कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर, २६ असार ।  कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु हँुदै बालबालिकालाई खोपबाट रोकथाम […]

बर्डफ्‌लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट, २६ असार ।  देशका विभिन्न स्थानमा बर्डफ्‌लु (एभियन इन्फ्‌लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालीकोटले बर्डफ्‌लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्लाभित्र कुखुरामा बर्डफ्‌लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्वतयारीमा रहन कुखुरापालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, मासु पसल […]

वित्तीय ज्ञानपछि महिला आयआर्जनमा 

टीकापुर, २६ असार ।  वित्तीय बचतबारे ज्ञान सिकेपछि कैलालीका महिला आयआर्जनमा जोडिएका छन् । आम्दानी र खर्चको लेखाजोखा गर्ने र फजुल खर्च घटाउने ज्ञान सिकेपछि परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेका महिला श्रीमान्‌को कमाइ बचत गर्ने र आफू पनि स्वरोजगार बन्न थालेका हुन् । टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीमा रहेका परिवारका महिलालाई वित्तिय साक्षरता कक्षा दिएपछि उनीहरूले […]

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

कञ्चनपुर, २६ असार ।  मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ । उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी खोला–नाला सरसफाइ, उद्धार सामग्री व्यवस्थापन, स्वयंसेवक परिचालन र विपद् प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको विपद् शाखाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार दोदा र महाकाली नदीसँग […]

‘सास नआएपनि लास आओस्‌’

ओम शाही सुर्खेत, २६ असार । सुर्खेतको पञ्चपुरी नगरपालिका–५ माझिगाउँका डण्डपाणी सुवेदीको दैनिकी यतिबेला असमान्य अवस्थाबाट गुज्रिरहेको छ । उनलाई न रातमा निद्रा लाग्छ, नत दिनमा चैनसँग बस्न सक्छन् उनी । एक साता (१८ असार) यताका दिनहरु डण्डपाणीका लागि आशा र निराशाका बिच व्यतित भइरहेका छन् ।  उनी बैचन मुद्रामा यताउता गरिरहन्छन्, मोवाइलमा आउने फोन, […]

सम्पादकीय : कर्णालीको ऊर्जामा लगानी बढ्ने संकेत

कर्णालीका नदीहरू केवल बग्ने पानीका स्रोत होइनन्, नेपालको ऊर्जा भविष्य निर्माण गर्ने आधार पनि हुन् । यही सम्भावनालाई थप बल दिने गरी मुगु जिल्लामा प्रस्तावित तीन सय ६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना अघि बढ्ने प्रक्रियामा प्रवेश गरेको छ । उत्पादन अनुमतिपत्रका लागि सार्वजनिक सूचना जारी भएसँगै आयोजना कार्यान्वयनतर्फको अर्को महत्वपूर्ण चरण सुरु […]

घुयँत्राे:”अध्यादेश आउला कि नआउला, राजीनामा भने आइहाल्यो!”

बालेनकाे सरकारले निजामती कर्मचारीलाई ५५ र ३० गल लगाएर मैदानाट गलहत्याउने भनेछि कतिपय कर्मचारीले त राविनामा दिँदै कुलेलम ठाेक्दै गर्या सम्चारनि आईराछन । अनि झन यै बेलाँ मुख्य सचिबाँ १८ नम्बर मुनिका काे कार्कि भन्ने मान्छेलाई मुख्यसचिब बनाएछि त झन कर्मचारीकाे साताेपुत्लै उड्या हाेला । भन्न त घण्टी सरकारले निसेनि ल्याएर कर्मचारी याँ ठूलै उथलपुथल […]

सय दिन–सय कार्य’मा सिक्टा सिँचाइको फड्को : १३ किमि नहर निर्माण, २५ हजार हेक्टरमा सिँचाइ सुविधा

बाँके ,२५ असार । सरकारको ‘सय दिन–सय कार्य’ कार्यक्रमअन्तर्गत राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले बाँकेमा उल्लेखनीय प्रगति हासिल गरेको छ। पछिल्लो सय दिनमा आयोजनाले करिब १३ किलोमिटर शाखा तथा प्रशाखा नहर निर्माण गर्नुका साथै एक हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिनमा पहिलो पटक सतही सिँचाइ सुविधा विस्तार गरेको जनाएको छ। आयोजना प्रमुख राजु आचार्यका अनुसार सय […]

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

कालीकोट, २५ असार ।  स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । माल्कोट गाउँको धाँचुकोटमा गच्चेकाटिया सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो । रातीमाटादेखि धाँचुकोटसम्म सिँचाइ कुलो निर्माण भएपछि विगतमा सिँचाइ सुविधा नभएको बाँझो जमिनमा बालीनाली लगाउन थालिएको छ । खानेपानी […]

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

कैलाली, २५ असार ।  कैलालीका बालबालिकाले बालबालिकाका लागि खेलमैदान, बाल उद्यान निर्माणजस्ता संरचना निर्माणमा लगानी गर्न माग गरेका छन् । विद्यालय समयबाहेकको समय बिताउने ठाउँको अभावले बालबालिका गलत बाटोमा लाग्न थालेकाले बालबालिका खेल्ने र सिकाइ हुने खालका संचरना निर्माणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बालबालिकाले माग गरेका हुन् । कैलालीको घोडाघोडी वडा नं २ की बालिका […]

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर, २५ असार ।  कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो ।  कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान […]

भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? 

सुर्खेत, २५ असार ।   भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक निर्माणका लागि लगाइएको ठेक्का लामो समयदेखि अलपत्र परेको छ ।  त्यसैगरी, नलगाड नगरपालिकाको कालीमाटीदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्म निर्माणाधीन पुलको अवस्था पनि उस्तै दयनीय छ । तल्लुदेखि त्रिपुराकोटसम्मको सडकमा दुईवटा ठेक्का लगाइएको छ । तल्लुबगर–त्रिवेणीको जिम्मा पाएको क्याब कन्स्ट्रक्सनले २०८२ असोजमा रु […]

यौनिक तथा अल्पसङ्ख्यक समुदायको गुनासो 

नेपालगन्ज, २५ असार ।  महिला र पुरुष समलिङ्गीलगायतका यौनिक तथा अल्पसङ्ख्यक समुदायको आफ्‌नो पहिचान खुले पनि संवैधानिक अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् ।  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको महासङ्घले पश्चिम तारा नेपालको समन्वयमा यहाँ आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, कानुनी अधिकार र सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रमा उहाँहरूले गएका निर्वाचनमा मताधिकार नपाउँदा भोगेको पीडा […]