यायको पहुँच विस्तार गर्ने प्रयासलाई थप सुदृढ बनाएको छ। जुम्ला जिल्ला अदालत खलंगा र उच्च अदालत सुर्खेत (जुम्ला इजलास) को संयुक्त आयोजनामा भएको यो […]

कैलालीमा मरेको कुखुराको मासु खाँदा दुई जनाको मृत्यु

धनगढी ,५ बैशाख। कैलालीमा मरेको कुखुराको मासु खाँदा नाबालक दाजुभाइको मृत्यु भएको छ । आमा र भाइ बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चुरे गाउँपालिका– ३, भक्तपुरकी राधिका ताम्राकारका आठ वर्षीय छोरा भीम र पाँच वर्षीय छोरा दीपक ताम्राकारको मृत्यु भएको हो । ‘३ गते मरेको कुखुराको मासु खाएर परिवार नै बिरामी भएको […]

घुयँत्राे:“हिजोका दुश्मन, आजका सत्तासाथी: अस्पतालमै ‘कम्युनिष्ट पुनर्मिलन महोत्सव’!”

राजनीति भन्ने चिजनि अचम्मकाे हुँदाेरैछ । जब कुनै शत्रुले उठनै नसक्ने गरि पछार्छ र अब कैल्यै उँभाे उठन सक्दैन भन्ने अबस्था पैदा हुन्छ तब एक समयमा आँफै पछारा पछार गरेका वर्गिय शत्रुपनि एक हुन् एक अर्का गाेडामुण्टा पर्दा रैछन भन्ने कुरा प्रचण्ड र वलिकाे शुक्रबारे भेटले देखायाे त हँ ! एकताका पाटि एकीकरण गरेर बसेका […]

बाँकेमा हिंसाका घटना बढ्दो चिन्ता, एक महिनामै १०३ उजुरी दर्ता

बाँके ,५ बैशाख । जिल्लामा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हुने हिंसाका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको गत चैत महिनाको विवरणअनुसार एक महिनामै यस्ता प्रकृतिका १०३ वटा उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार दर्ता भएका उजुरीमध्ये ८२ […]

पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडले बदलिँदै रास्कोटका किशोरीहरूको नयाँ साेच -सहयोग र अवसर मिल्छ, तब परिवर्तन

हस्त चाैलागाईं कालिकाेट,५ बैशाख । रास्कोट नगरपालिका मा किशोरी स्वास्थ्य, सरसफाइ र आत्मविश्वाससँग जोडिएको महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भएका छन् । रास्कोट नगरपालिकाका विभिन्न बिद्यालय र समुदाय स्तरमा विद्यार्थीहरूद्वारा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड प्रदर्शन कार्यक्रम हुँदा सहभागी किशोरीहरू हर्षित देखिएका छन्। महिनावारीलाई लाज, डर र संकोचको विषय ठान्ने पुरानो सोचलाई चुनौती दिँदै किशोरीहरू खुला […]

चर्चा धेरै हुन्छ तर लुम्बिनीबाट  सर्दैनन् कर्णालीका प्रहरी संरचना

सुर्खेत, ५ बैशाख ।  संघीयता कार्यान्वयनपछि कर्णाली प्रदेशमा पेचिलो र सर्वाधिक चर्चा भइरहने विषय हो– प्रहरी समायोजना । संघीय सरकारले प्रहरी ऐन नबनाइ दिदा कर्णालीले मात्रै होइन सात वटै प्रदेशहरुले प्रहरी परिचालन गर्न संघीय सरकारकै मुख ताक्न बाध्य छन् । कानुन नबन्दाको बाध्यता एकातर्फ छ भने अर्कोतर्फ संघीय सरकारको असहयोगकै कारण कर्णालीका महत्वपूर्ण प्रहरी संरचनाहरु […]

ज्यान मुद्दामा बेल्डाँडी गाउँपालिकाका उपाध्यक्ष नाथ पक्राउ

महेन्द्रनगर, ५ वैशाख ।  कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरेको जानकारी दिए । “ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ”, शाहीले भने, “मुद्दा इप्रका बेल्डाडीबाट चलेको छ ।” […]

मुड्केचुला गाउँपालिकाले आइतबार बिदा नदिने

सुर्खेत, ५ बैशाख । डोल्पाको मुड्केचुला गाउँपालिकाले शैक्षिक संस्थाहरुमा आइतबार बिदा नदिने निर्णय गरेको छ । हिमाली जिल्लामा पर्ने भएकाले आइतबार बिदा दिदा पाठ्यक्रम अनुसारको पाठ्यभार पुरा गर्न नसकिने भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । मध्यपूर्वमा चर्किएको अमेरिका, इजरायल र इरान युद्धले उत्पन्न गराएको इन्धन संकटको कारण देखाउँदै सरकारले गएको २२ चैतमा नयाँ शैक्षिकसत्र […]

एमफील विद्यार्थीलाई अभिमुखीकरण

सुर्खेत, ५ बैशाख । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्राजुएट स्कुल अफ म्यानेजमेन्टद्वारा सञ्चालित दर्शनाचार्य (एमफील) कार्यक्रममा भर्ना भएका छैटौं ब्याचका नयाँ विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम वीरेन्द्रनगर, सुर्खेतमा वैशाख ४ गतेदेखि सुरु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यू, विशेष अतिथि विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना […]

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान

काठमाडौँ, ५ वैशाख ।  कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ । विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही वैशाख १० गतेसम्म समयसिमा तोकेको हो । विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले स्थानीय तहमार्फत उत्पादन हुने उन्नत बीउबिजनको प्रयोगमा मूल्य अनुदानमा […]

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

कञ्चनपुर, ५ वैशाख ।  सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ । घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक […]