घुयँत्राे:“हिजोका दुश्मन, आजका सत्तासाथी: अस्पतालमै ‘कम्युनिष्ट पुनर्मिलन महोत्सव’!”

राजनीति भन्ने चिजनि अचम्मकाे हुँदाेरैछ । जब कुनै शत्रुले उठनै नसक्ने गरि पछार्छ र अब कैल्यै उँभाे उठन सक्दैन भन्ने अबस्था पैदा हुन्छ तब एक समयमा आँफै पछारा पछार गरेका वर्गिय शत्रुपनि एक हुन् एक अर्का गाेडामुण्टा पर्दा रैछन भन्ने कुरा प्रचण्ड र वलिकाे शुक्रबारे भेटले देखायाे त हँ ! एकताका पाटि एकीकरण गरेर बसेका प्रचण्ड र वलि आँफै काटाकाट गरेर छुटि भिन्न भए त्यसपछि चुनाबले दुईटैलाई गठबन्धन गरेर सरकार चलाउने अबसर जुटाईदियाे र प्रचण्ड वलिकै आडमा प्रधानमन्त्री भए । सरकार चलिरहँदै गर्दानि वलिलाई चित्त नबुझेछि काँग्रेससित घाँटी जाेडेर वलिले सरकार बनाए सत्ता चलाए विना सत्ता प्रचण्डलाई बाँच्न कति गाह्राे भाे भन्ने कुरा जनताले राम्रोसँग बुझ्याछन । के गर्नु सत्ताकाे आडाँ बाँच्ने गर्या मान्छे काेहि साथाँ भएन भनेनि गाह्रो हुँदाे रैछ । विचरा वलिलाई जेनजी लाग्याे र सत्ताट टाढा हुनु पर्याे अनि प्रचण्डलाई वलिले सिध्याए अनि वलि र प्रचण्ड दुबै अलगअलग हुन हुनपुगे । एक्ला एक्लै चुनाब लडदा जेनजीहरका फेला परेर चुनाबाँ सुताय । सुताउननि कैल्यै नउठनेगरि सुतायर सत्ता भन्ने कुरा त अब चरिकै दूध हाेला जस्ताे भएछि छटपटाएर फेरि वलिलाई माओवादि एमाले एकीकरण गरम भनेर वलिलाई भेटन प्रचण्ड अस्पतालमै पुगेछि यी दुईटा पाटि फेरि एकीकरण हुन्छकि जस्ताे पाे देखियाे त । एमाले भित्र वलिलाई हुन नदिने खेलखेलेछि कतै पाटि एकीकरण भै हाल्याे भने अध्यक्ष हात लागि हाल्छ कित भनेर प्रचण्ड जी कस्सियर लाग्नु भाछ । याे चाेटिकाे ह्वाँकाे प्रस्ताब सायद यस्साे ठूलाे पाटि भन्या काँग्रेस नि सक्कि हाल्यो देशकाे शासन सत्ताजति बालेन र रबि जस्ता माेचे केटा हाताँ पर्याे । अब राजनीति गरेर मात्रै क्यार्नु यीबालेन र रबिले अब कैल्यै सत्ताँ जान दिने वाला छैनन त्यसैले हामी कमिनिष्ट जति एक हुम् । कमिनिष्टलाई भाेट हाल्ने यति ठूलो जमात छँदाछँदै जनतालाई किन एकजुट हुने पर्यत्न नगर्ने भनेर नै सायद प्रचण्ड वलि भेटन गा हाेलान । उता सरकारले ६२/६३ देखिकै भष्टाचारीलाई कार्वाहि गर्न आयाेग बनाईदेछि अब जेल जाने उपाए राेक्न दुबै नेता एक हुने बाटो खाेज्यानि हुन सक्छ । हुन पनि घण्टीले पुराना दलकाे सत्यानासै गर्देछि कि त राजनीति गर्न छाेडनु पर्याे हैन भने एकजुट नभै उपायै छैन । के गर्ने संविधान सभापछिकाे निर्वाचनमा जनतालाई धाकधम्कि दिई दिई बहुमत ल्याएर सत्ताकाे स्वाद बसीसकेछि ऐले विबचरा प्रचण्ड सत्ता एडिक्ट भै सके। भष्टाचार ! वरिपरि चुल्ठेमुन्द्रे, आफ्ना आफन्तकाे घेराबन्दी अनि जल्ले जाँ भन्छन त्याँ तिन्लाई जागिर ठेक्कापट्टा , दलाली हरेक अबसर दिँदै ढुकुटिमा चलखेल गरिरा बेलाँ जेनजीकाे चुनाबले बुढापाका र भष्टाचारी जतिलाई तह लाएर निमिट्यान्न पारेछि सदनमा नि एक्लाे वृहस्पतिजस्ताे बनेर बस्नु पर्दा प्रचण्डलाई कम्ति भा हाेला त ऐले ! त्यसैत वलिका शरणाँ ग छैनन के प्रचण्ड ! ठूलै पिर परेर गा छन त्यसैले दुईटै पाटिका नेताहरु मिलेर अ कैल्यै कमिनिष्ट पाटि नफुटने गरि र घण्टीले दुईतिहाई ल्याएजस्तै गरि दुई तिहाई ल्याउने गरि पाटि एकीकरण गरम् हैनभने आउने चुनाबाँ घण्टीले फेरि बर्खाँ भेलले नामाे निसान नभेटिनेगरि कुडा कर्कट बगाएर लए झैँ पाटिनि लग्ला र राजनीति गर्ने बाटै नरहला नि ! प्रचण्डले बेलैमा हाेस पुर्याछन वलिजी तपाईं नि हाेस पुर्याउनुस । हाम्राे शुभकामना छ ।

घुयँत्राे:“हिजोका दुश्मन, आजका सत्तासाथी: अस्पतालमै ‘कम्युनिष्ट पुनर्मिलन महोत्सव’!”

बाँकेमा हिंसाका घटना बढ्दो चिन्ता, एक महिनामै

घुयँत्राे:“हिजोका दुश्मन, आजका सत्तासाथी: अस्पतालमै ‘कम्युनिष्ट पुनर्मिलन महोत्सव’!”

कैलालीमा मरेको कुखुराको मासु खाँदा दुई जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *