पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन् 

कैलाली, १५ असार ।  एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । सङ्क्रमित भनेपछि समाजले अझै हेलाको दृष्टिले हेर्ने भएकाले आफू बसेको भन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको उनीहरु बताउँछन् ।  लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउनुहुन्छ […]

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

दाङ, १५ असार ।  लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार […]

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली, १५ असार ।  कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिने छ । गणना टोलीमा आठ जना सहभागी छन् । तीन वटा उपसमूह बनाएर तीन वटा ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना […]

‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’

काठमाडौँ, १५ असार ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन हुने कर तल्लो तहका नागरिक लाभान्वित हुने बताएका छन् । प्रतिनिसिभाको आजको बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले निजी विद्यालयका लागि समता शुल्कका रूपमा तीन प्रतिशत कर सङ्कलन सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितता र सार्वजनिक शिक्षाको […]

पाँच करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै

कालीकोट, १५ असार ।  यहाँको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ । शनिबार महावै–७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो । लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ ।  नयाँ भवन ३२ कोठासहित साढे दुई तलाको हुने गाउँपालिकाका इन्जिनियर प्रकाश […]

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

बाँके, १५ असार ।  बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ११ महिनामा ४९ हजार ५८७ पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खिमानन्द खनालका अनुसार २८ हजार ५८८ गाई, २० हजार ५२६ भैँसी तथा ४७३ बाख्रा गरी ४९ हजार ५८७ […]

वीरेन्द्रनगरको शिक्षा सुधार नीति  आगामी वर्षदेखि सुरु हुँदैछन् एआईदेखि  डिजिटल शिक्षक बैंकसम्मका योजना 

ओम शाही सुर्खेत, १५ असार ।  वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गरेको छ । स्थानीय स्रोत र साधनको अधिकतम परिचालनमार्फत गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित नगरपालिकाले नीतिमै समावेश गरेर शैक्षिक सुधार वर्ष मनाउने घोषणा गरेको हो ।  १० असार (बुधबार) मा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट […]

स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी

गाेल्डेन बुढा जुम्ला,१५ असार । जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४७ वर्षीय धर्म बोहोराको स्याउ बगैंचामा अहिले तीन सय बिरुवा छन्। गोल्डेन, रेड डेलिसिएस लगायत तीन जातका स्याउ फल्छन्। वार्षिक ३० देखि ४० क्विन्टलसम्म उत्पादन हुने स्याउ उनले व्यापारीलाई काँचै बेच्दैनन्। बरु सबै स्याउ चाना बनाएर बजार पठाउँछन्। यही निर्णयले उनको खेतीलाई सामान्य उत्पादनबाट मूल्य […]

४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर–५ पोषणमैत्री वडा घोषणा

गाेल्डेन बुढा जुम्ला,१५ असार। दुर्गम बस्तीमा कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको विकास र व्यवहार परिवर्तनलाई संस्थागत बनाउने लक्ष्यसहित जुम्लाको गुठीचौर गाउँपालिका–५ लाई पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। स्थानीय बाजागाजा, नाचगान र सयौँ स्थानीयवासीको उत्साहजनक सहभागिताबीच गरिएको घोषणा केवल औपचारिक कार्यक्रम नभई समुदायस्तरमै पोषण सुधारको साझा प्रतिबद्धताका रूपमा हेरिएको छ।गुठीचौर गाउँपालिकाको झारज्वाला माध्यमिक विद्यालयमा आयोजित […]

सम्पादकीय :  जोखिमका बालिकाको संरक्षण कसले गर्ने ?

शिक्षा प्रत्येक वालवालिकाको मौलिक अधिकार हो । तर, आर्थिक विपन्नता, अभिभावकको अभाव तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि यो अधिकार व्यवहारमा अझै सुनिश्चित हुन सकेको छैन । यस्ता बालिकाहरू विद्यालय छोड्ने, श्रममा संलग्न हुने वा बालविवाहको जोखिममा पर्ने सम्भावना अन्य बालबालिकाको तुलनामा बढी हुन्छ । त्यसैले उनीहरूलाई लक्षित गर्दै राज्यले विशेष नीतिगत व्यवस्था गर्नु […]

ब्रिनोजमा ११ महिनामै ३६ हजार भन्दा बढी बिरामीको कान उपचार

बाँके ,१४ असार । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३६ हजार भन्दा बढी बिरामीले सेवा लिएका छन् । समुदायस्तरबाट सञ्चालन भइरहेको यो संस्था नेपालकै कान रोगको उपचारमा विशेषज्ञता हासिल गरेको एक मात्र सामुदायिक अस्पतालका रुपमा परिचित छ । अस्पतालका प्रबन्ध निर्देशक चेतनारायण चौधरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ […]

खेती विस्तार गर्न संगठित भए सुर्खेतका कफी उत्पादक किसान

सुर्खेत, १४ असार । व्यावसायिक कफी खेतीमा लागेका सुर्खेतका किसानहरु संगठित भएका छन् । नगदेवालीको रुपमा रहेको कफी सुर्खेतका विभिन्न पालिकामा व्यावसायिक उत्पादनको उच्च सम्भावना देखिएपछि यसको खेती विस्तार गर्न किसानहरु संगठित भएका हुन् । उनीहरु वीरेन्द्रनगर–१२ मा कार्यालय रहने गरी कफी किसान संघ सुर्खेतका नामबाट संगठित भएका हुन् । जसको अध्यक्षमा अर्जुनकुमार बुचामगर र […]

विपद्सँग लड्न नगरपालिका तहको कृत्रिम घटना अभ्यास

सुर्खेत, १४ असार । विभिन्न मौसमजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यसँग जुध्न सरोकारवाला बिच नगरपालिकास्तरिय कृत्रिम घटना अभ्यास गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा युरोपेली संघ (ईयु), युएनडिपी, युएनओमन, युनिसेफ, ह्याण्डिक्याप इन्टरनेश्नलको समन्वय तथा सुन्दर नेपाल संस्थाको स्थानीय साझेदारीमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तरगत आइतबार वीरेन्द्रनगरमा नगरपालिकास्तरिय टेबलटप कृत्रिम घटना अभ्यास सम्पन्न भएको […]