तीन सय ६ मेगावाटको माथिल्लो  मुगु कर्णाली अघि बढाउने तयारी

ओम शाही सुर्खेत, २५ असार । कर्णाली प्रदेशको मुगु जिल्लामा निर्माण हुने तीन सय ६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना अघि बढाइने भएको छ । प्रवद्र्धक कम्पनी एलिमेन्ट इनर्जी प्रालिले विद्युत ऐन, २०४९ अनुसार विद्युत विकास विभागसँग उत्पादन अनुमतिपत्र माग गरेपछि विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित आयोजनाबाट वातावरणमा उल्लेखनीय असर पर्ने […]

सम्पादकीय : भेरी–बबईलाई गती देऊ

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालको जलस्रोत विकास इतिहासमा एउटा महत्त्वाकांक्षी र दूरदर्शी परियोजना हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको यस परियोजनाले सिँचाइ, ऊर्जा उत्पादन र कृषि आधुनिकीकरणलाई एकैसाथ सम्बोधन गर्ने लक्ष्य राखेको छ । हाल आयोजनाबाट उत्पादन हुने ४६.८ मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढ्नु […]

लुम्बिनीमा थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित

दाङ,२४ असार । लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न कानुनी आधार तयार गर्ने उद्देश्यले उक्त विधेयक तयार पारिएको हो । प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत बुधवार राती बसेको १८ औं बैठकमा सामाजिक […]

लुम्बिनी प्रदेशसभाबाट अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित

दाङ ,२४ असार । लुम्बिनी प्रदेशसभाबाट प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत बुधबार राति बसेको १८ औं बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आर्थिक […]

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ ,२४ असार । लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ । प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका […]

सीमित स्रोतबीच जनमुखी बजेट ल्याएका छौं, सुझावलाई आत्मसात् गर्दै प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन्छौं : मुख्यमन्त्री आचार्य

दाङ ,२४ असार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताको जीवनस्तर उकास्ने, युवालाई रोजगारीसँग जोड्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याएको स्पष्ट पार्नुभएको छ । प्रदेश सभाबाट प्राप्त रचनात्मक सुझावलाई आत्मसात् गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको १७ औं बैठकलाई […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय

दाङ,२४ असार । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहका पदाधिकारी तथा […]

घुयँत्राे:”शिक्षा सुधारको पहिलो सफलता: ‘कपाल काट’ भन्नै नपाइने!”

आज नेपालाँ साढे ३ मैना अघि जन्म्या बालेन सरकारले ल्या शिक्षा नियमावलिकाे कुरा गरम् है त । सत्ता बाईर हुँदा जतिसुकै निशुल्क शिक्षा र नपजि स्कुल बन्दकाे चर्काे नारा लाएनि निशुल्क शिक्षा र निजि स्कुल बन्द गर्ने कुराँ सरकारले हात खडा गरिसक्याे त्याे सबै अभिभावकले था पाउनु भा कै हाेला । निशुल्क शिक्षा र निजि […]

शारदा नगरपालिकामा मिनी टिलर मर्मत–सम्भार तालिम सम्पन्न

सुर्खेत, २४ असार । शारदा नगरपालिकाले कृषकलाई कृषि यान्त्रिकीकरणमा दक्ष बनाउने उद्देश्यले सञ्चालन गरेको मिनी टिलर (हाते ट्र्याक्टर) मर्मत–सम्भार तालिम सम्पन्न गरेको छ । असार २१ गतेदेखि सुरु भएको तीनदिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रम शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीपकुमार पाण्डेको अध्यक्षतामा तथा नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो […]

२ गोलले पछि परेको अर्जेन्टिनाको अन्तिम ११ मिनेटमा रोमाञ्चक जित

काठमाडौं ,२४ असार । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध रोमाञ्चक ३–२ को जित निकालेको छ । दुई गोलले पछि परेको अर्जेन्टिना क्रिस्टियन रोमेरो, कप्तान लियोनेल मेस्सी र एन्जो फर्नान्डेजको गोलले टोलीले खेलको अन्तिम ११ मिनेटमा नतिजा उल्ट्याउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । इजिप्टले खेलको सुरुवातदेखि नै […]

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

कञ्चनपुर, २४ असार ।  शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ । निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत बत्ती जडान अभियान सुरु गरिएको हो । प्रदेशका […]

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र 

सुर्खेत, २४ असार ।  कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब बाँकी ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भने, “कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन् । जलमापन केन्द्र ३१ […]

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

जुम्ला, २४ असार ।  कृषि विकास कार्यालय जुम्लाले सिँचाइका लागि पक्की कुलो निर्माण गरेपछि यहाँका किसानलाई सहज भएको छ । कार्यालयले तिला गाउँपालिका–४ मा रु १४ लाख २८ हजार अनुदान रकम र तीन लाख ७२ हजार अनुदानग्राहीको सहभागितामा उपभोक्ता समितिबाट पक्की सिँचाइ कुलो निर्माण गरिएको हो । पक्की कुलो र ट्याङ्की निर्माण भएपछि यहाँका एक […]