गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

बाँके,९ बैशाख । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङ्गरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको उल्लेख गर्दै ती सर्पको […]

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ,९ बैशाख । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभाको सातौं अधिवेशनको १५ औं बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो […]

सञ्चार क्षेत्र संग जाेडिएका वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा संघीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध गर्दैन: मुख्यमन्त्री आचार्य

दाङ ,९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारकाे सञ्चार क्षेत्र र  वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा संघीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध नगर्ने स्पष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आफ्नै सञ्चार नीति, कार्यक्रम र प्राथमिकताका आधारमा अघि बढ्ने बताउनु भएकाे […]

निःशुल्क शिविरले फर्कायो आँखाको दृष्टि

गाेल्डेन बुढा  जुम्ला ,९ बैशाख । जुम्लाको दुर्गम तिला गाउँपालिका–७ की ७० वर्षीया धनसरा रावतले ६ वर्षपछि उज्यालो संसार देखिन्। उनकाे केही वर्ष अघिदेखि देब्रे आँखा धमिलो भएर अध्याँरो नै भएको थियो। त्यसपछि बल्ल उज्यालो संसार देख्न पाउँदा धेरै खुसी लागेको बताइन्।‘आँखा नदेखेपछि घरमा पानी पधेरो, खाना पकाउन छुट्यो,’ उनले भनिन्, ‘त्यसपछि अहिले बल्ल बाहिरी […]

सरकारकाे निर्णय अस्वीकार गर्दै: कर्णालीका स्थानीय तहहरु

गाेल्डेन बुढा जुुम्ला,९ बैशाख । नेपाल सरकारले गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत नयाँ शैक्षिक सत्र सार्ने निर्णय गरेपछि संघीय र स्थानीय तहबीच कार्यान्वयनको फरक अभ्यास देखिएको छ। उक्त बैठकले १ वैशाखदेखि सुरु हुने शैक्षिक वर्षलाई १५ वैशाखबाट सञ्चालन गर्ने र इन्धन संकटलाई कारण देखाउँदै हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने […]

पातारासीमा सोलार ड्रायर :दिनमै गुणस्तरीय गुन्द्रुक र सुकुटी तयार  

गाेल्डेन बुढा, जुम्ला ,९ बैशाख । जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका स्थानीयले अब गुन्द्रुक र सुकुटीलाई केवल परम्परागत खाद्य अभ्यासको रूपमा मात्र होइन, आयआर्जनको व्यावसायिक स्रोतका रूपमा रूपान्तरण गर्न थालेका छन्। गाउँमा स्थापना गरिएको सोलार ड्रायर ग्रीनहाउस प्रविधिले हिउँदको परम्परागत घाममा सुकाउने विधिलाई विस्थापित गर्दै उत्पादन, गुणस्तर र बजार पहुँचमा नयाँ सम्भावना खोलिदिएको छ।स्थानीय किसानहरूले आफ्ना […]

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित 

टीकापुर, ९ वैशाख ।  कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा सम्लग्न भएका छन् । टीकापुर–१ सत्घरुवामा महिलाहरूले जीविकोपार्जनका लागि सामूहिक रुपमा बेमौसमी तरकारीखेती गरेका छन् । सत्घरुवामा रहेको मिलिजुली कृषक समूहमा विपन्न वर्गका २३ महिलालाई छनौंट गरी समूह बनाएर तरकारी खेतीमा लगाइएको छ । विगतमा ज्याला मजदुरी गर्ने महिलाहरू समूहमा आबद्ध भएपछि […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर, ९ वैशाख ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना सुरु गरिएको हो । यसका लागि ३५ जना परिचालन गरिएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना सुरु गरिएको छ । […]

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी, ९ वैशाख ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्‌द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो । आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक […]

सडकलाई राष्ट्रिय प्राथमिकतामा समेट्न आग्रह

सुर्खेत, ९ बैशाख ।  कर्णाली प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्नुका साथै प्रदेशका दुई महत्वपूर्ण सडक आयोजनालाई राष्ट्रिय प्राथमिकताको सूचीमा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ लाई औपचारिक रूपमा स्वीकृत गरेको छ । यसले प्रदेशभित्रको […]

सम्झौता म्याद सकिएको एक वर्षमा बनेन पुल 

कालीकोट, ९ वैशाख ।  निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि यहाँको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण भएको छैन । पलाँता गाउँपालिकालाई पूर्ण रूपमा तथा पचालझरना गाउँपालिकाका–१ देखि ५ नं वडासम्म राष्ट्रिय सञ्जालसँग जोड्ने सो पुल निर्माणको ठेक्का सम्झौता म्याद सकिँदा समेत काम नभएको हो । कर्णाली प्रदेश […]

कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय

सुर्खेत, ९ वैशाख ।  कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले दैलेख हुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रुपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका […]

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा 

नेपालगञ्ज, ९ वैशाख । नेपालगञ्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण जारी  छ । सो मूर्तिको लागत रु १४ करोड ४ लाख ६३ हजार रहेको उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले जानकारी दिए । यसका पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सुरुआताको अवधि २०८१ चैत २ गतेसम्म रहेकामा […]