विपद् पूर्वतयारी सुदृढ बनाउन नलगाड नगरपालिकालाई २३ लाखभन्दा बढीको राहत सामग्री हस्तान्तरण
दिपेन्द्र शर्मा जाजरकोट,१२ असार । स्थानीय तहको विपद् पूर्वतयारी क्षमता सुदृढ गर्ने तथा आपतकालीन र जलवायुजन्य विपद्का समयमा प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्ने उद्देश्यले जाजरकोटको नलगाड नगरपालिकालाई २३ लाख ६० हजार रुपैयाँभन्दा बढी मूल्यका गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। साथै आगामी दिनमा थप १ लाख ४० हजार रुपैयाँ बराबरका वेयरहाउस प्यालेट उपलब्ध गराइने जनाइएको छ। […]



