वन्यजन्तु सप्ताहः  सचेतना र संरक्षणमा जोड

कञ्चनपुर, ६ वैशाख ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्‌द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ । ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तुः जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ वैशाख १ देखि सप्ताह मनाइँदै छ । निकुञ्जका सहायक वार्डेन विनयकुमार झाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै क्षति घटाउने र जैविक विविधताको दिगो उपयोगमार्फत समृद्धि […]

सम्पादकीय : पैसा दिएर राउटेको जीवन रक्षा हुँदैन 

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको टोली शनिबार पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ र लेकवेशी नगरपालिका–२, को सिमावर्ती क्षेत्र स्याला गोठेरी पुग्यो । जहाँ लोपोन्मुख राउटे समुदायको बसोवास छ । राउटे वस्तीमा गुराँस गाउँपालिकाको टोली पुग्नुको कारण अन्य नभई सरकारले लोपोन्मुख र सिमान्तकृत समुदायलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षावापतको रकम प्रदान […]

जुम्लामा चरेससहित युवक पक्राउ

गाेल्डेन बुढा जुम्ला,६ बैशाख । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित जुम्ला बजारको मुख्य, कृष्ण मन्दिर नजिकबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो १८ वर्षीय अभिषेक सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट १.६० ग्राम चरेस र नगद ३३ हजार बरामद गरिएको प्रहरीले जनाएको छ।डीएसपी रबिन बाबु रेग्मीका अनुसार विशेष […]

लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक दफावार छलफलकागि समितिमा पठाईयो

दाङ ,६ बैशाख । लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । सातौं अधिवेसनको आज बसेको १२ औं बैठकले उक्त विधेयक दफावार छलफलकालागि समितिमा पठाएको हो । बैठकमा उक्त प्रस्ताव उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक […]

एनसेल–हिमालयन जाभा साझेदारी: कफीमा ‘एक किनौँ, एक फ्री’ सहित आकर्षक छुट योजना सुरु

काठमाडौं ,६ बैशाख । बिहानीको कफी होस् वा व्यावसायिक बैठक, जमघट अथवा साँझको आराम—अब कफीको प्रत्येक चुस्कीले एनसेल प्रयोगकर्तालाई अझ नजिक ल्याउने भएको छ। Ncell र Himalayan Java Coffee बीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि विशेष अफर सुरु गरिएको हो, जसअन्तर्गत ग्राहकहरूले देशभरका हिमालयन जाभा आउटलेटहरूमा प्रिमियम कफी, पेय पदार्थ तथा खानेकुरामा आकर्षक छुट पाउने […]

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ ,६ बैशाख । लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री […]

झलारीका मुक्त कमैंयालाई आवास बनाउन बजेट उपलब्ध  

कञ्चनपुर, ५ वैशाख ।  शुक्लाफाँटा नगरपालिका–१० झलारीका मुक्त कमैया तथा मुक्त कमलरी परिवारका लागि सुरक्षित आवास निर्माण अघि बढाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शुक्लाफाँटा नगरपालिकाको लागत साझेदारीमा १५ मुक्त कमैया परिवारका लागि घर निर्माण प्रक्रिया सुरु गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुक्त कमैया, […]

एसइई दिएका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै गाउँपालिका 

कालीकोट, ५ वैशाख  । यहाँको महावै गाउँपालिकाले एसइई दिएर बसेका विद्यार्थीलाई शैक्षिक परामर्श दिएको छ । उनीहरूको भविष्य मार्गदर्शन गर्ने किसिमको शैक्षिक परामर्श गाउँपालिकाले दिएको हो । एसइई दिएर बसेका विद्यार्थीले आगामी दिनमा कसरी अगाडि बढ्ने, कहाँ–के पढ्ने ? भन्नेबारे परामर्श दिएको गाउँपालिकाले जनाएको छ । एसइई दिएका विद्यार्थी, तिनका अभिभावक र शिक्षकलाई साथै राखेर […]

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

प्रकाश सिलवाल/रासस काठमाडौँ, ५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ । सो अवधिमा कुल एक लाख ६६ हजार ५२० उजुरी परेकामा एक लाख २१ हजार ९४३ (७३ दशमलव २३ प्रतिशत) फछ्र्यौट भई ७९८ मुद्दा दायर […]

विनवारीमा जैविक तटबन्ध निर्माण सुरु 

कञ्चनपुर, ५ वैशाख ।  दोदा नदीको कटानबाट उच्च जोखिममा रहेको लालझाडी गाउँपालिका–१ विनवारीमा जैविक तटबन्ध निर्माण सुरु गरिएको छ ।  गैरसरकारी संस्थासँगको लागत साझेदारीमा गाउँपालिकाले करिब छ सय मिटर लामो तटबन्ध निर्माण सुरु गरेको हो । पेसवान र एनएनएसडब्लुए नामक संस्थासँगको सहकार्यमा योजना कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष निर्मल रानाले जानकारी दिए  । उनका अनुसार तटबन्ध […]

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला, ५ वैशाख ।  राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये […]

मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो

प्रगति ढकाल/रासस काठमाडौँ, ५ वैशाख ।  हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ चैतमा […]

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश 

रुपनी जि एम/रासस जानकी (बाँके), ५ वैशाख ।  सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो । चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण […]