घुयँत्राे:”पासपोर्ट रोक्काको हल्लासँगै राजनीतिक मुटुमा धड्कन बढ्यो?”

कता कता सामाजिक सञ्जालाँ अजय सुमार्गीकाे पासपोर्ट राेक्का राखेकाे सुनियाे । याे अजय सुमार्गी भन्ने मान्छे तत्कालिन मध्यपश्चिम देखि बर्तमानकाे कर्नालि प्रदेशकाे जनताकाे दुष्मन हाे । यसले जनताकाे पेट र देशकाे समृद्धिमा नराम्रो लात हानेकाेछ । नेपाली काँग्रेसकाे नेता गिरिजा प्रसादकाे पालादेखि सुर्खेतकाे पश्चिम चाैकुनेमा ” चाैकुने सिमेन्ट उद्योग ” स्थापना गर्न ठेक्का लिएर नत […]

आइतबारदेखि कर्णाली कप टी-२० प्रतियोगिता हुने

सुर्खेत, १३ असार । कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा आइतबारदेखि ‘कर्णाली कप, २०८३’ टी–२० प्रतियोगीता सुरु हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा हुन लागेको प्रतियोगीतामा कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लाको प्रनिधित्व हुनेछ । प्रतियोगीतामा मुगु जिल्ला पहिलोपटक सहभागी हुँदैछ । यस्तै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, रुकुम पश्चिम, सल्यान र जाजरकोटले […]

कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास

सुर्खेत, १३ असार । विनासकारी भूकम्प गएको अवस्थामा जीवनरक्षक खोज, उद्धार तथा आपत्कालीन् स्वास्थ्य सेवा प्रवाह कसरी गर्न सकिन्छ भन्ने बारेमा ‘कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’ सम्पन्न गरिएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतको आयोजना, युरोपेली संघ (ईयु), युएनडिपी, युएनओमन, युनिसेफ, ह्याण्डिक्याप इन्टरनेश्नलको समन्वय तथा सुन्दर नेपाल संस्थाको स्थानीय साझेदारीमा […]

अन्तरविद्यालय क्रिकेटमा उषाले विजयामाविलाई ६ रनले हरायो

सुर्खेत, असार १३ । कर्णाली प्रदेश अन्तरविद्यालय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उषा बाल बाटिका।मावि सुर्खेतले जितेको छ । शनिबार भएको रोमाञ्चक खेलमा उषा बाल वाटिका ले विजय मावि दैलेख लाई ६ रनले पराजित गर्दै उपाधि उचालेको हो । वीरेन्द्रनगर मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको विजयामाविले उषा बालवाटिकालाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९६ […]

बारेकोट गाउँपालिकालाई २३ लाख ६० हजार राहत

जाजरकोट ,१३ असार स्थानीय तहको विपद् पूर्वतयारीलाई सुदृढ बनाउँदै आपतकालीन तथा जलवायुजन्य विपद्का समयमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जाजरकोटको बारेकोट गाउँपालिकालाई २३ लाख ६० हजार रुपैयाँभन्दा बढी मूल्यका गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। साथै आगामी दिनमा १ लाख ४० हजार रुपैयाँ बराबरका गोदाम प्यालेटसमेत उपलब्ध गराइने जनाइएको छ। […]

सामाजिक विकृति अन्त्य गर्न  धार्मिक अगुवा र सहजकर्तालाई तालिम

सुर्खेत, १३ असार । सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न धार्मिक समूहभित्र रहेका सामाजिक समस्या र विसंगतिहरूलाई सम्बोधन गर्ने उद्देश्यका साथ तीन दिने प्राविधिक तालिम सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रस्टको आयोजनामा सञ्चालित ‘फेथ एण्ड डेभलपमेन्ट’ (विश्वास र विकास) परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । वीरेन्द्रनगरमा बसोबास गर्ने मुख्य चार […]

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके, १३ असार । डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका छन् । यस वर्ष उनले झन्डै पाँचका जग्गामा पिँडालुखेती गर्नुभएको छ । कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उहाँ पिँडालुखेतीमा लागएका हुन । मौरियाले भने, “पिँडालुखेतीमा ठूलो लगानी आवश्यक पर्दैन । बीउ, मल र सिँचाइका लागि केही खर्च लाग्छ तर […]

नलगाडलाई २३ लाख ६० हजारको राहत 

जाजरकोट, १३ असार ।  जाजरकोटको नलगाड नगरपालिकालाई रु २३ लाख ६० हजारको आपत्‌कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ ।  युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री पालिकालाई हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीहरूमा २७ […]

नदीजन्य पदार्थ उत्खनन रोक

कालीकोट, १३ असार । कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएरमात्र कानुनसम्मत […]

कर्णाली प्रदेशसभाः विषयगत मन्त्रालयका शीर्षकमाथिको छलफल सुरु

सुर्खेत, १३ असार ।  कर्णाली प्रदेशसभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बिहीबार बसेको १४औँ बैठकमा सभामुख नन्दा गुरुङले असार ११ गतेदेखि १४ गतेसम्म विषयगत मन्त्रालयको शीर्षकहरूमाथि छलफल सुरु भएको जानकारी दिए । कर्णाली प्रदेश […]

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या 

काठमाडौँ,  १३ असार ।  काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानीसमेत गरेको कामपा स्वास्थ्य तथा शिक्षा समितिका […]

ललवा माहुतको घरमा विशेष चहलपहल

बाँके, १३ असार ।  नेपालगञ्ज उपमहानगरपालिका–१९ सुइयागाउँका ललवा माहुतको घरमा यतिबेला विशेष चहलपहल छ । धर्मले हिन्दू भए पनि ललवाको घरमा मुस्लिम समुदायमा जस्तै श्रद्धापूर्वक ‘ताजिया’ सजाइएको छ । मोहर्रमको नवौँ दिनमा घरमा ताजिया भित्र्याउने र दशौँ दिनमा कर्बलामा लगेर विसर्जन गर्ने माहुतको यो कार्य कुनै नयाँ भने होइन । “मेरो बाजेको पालादेखि नै हामीले […]

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार 

टिकाराम सुनार/रासस चिसापानी, १३ असार ।  माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने […]