घुयँत्राे:”पासपोर्ट रोक्काको हल्लासँगै राजनीतिक मुटुमा धड्कन बढ्यो?”

कता कता सामाजिक सञ्जालाँ अजय सुमार्गीकाे पासपोर्ट राेक्का राखेकाे सुनियाे । याे अजय सुमार्गी भन्ने मान्छे तत्कालिन मध्यपश्चिम देखि बर्तमानकाे कर्नालि प्रदेशकाे जनताकाे दुष्मन हाे । यसले जनताकाे पेट र देशकाे समृद्धिमा नराम्रो लात हानेकाेछ । नेपाली काँग्रेसकाे नेता गिरिजा प्रसादकाे पालादेखि सुर्खेतकाे पश्चिम चाैकुनेमा ” चाैकुने सिमेन्ट उद्योग ” स्थापना गर्न ठेक्का लिएर नत काम गरेकाेछ न ठेक्का ताेडेकाेछ । जसका कारण ४० बर्षदेखि सिमेन्ट उद्योग स्थापना नभएर बर्तमान कर्णालिबासीकाे विकासकाे सपना तुहाईएकाेछ ।सुमार्गिकाे गिरिजासितकाे साँठगाँठ, पछि गएर प्रचण्ड शीत जाेडिएछि प्रचण्लाई समेत ठेक्का पट्टामा पाटनर बनाएर याैटा २×२ काे “मुक्ति श्रीका” नाममा साईन बाेड टाङेर सिमेन्ट उद्याेग अलपत्र पारेकाे सुमार्गी ऐले सरकारकाे निगरानिमा परेछि प्रचण्डलाई छट्पटी छुटेकाेछ । सिमेन्ट उद्योगकाे ठेक्का अरुले लिएर अलपत्र पारेकाे भए माओवादिहरले त्यसकाे टुप्पिठाडाे पारि सक्थे । तर प्रचण्ड र सुमार्गीकाे संयुक्त लगानिमा बन्ने भएकाेले माओवादिले उद्योग चालू नभएकाेमा कुनै प्रश्न उठाएनन् जबकि चाैकुने क्षेत्र भनेकाे देशकै सबैभन्दा ठूलाे माओवादि सेल्टर हाे र ऐलेनि चाैकुने गाउँपालिका माओवादिकै कब्जामा छ । सरकारले काम नगर्ने ठेकेदार, तस्कर,मन्त्री , नेता र गुण्डाहरुलाई पक्राउ गरेर जस्लाई जुनमुद्दामा हाल्न सकिन्छ त्यसलाई त्यै मुद्दालाएर कालाेधन्दा सफाया गर्न लाग्दा एमालेबाट विष्णु पाैडेल समातिनु र माओवादिबाट सुमार्गी समातिने चाल पाएछि सुमार्गिले पाेल्याे भने आँफुपनि गईन्छ भनेर प्रचण्ड सुमार्गीलाई पक्रिनु पूर्वनै एमालेसित पाटि एकीकरण गरेर सरकारसित संयुक्तरुपमा लडने तयारीमा प्रचण्ड पुगेका छन । सुमार्गी पक्राउ परेसितै प्रचण्ड पनि पक्राउ पर्ने डरले ऐले प्रचण्ड विपक्षि दलहरु सदनमा एक भएर जानू पर्ने प्रस्ताब लिएर विराटनगर स्थित शेखर काेईरालालाई भेटन पुगेका छन । सरकारले पुराना दलका भ्रष्ट नेताहरु प्रचण्ड देखि माधब नेपालसम्म कसैलाईनि नछाेडने संकेत प्रचण्डले गाेप्यमा पाएछि ऐले सबै नेताहरुलाई छट्पटी छुटेकाेछ । प्रधानमन्त्रीकाे रुख ठेकेदारप्रति त्यसैपनि राम्रो छैन । त्यसैले पनि ठेकेदारमाथि प्रश्न उठने बित्तिकै प्रधानमन्त्री नेगेटिभ भएर उत्रिन सक्छन भन्ने भयले पनि ऐले ठेकेदारहरु सरकासित त्राहित्राहि छन । यद्पि माओवादि युध्दका बेला कर्नालिका जनताले माओवादि र प्रचण्डका निम्ति ठूलाे सेक्रिफाईस गरे तर तिनै प्रचण्डले कर्नालिबासीकाे उन्नति र हित हुने चाैकुने सिमेन्ट उद्याेग र अपर कर्नालि आयाेजना बन्न दिएनन । तिनै दुबै आयाेजना बन्न नदिन सिमेन्ट उद्योगमा प्रचण्ड आँफै जाेडिए भने अपर कर्नालिलाई याेजना बन्न नदएर जिएमआरलाई दुहुनु गाई बनाएर कहिले कार्यकर्तालाई बम पडकाउन लगाएर त कैले जिएमआरसित पैशा अशुल्न कार्यकर्ता परिचालन गराएर उक्त आयाेजना बन्नै दिएनन ।
जब सत्ताकाे पहुँचमा भएकाे नेता याैटा ठेकेदार र तस्करकाे मुट्ठी भित्र बाँधिन्छ, तब याेजनाहरुकाे हविगति र जनताकाे हालत के हुन्छ भन्ने कुरा प्रचण्ड र सुमार्गिकाे साँठगाँठ पछि कर्नालिका जनताले राम्रो शीत थाहा पाएका छन । अब ऐले सत्ताबाट धेरै टाढा भएरनि प्रचण्ड आफू र पाटनर सुमार्गीलाई बचाउन वलिसित पाटि एकिकरणमा ज्यानदिएर लागेका छन । “चाेर चाेर माैसेरे भाइ ” भन्या झैँ एमालेका र माओवादिका भ्रष्ट नेताहरु विष्णु पाैडेल र अजयराज सुमार्गीलाई दुधले नुहाएकाे मूर्ति बनाएर अपराधबाट बचाउन लागि परेका छन । याे साच्चिकै जनताप्रति उत्तरदायी हाे भने कुनै पनि काण्डका नाईकेहरुलाई छाति खाेलेर हिँडने अकसर दिईनु हुँदैन र हिजाेका अपराधीहरुलाई तह नलाएसम्म याे देश बन्दापनि बन्दैन । त्यसैले चाहे सदन राेकुन वा सडक छेकुन सरकार रतिभरपनि डर नमानेर अपराधीलाई कठघरामा हाल्न पछि पर्नु हुँदैन । अन्यथा भष्टाचारीहरुकाे राज र भष्टाचारीहरुकाे सफाया गर्नेहरुकाे राज कसरी छुट्टिन्छ । र, बालेन अर्थात प्रधानमन्त्री बालेनले ठेकेदारहरुलाई रुखमा झुण्डाएर हुन्कि सडकमा सुताएर हुन्छ हामी काम गराएर छाेडछम् भनेर जनतामाझ दिएकाे वचन पूरा गर्ननि त यस्ता ठेकेदारहरु तहलाएरै छाेडनु पर्छ । सरकारमा चेतना भया !
” बिरसिक्का”




