कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

कालीकोट, २३ असार ।  विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै  प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा ‘विषादी जोखिम न्यूनीकरण’ अभियान सञ्चालन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर र बजार अनुगमनलाई तीव्रता पार्दै यहाँ ‘विषादी जोखिम न्यूनीकरण’ अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएको छ । रासायनिक विषादीको […]

समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै

सुर्खेत, २३ असार ।  पटक पटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ । सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ । पटक पटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि […]

घाँसको बीउ उत्पादन

बाँके, २३ असार ।  बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ । चालु आर्थिक वर्ष ०८२/०८३ मा विभिन्न प्रजातीका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले जानकारी दिए […]

युट्युब हेरेरै व्यवसायिक कृषिमा शेर्पा

दाङ, २३ असार ।  अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएका छन् । पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले सोमबार उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ । कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको […]

‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’

टिकाराम सुनार धगढी, २३ असार ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट राजनीतिक विवादको केन्द्रमा छ । प्रतिपक्षी दलको विरोध स्वाभाविक मानिए पनि यस पटक विवादको विशेषता फरक छ । सरकारकै प्रमुख साझेदार दलले बजेट निर्माण प्रक्रिया, योजना छनोट र स्रोत बाँडफाँटमाथि सार्वजनिक रूपमा प्रश्न उठाएको छ । यही असन्तुष्टिका […]

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ, २३ असार ।  स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ । चारैतिर हरियाली नजिकै चिटिक्क परेको गाउँबीचमा कलकल बगेको बबई नदीमाथिको झोलुङगे पुलमा त्यस वरपरको मनमोहक दृश्याअवलोकन गर्नेको भीड नै लाग्न थालेको छ । त्यस क्षेत्रको अवलोकन गर्न […]

कमजोर विपद् प्रतिकार्य क्षमता: पाँच दिन बित्दा पनि कर्णालीमा  बेपत्ता गाडी र यात्रुको छैन अत्तोपत्तो

ओम शाही सुर्खेत, २३ असार । कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात छ । बिहीबार (१८ असार) बिहान झण्डै ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो । उक्त दुर्घटनामा घटनास्थलमा एक जनाको शव […]

सम्पादकीय  : खानेपानीको दीगो व्यवस्थापनमा ध्यान देऊ

अक्सिजनपछिको प्राण वायु हो खानेपानी । खानेपानी विकासी आयोजनाको विषय मात्र होइन, यो प्रत्येक नागरिकको मौलिक अधिकारसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता पनि हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । तर, संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेसम्म त्यसको अर्थ सीमित रहन्छ । यही सन्दर्भमा […]

लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने

दाङ ,२३ असार । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत पन्ध्रौं बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ । बैठकको सुरुमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय तथा मुख्यमन्त्री चेतनारायण […]

लुम्बिनी प्रदेश सभा बजेटमाथिका प्रश्नको मन्त्रीद्वारा जवाफ, मुख्यमन्त्री कार्यालयसहितका निकायको विनियोजनमाथि छलफल

दाङ,२३ असार  । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत सोमबार दिउँसो बसेको १४ औं बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ । त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय र संवैधानिक निकायको बजेटमाथि समूहगत छलफल सञ्चालन गरिएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि […]

करेन्ट लागेर वडा सचिवको मृत्य

दाङ ,२३ असार । दाङको गढवा गाउँपालिका–५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका ४० वर्षीय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बर्दियामा ४० किलोमिटर तारजाली, वन अतिक्रमण नियन्त्रणमा पनि प्रभाव

बर्दिया ,२२ असार। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन अतिक्रमण नियन्त्रण तथा वनक्षेत्रको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय बर्दिया र सामुदायिक वन उपभोक्ता समूहहरूले वनक्षेत्रको सीमामा तारजाली (फेन्सिङ) लगाउने अभियानलाई तीव्र बनाएका छन्। हालसम्म जिल्लाका विभिन्न वनक्षेत्रमा ४० किलोमिटरभन्दा बढी तारजाली जडान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार माचड, ओराली बजारलगायत अतिक्रमण हटाइएका […]

सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास

धनगढी, २२ असार ।  हरेक वर्षका बजेटमार्फत सडक बन्छन्, पुल थपिन्छन्, सिँचाइ आयोजना अघि बढ्छन् र विद्यालय तथा अस्पतालका भवन निर्माणका घोषणा दोहोरिन्छन् । यस अर्थमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि अपवाद होइन । ‘एक स्थानीय तहः दुई उत्पादन’, ‘एक घरः एक धारा’, ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’, ‘मुख्यमन्त्री शैक्षिक […]