एनसेल–हिमालयन जाभा साझेदारी: कफीमा ‘एक किनौँ, एक फ्री’ सहित आकर्षक छुट योजना सुरु
काठमाडौं ,६ बैशाख ।
बिहानीको कफी होस् वा व्यावसायिक बैठक, जमघट अथवा साँझको आराम—अब कफीको प्रत्येक चुस्कीले एनसेल प्रयोगकर्तालाई अझ नजिक ल्याउने भएको छ। Ncell र Himalayan Java Coffee बीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि विशेष अफर सुरु गरिएको हो, जसअन्तर्गत ग्राहकहरूले देशभरका हिमालयन जाभा आउटलेटहरूमा प्रिमियम कफी, पेय पदार्थ तथा खानेकुरामा आकर्षक छुट पाउने भएका छन्।
हालै भएको सम्झौतापछि सुरु गरिएको यस योजनाले ग्राहकहरूको भेटघाट, बैठक तथा जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ। योजना अनुसार रु ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने ग्राहकहरूले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क पाउनेछन्। साथै, तेस्रो कप कफी खरिद गर्दा ३० प्रतिशत छुट पनि प्रदान गरिनेछ।
त्यसैगरी, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै प्रकारका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन्। यसबाहेक, रु ९९ वा सोभन्दा माथिको प्याक प्रयोग गरिरहेका वा रेन्टल प्लानमा सक्रिय सबै ग्राहकहरूले हिमालयन जाभाका उत्पादनहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत Michael Foley ले यस अफरप्रति उत्साह व्यक्त गर्दै सम्बन्धलाई अर्थपूर्ण अनुभवमार्फत अझ प्रगाढ बनाउने उद्देश्य रहेको बताए। “हामी हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकालेर एकअर्कासँग जोडिन र साना–साना खुसीहरू साट्न थप अवसर दिन चाहन्छौं,” उनले भने।
उता हिमालयन जाभा कफीका संस्थापक Anand Gurung ले पनि यस सहकार्यप्रति खुसी व्यक्त गर्दै नेपालभरका कफी प्रेमीहरूका लागि रोमाञ्चक अफर ल्याउन पाएको बताए।
यो अफर उपयोग गर्न कुनै अतिरिक्त दर्ता प्रक्रिया आवश्यक छैन। ग्राहकसँग एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भए पुग्छ। छुट लिनका लागि एनसेल एपको ‘पार्टनर्ड सर्भिसेस’ भित्र ‘हिमालयन जाभा कफी’ चयन गरी आफ्नो योग्यता हेर्न सकिन्छ। एउटै बिलमा एउटा मात्र छुट लागू हुने र ग्राहकको योग्यताअनुसार उपलब्ध सबैभन्दा बढी छुट स्वतः लागू हुने व्यवस्था गरिएको छ।
ग्राहकले अर्डर गर्दा एनसेल एपको ‘लाइभ’ स्क्रिन कर्मचारीलाई देखाउनुपर्नेछ, स्क्रीनसट भने मान्य हुने छैन। प्याक सक्रिय रहँदासम्म यो अफर बारम्बार प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
यस सहकार्यले ग्राहकहरूलाई आफ्नो वर्तमान प्लान परिवर्तन नगरी अतिरिक्त सुविधा उपलब्ध गराएको छ। योजनासम्बन्धी थप विवरण र सर्तहरू एनसेलको वेबसाइट तथा एपमार्फत प्राप्त गर्न सकिनेछ।





