सरकारका १०० दिनः  ‘मिसन मोड’ मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना 

रमेश लम्साल/रासस  काठमाडौँ, १८ असार ।  अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजस्व सङ्कलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरूपमा आशातित परिवर्तन देखापरेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार […]

नेपाल–कोरिया पर्यटन प्रर्वद्धन समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १८ असार ।  एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले टे्रकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको प्रविधिसम्बन्धी कम्पनी आइबिएल कम्पनी लिमिटेडका बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा […]

सरकारका १०० दिनः  शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ, १८ असार ।  सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासन, हुलाक सेवामार्फत नागरिकमैत्री सेवा विस्तार तथा सरकारी संयन्त्रको उत्तरदायित्व अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ । प्रशासनिक प्रक्रियालाई छोट्याउनेदेखि नागरिक एपमार्फत सेवा विस्तार, सरकारी कागजात घरमै पुर्‍याउने ‘गभर्नमेन्ट कुरियर […]

स्वदेशमा केही गर्ने सङ्कल्प लिएका कार्की 

कञ्चनपुर, १८ असार ।  भारतको बैंगलोरस्थित डिपार्टमेन्ट स्टोरमा एक दशकभन्दा बढी समय काम गर्नुभएका शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका जनकबहादुर कार्की स्वदेश फर्केर आफ्नै होटल व्यवसाय सञ्चालन गरी मासिक रु दुई लाख बढी आम्दानी गरिरहेका छन् । स्वदेशमै केही गर्ने अठोट र स्वरोजगार बन्ने चाहनाले उहाँलाई होटल व्यवसायको यात्रामा अघि बढाएको हो । भारतमा रहँदा कार्कीले मासिक […]

घुयँत्राे:”बजेट खर्च ३५%, झगडा खर्च १००%!”

सरकार प्रदेशकाे बाेझ साह्रै गरुङ्गाे भाे ! यल्लाई खारेज गर्दै स्थानीय निकायकाे बनाेटमा नि हेरफेर गरिनु पर्छ र राज्यलाई आर्थिक भार कम गर्नुपर्छ भनेर यसका लागि आफ्ना पाटिका कार्यकर्तालाई तयार रहन उर्दी गर्दैछ । यै माैकाँ सबैजसाे प्रदेशका नेताहरु याैटा न याैेटा बखेडा थापेर प्रदेशसभाकाे काम कार्बाहिलाई अस्थिर बनाई रहेका छन । यतिसम्म कि कर्नालिकाे […]

पहिलो लागुपदार्थ परिक्षणमै जुम्लामा ८ मध्ये ५ जना चालक ‘पोजिटिभ’

गाेल्डेन बुढा जुम्ला,१८ असार । जुम्लामा पहिलोपटक सवारी चालकमाथि गरिएको लागुपदार्थ परिक्षणमै झण्डै दुईतिहाइ चालक ‘पोजिटिभ’ भेटिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लाले बिहीबार दिउँसो २ बजेदेखि सञ्चालन गरेको संयुक्त विशेष चेकजाँचमा परीक्षण गरिएका ८ चालकमध्ये ५ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाइरहेको पुष्टि भएपछि जिल्लाको सडक सुरक्षा र लागू […]

डस्बिन हस्तान्तरण गर्दै मनाइयो घरबहाल सरोकार महासंघको १६औँ स्थापना दिवस

बाँके ,१८ असार। नेपाल घरबहाल सरोकार महासंघ, बाँके शाखाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा कोहलपुर–१२, चप्परगौडीस्थित रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल आधारभूत विद्यालयलाई फोहर व्यवस्थापनका लागि ६ थान डस्बिन हस्तान्तरण गर्दै दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा महासंघका केन्द्रीय सहकोषाध्यक्ष तिलक सिंह कार्कीले महासंघले स्थापना कालदेखि नै घरबेटी र घरबहालबीच समन्वय, सहकार्य र सौहार्दपूर्ण […]

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

लुम्बिनी ,१८ असार । बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवद्र्धन विषय केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बिहीबार देखि सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलङ्का र फिनल्यान्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्को सहभागिता रहेको छ । लुम्बिनी क्षेत्रका बौद्ध सम्पदाको संरक्षण, अन्तर्राष्ट्रिय प्रवद्र्धन […]

सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाकाे डाेजर अभियान

गाेल्डेन बुढा जुम्ला,१८ असार। सार्वजनिक सम्पत्तिमाथिको वर्षौँदेखिको अतिक्रमण अन्त्य गर्ने अभियानअन्तर्गत चन्दननाथ नगरपालिकाले जुम्ला विमानस्थल आसपासको सार्वजनिक जग्गामा बनेका घरटहरामाथि डोजर चलाएको छ। पटकपटक सूचना र आग्रह गर्दा पनि अटेर गरेपछि नगरपालिकाले प्रहरी र प्रशासनको सहयोगमा पाँच वटा टहरा हटाएको हो। डोजर चल्ने क्रममा आक्रोशित स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए। नगरप्रहरी र नेपाल प्रहरीको […]

दैलेखमा यात्रुवाहक फोर्स कर्णाली नदीमा खस्यो, एक जनाको मृत्यु; बेपत्ताको खोजी तीव्र

सुर्खेत ,१८ असार । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। बिहीबार बिहान करिब ११ः३० बजे कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित सांगेताडा क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ४ सय […]

खजुरामै जटिल घुँडाको हड्डीको ट्युमर शल्यक्रिया सफल, काठमाडौँ–भारत धाउनुपर्ने बाध्यता घट्दै

बाँके ,१८ असार । केही वर्षअघिसम्म घुँडाको हड्डीमा जटिल ट्युमर देखिएका बिरामीले उपचारका लागि काठमाडौँ वा भारतका विशेषज्ञ अस्पताल पुग्नुपर्ने बाध्यता थियो। तर अहिले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमै यस्ता जटिल शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि बिरामीले आफ्नै प्रदेशमा गुणस्तरीय सेवा पाउन थालेका छन्। अस्पतालले हालै बर्दियाको बढैयाताल गाउँपालिकाका ३० वर्षीय एक युवकको घुँडाको […]

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता आजबाट

सुर्खेत, १८ असार । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । परिषद्ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आज (बिहिबार) देखि २२ असारसम्म कर्णाली प्रदेश रङ्गशालामा सञ्चालन गर्न लागिएको जनाएको छ । कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका फुटबल टोलीको सहभागिता […]

कर्णाली कप क्रिकेटको उपाधीका  लागि सुर्खेत र सल्यान भिड्ने

सुर्खेत, १८ असार । सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेशस्तरीय कर्णाली कप टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र सल्यान भिड्ने भएका छन् । बुधबार भएका सेमिफाइनलमा सुर्खेतले कालिकोटलाइ र सल्यानले रूकुम पश्चिमलाइ हराउँदै विहीबारको उपाधि भीडन्त पक्का गरेका हुन् । फाइनल यात्रा तय गर्ने क्रममा सुर्खेतले कालिकोटमाथि एक सय १३ रनको शानदार जीत निकाल्यो भने […]