कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

सुर्खेत, २१ असार ।  दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोतखोर टोली खटिएको छ । सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र […]

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, नेपालगञ्जमा ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

बाँके ,२० असार  ।  नेपालगञ्जको ऐतिहासिक, सांस्कृतिक तथा नागरिक पहिचानलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले भत्किएका तथा हटाइएका ऐतिहासिक व्यक्तित्वका शालिक पुनःस्थापना गर्ने अभियान औपचारिक रूपमा सुरु गरेको छ। अभियानअन्तर्गत धम्बोझी (वीरेन्द्र चोक) मा करिब दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ। उपमहानगरपालिकाको विशेष पहलमा गएराति कडा सुरक्षा व्यवस्थाका बीच राजा वीरेन्द्रको […]

दक्ष जनशक्ति उत्पादनमा चुकिए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौँ : मन्त्री तिमिल्सिना

बाँके,२० असार  ।  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिनाले प्रदेशको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले विश्वविद्यालयले आफ्नो उद्देश्यअनुसार गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न नसके सरकार आवश्यक निर्णय लिन पनि पछि नपर्ने स्पष्ट पार्नुभयो। लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा […]

नागरिकसँग हुलाक सेवा वारे अन्तरक्रिया

दुर्गा विसि सल्यान ,२० असार । हुलाक कार्यालय बनगाड कुपिण्डे नगरपालिकाकाे आयोजनामा नागरिकसँग हुलाक सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।हुलाक सेवा र नागरिक विचकाे सम्बन्ध थप सुमधुर वनाउने उदेश्यले आयोजित कार्यक्रम मा वडा अध्यक्ष थुम वहादुर विसि,वडा सदस्य लाेग वहादुर वुढा,रेडक्रस सभापति पुष्कर विसि,वजार व्यवस्थापन समिति अध्यक्ष ईश्वर वुढा,वडा सचिव दुर्गा उपाध्याय,पत्रकार,स्थानीयकाे उपस्थिति रहेको […]

घुयँत्राे:”सय दिनको हनिमुन, विपक्षको सय दिनको हल्ला !”

बालेनकाे सरकार बनेकाे आज ( २० असाराँ ) १०० दिन पुग्याे रे। सायद सरकारले आज हनिमुन मनाउने हाेला । १३ चैताँ सरकार बनाउने बेलाँ १०० दिनाँ सय काम गर्ने भनेर प्रधानमन्त्रीले घाेषणा गर्याथे त्यै भएर सय दिनाँ सय कनम गरेर भ्याउन प्रभानमन्त्रिलाई भ्याई नभ्याई भयाे । उता विपक्षि भनाउँदाहरु प्रधानमन्त्री सदनाँ आएर सदनाँ हाम्ले बाेल्या […]

बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन

राँझा (बाँके),२० असार । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाका सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका गाउँमा विरामीलाई सरकारी स्वास्थ्य चौकी लैजानुको साटो स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि […]

सरकारका १०० दिन : पहुँचयोग्य र उत्तरदायी स्वास्थ्य सेवाको जग बसाल्दै सरकार

रूपेश आचार्य/रासस काठमाडौँ, २० असार । करिब सय दिनअघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूपमात्र नभएर सेवाको गुणस्तरसमेत फेरिएको छ । विगतमा सधँै जनताको गुनासोमात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाइदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको छ । बिरामी, स्वास्थ्य र उपचारको समग्र डिजिटल अभिलेख सुरक्षित तवरले बस्न थालेको छ भने बिरामीलाई […]

बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी/रासस काठमाडौँ, २० असार । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको देखिएको हो । फलस्वरूप नेपालमा होटलजस्ता पर्यटन सेवाका क्षेत्रमा पनि लगानीकर्ता […]

किशोर–किशोरीलाई कुलतबाट जोगाउन विद्यालय स्वास्थ्य अभियान

हुम्ला, २० असार । पछिल्लो समय नेपालमा किशोर–किशोरी उमेर समूहमा लागुऔषध दुर्व्यसन, लैङ्गिक हिंसा, आत्महत्या तथा सामाजिक सञ्जालको दुरुपयोगका घटनामा वृद्धि हुँदै गएपछि हुम्लामा विद्यालयस्तरबाटै सचेतना फैलाउने अभियान सुरु गरिएको छ । यही उद्देश्यलाई आत्मसात् गर्दै जिल्ला स्वास्थ्य सेवा कार्यालय, हुम्लाअन्तर्गतको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टरको आयोजनामा खार्पुनाथ गाउँपालिका–५ मान्धारा माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य अभियान […]

कर्णाली सरकारले माग्यो गृह मन्त्रालयसँग सहयोग

सुर्खेत, २० असार । कर्णाली प्रदेश सरकारले  कर्णाली नदीमा खसेको फोर्स गाडीको खोजि कार्यका लागि गृह मन्त्रालयसँग थप सहयोग र समन्वय गरिदिन अनुरोध गरको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै बुधबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा कर्णाली नदीमा खसेको […]

हरियाली प्रवद्र्धन गर्न छ लाख बिरुवा वितरण

बाँके, २० असार । यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवद्र्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई निःशुल्क वितरण थालेको छ । चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल छ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण थालिएको उक्त कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले  जानकारी दिए । यो वर्ष एकवर्षीय पाँच लाख […]

भेरी लिफ्टिङ खानेपानीको भौतिक प्रगति ३० प्रतिशत पहिलो प्याकेजका काम धमाधम दोस्रो प्याकेजलाई अघि बढाउने तयारी   

ओम शाही सुर्खेत, २० असार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आगामी सन् २०५० सम्म बृद्धि हुनसक्ने जनसंख्यालाई खानेपानीको दीगो पहँुच प्रदान गर्न कार्यान्वयन भइरको भेरी लिफ्ङि खानेपानी आयोजना तीव्र गतिमा अघि बढिरहेको छ । भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगर उपत्यकामा ल्याएर पत्येक घरधुरीमा धारा जडान गर्न आयोजनालाई दुई वटा प्याकेजमा विभाजन गरिएको छ । जस […]

कर सचेतना अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : नेपालगञ्जमा पत्रकारसँग राजस्व कार्यालयको अन्तरक्रिया

नेपालगञ्ज ,१९ असार । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन तथा समन्वयमा शुक्रबार सञ्चारकर्मीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य आर्थिक विधेयक–२०८३, नयाँ कर व्यवस्था तथा करसम्बन्धी कानुनी प्रावधानबारे पत्रकारलाई अद्यावधिक जानकारी गराउँदै कर सचेतना विस्तारमा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउनु रहेको थियो। कार्यक्रममा कर अधिकृत उदयराम केसीले […]