कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय

सुर्खेत, ९ वैशाख । 

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले दैलेख हुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रुपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

त्यसैगरी, जाजरकोटको ‘वडावन–सानाखोला सडक’लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता शाहले बताए । उनका अनुसार बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गरेको छ ।

कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम

कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय

सम्झौता म्याद सकिएको एक वर्षमा बनेन पुल 

Leave a comment

Your email address will not be published. Required fields are marked *