एमफील विद्यार्थीलाई अभिमुखीकरण

सुर्खेत, ५ बैशाख ।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्राजुएट स्कुल अफ म्यानेजमेन्टद्वारा सञ्चालित दर्शनाचार्य (एमफील) कार्यक्रममा भर्ना भएका छैटौं ब्याचका नयाँ विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम वीरेन्द्रनगर, सुर्खेतमा वैशाख ४ गतेदेखि सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यू, विशेष अतिथि विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापाज्यू र रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यूले अनुसन्धानमा आधारित उच्च शिक्षा एमफील तहको अध्ययनले समाजमा दीर्घकालीन एवम् सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै कार्यक्रम पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

अभिमुखीकरण कार्यक्रममा सहभागी २० जना विद्यार्थीहरूलाई प्रविधिसँग जोड्दै एमफील तहको अध्ययन संरचना, अनुसन्धान प्रक्रिया, प्राज्ञिक लेखन, सिकाइ व्यवस्थापन प्रणाली,मूल्याङ्कन पद्दति जस्ता विषयमा प्रशिक्षित गरिनेछ ।

कार्यक्रममा विषयविज्ञका रूपमा प्रा. डा. ध्रुवकुमार गौतम, प्रा. डा. नारायणप्रसाद पौडेल, प्रा. डा. चन्द्रप्रसाद रिजाल, सहप्रा. डा. अमृतकुमार शर्मा गैरे तथा सहप्रा. डा. पूर्णमान श्रेष्ठ लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन सत्रमा विभिन्न ग्राजुएट स्कूलका डीन, कार्यकारी निर्देशक तथा सरोकारवाला पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता डीन सहप्रा. डा. पूर्णमान श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य विश्वविद्यालय सेवा आयोगका सदस्य सहप्रा. डा. अमृतकुमार शर्मा गैरेले र सञ्चालन प्रा. डा. चन्द्रप्रसाद रिजालले गरेका थिए ।

एमफील विद्यार्थीलाई अभिमुखीकरण

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन

एमफील विद्यार्थीलाई अभिमुखीकरण

मुड्केचुला गाउँपालिकाले आइतबार बिदा नदिने

Leave a comment

Your email address will not be published. Required fields are marked *