तिलागुफा नगरपालिकाको गाडी दुरुपयोग: जनताको करमाथि मनपरी

हस्त चाैलागाँइ
कालिकोट ,३ बैशाख ।

तिलागुफा नगरपालिका मा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीयका अनुसार नगरपालिकाको गाडी नेपालगञ्ज नजिकै भारतीय बजार रुपैडिहा सम्म किनमेलका लागि प्रयोग गरिएको पाइएको छ।
सार्वजनिक सेवा र अत्यावश्यक कामका लागि प्रयोग गर्नुपर्ने सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्दै स्थानीयले तीव्र असन्तुष्टि जनाएका छन्। “महँगीले जनताको ढाड सेकिरहेको बेला जनताकै करबाट चल्ने गाडी यसरी दुरुपयोग हुनु अत्यन्त लज्जास्पद कुरा हो,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
यस्तो गैरजिम्मेवार व्यवहारले सरकारी संयन्त्रप्रति जनविश्वास कमजोर बनाउने भन्दै नागरिक समाजले समेत आपत्ति जनाएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र पारदर्शितामा जोड दिइरहेका बेला यस्ता घटना दोहोरिनु चिन्ताजनक भएको उनीहरूको भनाइ छ।
यस विषयमा स्पष्टिकरण लिन नगर प्रमुख र प्रशासकीय प्रमुख सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
सरकारी सम्पत्तिको दुरुपयोगमा संलग्नमाथि छानबिन गरी कडा कारबाही गर्न स्थानीयले माग गरेका छन्। अब सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिँदै सत्यतथ्य सार्वजनिक गर्न आवश्यक देखिन्छ।

तिलागुफा नगरपालिकाको गाडी दुरुपयोग: जनताको करमाथि मनपरी

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

तिलागुफा नगरपालिकाको गाडी दुरुपयोग: जनताको करमाथि मनपरी

‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’  

Leave a comment

Your email address will not be published. Required fields are marked *