पञ्चकोशीमा धार्मिक पर्यटन मेला 

सुर्खेत, ९ वैशाख ।  ज्वाला क्षेत्रका नामले परिचित कर्णालीको पवित्रस्थल दैलेख पञ्चकोशीको नाभिस्थानमा धार्मिक पर्यटन मेला लाग्ने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजक समितिका अध्यक्ष नवीन योगीले जगत् जननी सत्यदेवीको नाभी पतन भएको नाभीस्थानमा यही वैशाख १३ गतेदेखि १९ गनेसम्म मेला सञ्चालन […]

चार वर्षसम्म अधुरै हवाई उडानमा सहुलियत दिने कर्णाली सरकारको योजना

ओम शाही सुर्खेत, ९ बैशाख । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले भनेका थिए, ‘कर्णाली प्रदेशमा हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेशभित्रका विमानस्थलमा हुने यात्रु हवाई उडान संख्याका आधारमा हवाई सेवाप्रदायकलाई सहुलियत प्रदान गर्न रकम विनियोजन […]

सम्पादकीय : संसदप्रति उत्तरदायी बन !

प्रदेशसभा निर्वाचन अन्तरगत २०७९ मा सम्पन्न प्रदेशसभा सदस्य चुनावमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमार्फत कर्णालीमा ४० जना सांसद निर्वाचित भए । कर्णाली प्रदेशको साशकीय स्वरुप अनुसार प्रत्यक्षतर्फ २४ ‍र समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ जना सांसद चुनिने व्यवस्था छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा नेपाली कांग्रेसका १४, नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का १४, नेकपा एमालेका १०, […]

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

नारायण ज्ञवाली ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता र स्पष्ट नीति दिशा अपरिहार्य छ । दिगो ऊर्जा विकासका लागि संस्थागत स्थिरता, उत्तरदायी कार्यान्वयन र बहुपक्षीय सहकार्य अपरिहार्य आधार हुन् । यी तत्वलाई केन्द्रमा राख्दा विश्वास निर्माण हुन्छ र दीर्घकालीन प्रगति सुनिश्चित हुन्छ । नेपालमा जलविद्युत् उत्पादनको इतिहास एक शताब्दीभन्दा बढी (११४ वर्ष) पुरानो […]

बाँकेमा विपद् व्यवस्थापनमा नयाँ अभ्यास 

बाँके, ९ वैशाख ।  बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको छ ।  ‘विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत’ विषयक अन्तक्रियामा सो अभ्यास भएको जानकारी दिइएको हो । सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले विपद्मा बहुआयामिक विश्लेषण गरेर योजना तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विपद्लाई […]

दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

दाङ, ९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ । त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिए । खानेपानीको मोटर […]

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह 

कैलाली, ९ वैशाख ।  कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन् । पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन् । खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन सूचना गरेका हुन् […]

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके, ९ वैशाख ।  सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् ।  अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्यहारेपछि आलु वा तोरीखेती लगाउने र त्यसलगत्तै वसन्ते मकैखेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको […]

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

बाँके, ९ वैशाख ।  बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी क्षेत्रका वस्तीबाट वडा कार्यालय पुग्न करिब २४ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ । भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित बासखली, चुनभट्टी, खैरभट्टी, कुन्टेपानी, महेशपुर, गुर्दनगौडी, जुरुवा र तल्लो बासखली लगायतका क्षेत्रबाट वडा कार्यालय राप्तीसोनारी–४ बैजापुर पुग्न कम्तीमा चार घण्टा लाग्ने बैजापुरका स्थानीय अगुवा […]

वीरेन्द्रनगर–१५ ठाटीमा आगलागी जोखिम न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास सम्पन्न

सुर्खेत, ९ बैशाख । युरोपियन युनियनको आर्थिक सहयोग, UNDP, UNICEF, UN Women र Handicap International को प्राविधिक सहयोग तथा सुन्दर नेपाल संस्थाको स्थानीय साझेदारीमा संचालित शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER-II) र  वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १५ ठाटीमा आगलागीबाट हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा रोकथामका लागि कृत्रिम घटना अभ्यास सफलतापूर्वक सम्पन्न गरिएको छ। […]

प्रदेश सभा सदस्यहरूलाई थप सक्रियता बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,९ बैशाख ।  नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका सवालहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिनुभएको छ । राप्ती उपत्यका (देउखुरी) स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा उहाँले आगामी अधिवेशनहरूमा अझ सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । प्रदेश सभामा […]

जुम्ला क्याम्पसमा प्रथम स्ववियु खुला भलिबल सुरु

गाेल्डेन बुढा जुम्ला ,९ बैशाख ।   जुम्लामा परम्परागत रूपमा लोकप्रिय मानिएको भलिबल पछिल्लो समय ओझेलमा पर्न थालेको सन्दर्भमा जुम्ला बहुमुखी क्याम्पसमा प्रथम स्ववियु खुला भलिबल प्रतियोगिता सुरु भएको छ। गाउँ–गाउँबाटै हराउँदै गएको भलिबल संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यसहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) जुम्लाले प्रतियोगिता आयोजना गरेको हो। यस पहललाई स्थानीय खेलकुद पुनर्जागरणको रूपमा हेरिएको छ। […]

प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल

सुर्खेत ,९ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारका इकाइ नभएकाले उनीहरुले स्वायत्त रुपमा काम गर्न पाउने संवैधानिक व्यवस्था भएको बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका आफ्नो अधिकार क्षेत्र भएकोले संविधानत पालना गर्नुपर्ने बताए । सरकारी सञ्चार माध्यममा मात्र […]