घुयँत्राे:“सरकारी अफिस अगाडि गाडीको संग्रहालय—चल्ने गाडी सुतिरहेको, नयाँ किन्न दौडिरहेको!”
हैन! बालेनका सल्लाकारले सल्ला त सबैदेर भ्याएछन तर याैटा मुख्य दनु पर्ने सल्ला नद्या जस्ताे लायाे ।त्यै भएर मैले त्याे कुरा उठाउन खाेजेँ है ह्याँ । कुराे त सामान्य र सबैले सल्ला दिने खालकाे हाे तर ऐलेसम्म कतैबाट सल्ला आकाे जस्ताे देख्खियन त्यै मैल्यै कुराे उठाई दिएँ । कुराे के त भने सरकारी अड्डा भन्सार, यातायात, ट्राफिक पुलिस,अदालत,वन , व्यवस्थापन महाशाखा, यातायात मन्त्रालय , गृह,जस्ता अनेकन महाशाखा,मन्त्रालय, पुलिस, सेना भन्याजस्ता जतिपनि सरकारी वा पक्राउ गरिएका गाडि असरल्लरुपमा अफिस अगाडि फाल्लिएर तिनले कार्यालयकाे टाउँमात्रै ओगट्या छैनन कि मर्मत गरेमा चल्ने अबस्थाका गाडि पनि फालेर सम्बन्धित कार्यालयले जुन लापर्वाहि गरेर सरकारी ढुकुटि सिध्याउने गरेका छन ।यसलाई सरकारले तत्काल राेक्नु पर्छ र मर्मत नहुने गाडि तत्काल लिलाम विक्रि गरि रकम राजश्वमा दाखिला गर्नु पर्छ भने अबका केही बर्षका लागि नयाँ गाडि किन्ने कनम बन्द गरि मर्मत गर्न मिल्ने खालका गाडि मर्मत गरेर सम्बन्धित व्यक्क्तिलाई चढन दिने व्यवस्था मिलाउनु पर्छ । हेर्दा याे सामान्य कामजस्ताेछ । तर, यी थुपारियका गाडिलाई पुन सदुपयाेग गरियाे भने यसले राज्यलाई समेत फाईदा हुन्छ भने अफिस अगाडिको फाेहरकाे डङ्गुर पनि उठेर जान्छ । खास गरि पुलिस,भन्सार र ट्राफिकमा रहेका गाडि तथा दुई पाङ्ग्रे साधनहरुका विषयमा ३५ दिन भित्र आबस्यक प्रमाण जुटायर सम्बन्धित ब्यक्तिले साधन लग्न चाहेमा लग्नदिने ब्यवस्थापन सम्बन्धित कार्यालयले मिलाउने कानुन ल्याएर लग्न दिने तथा सरकारी गाडिकाे हकमा मर्मत गरेर चल्ने सम्मकाे अबस्था रहेसम्म चलाउने र कुनै हालतमा मर्मत नहुने देखिएका साधनकाे हकमा १५ दिन भित्र लिलाम विक्रि वा कबाडकाे भाउमा विक्रि गर्ने कानुन बनाएर त्यसलाई तत्काल कार्यान्वयन गर्नु पर्दछ । खासगरि ऐलेका प्रशासकहरु कमिशनका लागि नयाँ गाडि किन्न र किनाउन निकै दाैडधुप गरेकाे देखिन्छ ।भष्टाचार गर्नैका लागि साधनहरु मर्मत नगरि दिने र त्यसकालागि अनेकन बहाना बनाएर साधन खरिदमै जाेड दिने गरेको पाईन्छ । हिजाेकाे भ्रष्ट कर्मचारीका कारण गाडि किनाएर सरकारलाई अत्यधिक भार पारिएकाेछ । त्यसैले अब याे सरकारले यसमा कडिकडाउका साथ भूमिका निभाएर अघि बढन सक्याे भने जनताबाट सरकारले वाहवाह पाउने देखिन्छ । ऐलेकाे सरकार जनता खुसी पार्ने काममा लाग्याछ भन्ने सुन्या हुनाले मैलेनि जनतैले मन पराउने याे काम गर्नका लागि किन कुरा नउठाउने ठानेर यहाँ यति कुरा उठाईयाे सरकारलाई उचित लागे गर्ला उचित नलागे हामी के गर्न सक्छाैँ र? हाम्लाई उचित लाग्ने कुरा सरकारलाई नलाग्ननि सक्छ । त्यसैले जसाेजसाे सरकार त्यसैत्यसै जनता हैन्त !





