वीरेन्द्रनगर–१५ ठाटीमा आगलागी जोखिम न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास सम्पन्न

सुर्खेत, ९ बैशाख

युरोपियन युनियनको आर्थिक सहयोग, UNDP, UNICEF, UN Women र Handicap International को प्राविधिक सहयोग तथा सुन्दर नेपाल संस्थाको स्थानीय साझेदारीमा संचालित शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER-II) र  वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १५ ठाटीमा आगलागीबाट हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा रोकथामका लागि कृत्रिम घटना अभ्यास सफलतापूर्वक सम्पन्न गरिएको छ। स्थानीय समुदायमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नेआगलागीजन्य जोखिमबारे सचेतना फैलाउने तथा आकस्मिक घटनामा समुदायलाई तत्काल प्रतिक्रिया दिन सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वनवातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक खिमलाल देवकोटास्थानीय आपतकालीन सञ्चालन केन्द्र प्रमुख यामलाल गिरी लगायत नगरपालिकाका कर्मचारीहरूवडा जनप्रतिनिधिहरूदमकल कर्मचारीनगर प्रहरी, UNDP/SUPER प्रतिनिधि ई. मदन आचार्य, UN Women/SUPER  प्रतिनिधि उषा बानियाँसुन्दर नेपाल संस्थाकी अध्यक्ष माया सापकोटासचिव उमा भट्टराई, टिम लिडर खिमबहादुर रेग्मीस्थानीय स्वयंसेवकयुवा समूहमहिला समूह तथा समुदायका सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

अभ्यासका क्रममा आगलागी हुँदा अपनाउनुपर्ने प्रारम्भिक सावधानीआगो फैलिन नदिन चाल्नुपर्ने तत्कालीन कदमसुरक्षित उद्धार प्रक्रियासमन्वयात्मक प्रतिकार्य प्रणाली तथा समुदायस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोगबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। विशेषगरी ग्यास चुलोबिजुली सर्ट सर्किट तथा घरायसी कारणबाट लाग्न सक्ने आगो नियन्त्रणका विभिन्न उपायहरू प्रदर्शन गरिएको थियो।

यसैगरीघरगोठवन क्षेत्र तथा सार्वजनिक स्थानमा ठूलो आगलागी हुँदा कसरी नियन्त्रण गर्नेदमकल आउँदासम्म समुदायले कसरी प्राथमिक प्रतिक्रिया जनाउनेजोखिम क्षेत्रमा रहेका बालबालिकाज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सुरक्षित स्थानमा सार्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा केही स्थानीयवासीलाई प्रत्यक्ष रूपमा सहभागी गराई उद्धार तथा आगो नियन्त्रणको अभ्याससमेत गराइएको थियोजसले कार्यक्रमलाई अझ प्रभावकारी र व्यवहारिक बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका वनवातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक खिमलाल देवकोटाले आगलागी जस्तो आकस्मिक विपद्का बेला समुदाय आफैं सचेतसंगठित र तयारी अवस्थामा रहनु अत्यन्त आवश्यक रहेको बताउनु भयो । पछिल्लो समय बढ्दो तापक्रमवन क्षेत्र नजिकका बस्तीअव्यवस्थित विद्युत् प्रयोग तथा घरायसी असावधानीका कारण आगलागीका घटनाहरू बढ्दै गएको सन्दर्भमा यस्ता अभ्यासहरू समयसापेक्ष र आवश्यक रहेको उनीहरूको भनाइ थियो।

स्थानीयवासीहरूले पनि यस्ता कार्यक्रमले आफूहरूलाई विपद् जोखिमबारे व्यवहारिक ज्ञान प्राप्त भएकोआगलागी हुँदा आत्तिनुभन्दा संयमित भएर कसरी काम गर्ने भन्ने सिक्न पाएको प्रतिक्रिया दिएका छन्। विशेषगरी महिलाहरूयुवाहरू तथा बालबालिकामा समेत सचेतना वृद्धि भएको जनाइएको छ।

वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनहरूमा पनि नगरका विभिन्न वडाहरूमा यस्ता सचेतनामूलक तथा अभ्यासमूलक कार्यक्रमहरू सञ्चालन गर्दै समुदायस्तरमा विपद् व्यवस्थापन क्षमतालाई अझ सुदृढ बनाउने जनाएको छ।

वीरेन्द्रनगर–१५ ठाटीमा आगलागी जोखिम न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास सम्पन्न

प्रदेश सभा सदस्यहरूलाई थप सक्रियता बढाउन मुख्यमन्त्री

वीरेन्द्रनगर–१५ ठाटीमा आगलागी जोखिम न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास सम्पन्न

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार

Leave a comment

Your email address will not be published. Required fields are marked *