आइतबारदेखि कर्णाली कप टी-२० प्रतियोगिता हुने

सुर्खेत, १३ असार ।
कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा आइतबारदेखि ‘कर्णाली कप, २०८३’ टी–२० प्रतियोगीता सुरु हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा हुन लागेको प्रतियोगीतामा कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लाको प्रनिधित्व हुनेछ ।

प्रतियोगीतामा मुगु जिल्ला पहिलोपटक सहभागी हुँदैछ । यस्तै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, रुकुम पश्चिम, सल्यान र जाजरकोटले पनि प्रतियोगीतामा सहभागीता जनाउने छन् ।
प्रतियोगीता पूर्व शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवम् प्रदेश सचिव श्रीधर केसीले प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगीता असार १८ गतेसम्म सञ्चालन हुने जानकारी दिए । ‘कालुन्चोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा दैनिक चार वटा म्याच हुनेछन्,’ उनले भने, ‘आइतबारदेखि सुरु हुने प्रतियोगीता १८ गते सम्पन्न हुन्छ ।’ उनले मुगु जिल्ला पहिलोपटक प्रतियोगीतामा सहभागी हुने जानकारी पनि दिए ।

सचिव केसीले विजेता टोलीले एक लाख एक हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार नगद र ट्रफी प्राप्त गर्नेछ ।

यस्तै वेष्ट बलर र बेष्ट ब्याट्समेनले नगद पाँच–पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् भने प्लेयर अफ दि सिरिज हुनेले १० हजार नगद र ट्रफी प्राप्त गर्नेछ । उनले प्रत्येक खेलको प्लेयर अफ दि म्याच हुने खेलाडीले नगद दुई हजार र ट्रफी प्राप्त गर्नेछन् ।

उनले कर्णालीमा क्रिकेटको पहुँच विस्तार गर्दै हरेक जिल्लामा खेल गतिविधि बनाउन तथा खेलाडीहरु उत्पादन गर्नका लागि प्रतियोगीता आयोजना गर्न लागिएको जानकारी दिए ।

‘क्रिकेटप्रति पछिल्लो समय आकर्षण बढ्दो क्रममा छ,’ उनले भने, ‘यस्ता प्रतियोगीताले क्रिकेट खेलको गतिविधि बढ्नुका साथै खेलाडी उत्पादन र पहिचानमा पनि सघाउ पुर्याउँछ ।’

आइतबारदेखि कर्णाली कप टी-२० प्रतियोगिता हुने

कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास

Leave a comment

Your email address will not be published. Required fields are marked *