हुम्लाको स्याँडामा गाडी

हुम्ला, १८ असार ।  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा याङ्गु सडक निर्माणमा रु एक करोड १२ लाख बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो । यसअघि सिमकोटका सातवटै वडामा यातायातका साधन पुगिसकेका छन् । दुर्गम गाउँमा पहिलोपटक […]

सरकारका १०० दिनः सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय 

रमेश लम्साल/रासस  काठमाडौँ, १८ असार ।  मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हाँसिल गरेको छ । ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि सरकारको प्रयासले सुशासनका साथै सार्थक उपलब्धि हासिल गर्ने दिशा तय गरेको स्पष्ट देखिएको छ । सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा […]

ग्रामीण महिलालाई कार्यबोझ थपिँदै 

कञ्चनपुर, १८ असार ।  यहाँका महिलामाथि कार्यबोझ दिनप्रतिदिन बढ्दै गएको छ । अत्यधिक गर्मी, अनियमित वर्षा र खेतीपातीको समय परिवर्तनसँगै दैनिक जीवन कठिन बन्दै गएको छ । विशेषगरी विपन्न, दलित र जनजाति समुदायका महिला यसको सबैभन्दा बढी मारमा परेका छन् । शुक्लाफाँटा, कृष्णपुर, बेदकोट र भीमदत्तनगर चुरे छेउ गाउँका महिलाको कार्यबोझ अधिक रूपमा थपिएको छ […]

सरकारका १०० दिन :  परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

काठमाडौँ, १८ असार ।  वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति (एनओसी) सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको […]

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द 

कैलाली, १८ असार ।  यहाँस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए । उनका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डा होम पन्तको कोशीमा सरुवा फिर्ता […]

स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग

काठमाडौँ, १८ असार ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरुप भाडा समायोजन गर्न  सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल/मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको थियो । महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई […]

सुशासनमा अटेरी कर्णालीका १० पालिका बजेट ल्याएर पनि जानकारी नदिने  स्थानीय तहलाई तीन दिने स्पष्टिकरण 

ओम शाही सुर्खेत, १८ असार ।  कर्णाली प्रदेशका अधिकांश स्थानीय तहले १० असार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा राजश्व र व्यय (बजेट) प्रस्तुत गरे । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २५ अनुसार देशका सबै स्थानीय तहले प्रत्येक आर्थिक वर्षको १० असारभित्र आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगरसभामा […]

सम्पादकीय :  प्रयोगशाला सञ्चालनमा उदासिनता किन ?

कर्णाली प्रदेश सरकारले स्थापना भएको प्रारम्भिक चरणमै ‘अर्गानिक प्रदेश’ को महत्वाकांक्षी अवधारणा अघि सारेको थियो । प्रदेशमा उत्पादन हुने कृषि उपजलाई विषादीमुक्त बनाउने र बाहिरबाट भित्रिने विषादीयुक्त तरकारी तथा फलफूलको निगरानी गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७५/०७६ मा सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्ने नीति लिइयो । त्यसअनुसार भवन पनि […]

जुम्लामा चट्याङले : एकको मृत्यु, पशुधनमा क्षति

गाेल्डेन बुढा जुम्ला,१७ असार। बुधबार परेको चट्याङले जुम्लामा मानवीय तथा पशुधन दुवैतर्फ गम्भीर क्षति पुर्‍याएको छ। हिमा गाउँपालिका–२ मा पर्ने छोटाखर्सु भन्ने लेखमा एनसेल टावरमा नजिकै झण्डै साँझ साढे ५ बजे अचानक परेको चट्याङले एक युवाको ज्यान लिएको छ, भने दुई जना सामान्य घाइते भएका छन्। सोही घटनामा १२–१५ वटा भेडा मरेको स्थानीयले बताएका छन्। […]

बाँकेमा रासायनिक मल वितरण

बाँके ,१७ असार । जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरूप रासायनिक मल वितरण सुरु गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ बोरा डिएपी र १५७ बोरा पोटास, नेपालगन्ज उपमहानगरपालिकामा ८६९ बोरा डिएपी, १७४ बोरा पोटास र एक हजार ३१४ बोरा युरिया, बैजनाथ गाउँपालिकामा एक […]

प्रतिनिधिसभा समितिद्वारा नेपालगञ्ज कारागार अनुगमन : क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी, पूर्वाधार र स्वास्थ्य सेवामा गम्भीर चुनौती

बाँके ,१७ असार । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालगञ्ज कारागारको स्थलगत अनुगमन गर्दै कारागारको भौतिक अवस्था, सुरक्षा व्यवस्था, कैदीबन्दीको जीवनयापन तथा प्रशासनिक चुनौतीबारे विस्तृत जानकारी लिएको छ। समिति सदस्य सुरेन्द्र चौधरी र मो. इश्तियाक राईसहितको टोलीले कारागारको निरीक्षण गरी कारागार प्रशासन, सुरक्षा निकाय तथा कैदीबन्दीसँग प्रत्यक्ष छलफल गरेको हो। अनुगमनका […]

बाँकेमा जडीबुटी उत्पादनको गुणस्तर जोगाउन आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

बाँके ,१७ असार। डिभिजन वन कार्यालय बाँकेले किसानले उत्पादन गरेका जडीबुटीजन्य प्रशोधित सामग्रीको गुणस्तर संरक्षण, सुरक्षित भण्डारण तथा उचित बजारीकरण सुनिश्चित गर्ने उद्देश्यले आधुनिक भण्डारण केन्द्र निर्माण सुरु गरेको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा निर्माण हुन लागेको उक्त केन्द्रले जडीबुटी खेतीमा संलग्न किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। डिभिजन वन […]

चरम गर्मीमा नेपालगन्जको विद्युत संकट : उद्योग ठप्प, विद्यार्थीको पढाइ प्रभावित, जनजीवन कष्टकर

बाँके ,१७ असार । बाँकेको नेपालगन्जमा लामो समयदेखि देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेज (लो भोल्टेज) को समस्याले उद्योग–व्यवसाय, शिक्षादेखि सर्वसाधारणको दैनिकीसम्म गम्भीर रूपमा प्रभावित भएको छ। अत्यधिक गर्मीका बीच पटक–पटक विद्युत अवरुद्ध हुँदा उद्योग सञ्चालनमा कठिनाइ बढेको छ भने विद्यार्थीको अध्ययन, घरायसी कामकाज तथा स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ। विद्युत आपूर्ति नियमित […]