नौ दिनपछि भेटियो कर्णालीमा  खसेको फोर्स गाडीका चालकको शव

सुर्खेत, २८ असार । कर्णाली नदीमा खसरे बेपत्ता भएको फोर्स गाडीका चालक तुलाराम सुवेदीको शव ९ दिनपछि फेला परेको छ । १८ असारमा सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७, साङ्गेटाडाबाट कर्णाली नदीमा खसेको थियो । शनिबार सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका– २, जबुगडास्थित लामगडामा कर्णाली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ […]

कर्णालीमा वर्षेनी बढ्दैछ  मानव–वन्यजन्तुबिचको द्वन्द्व 

ओम शाही सुर्खेत, २८ असार । कर्णाली प्रदेशमा मानव र वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको पाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा चालु आर्थिक २०८२/०८३ मा मात्रै दुई सय ६९ वटा मानव–वन्यजन्तु द्वन्द्वका घटना घटेका छन् । मन्त्रालयका अनुसार वन्यजन्तुको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यस्तै, बँदेल, बाँदरलगायतका वन्यजन्तुले […]

सम्पादकीय: कहिले सुध्रन्छ बजेट खर्चको ग्राफ ?

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कुल बजेटको ६१.९७ प्रतिशत मात्र खर्च गर्न सकेको छ । ११ महिनासम्म कुल बजेटको ३६.२६ प्रतिशत मात्रै खर्च भएको अवस्थामा असार महिनामा मात्रै २५.७५ प्रतिशत बजेट खर्च गरिएको छ । यो प्रवृत्ति नयाँ होइन । हरेक वर्ष नीति तथा कार्यक्रममा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता दोहोरिए […]

नरैनापुरका मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण

बाँके ,२७ असार । बाँकेको नरैनापुर गाउँपालिकाका मुस्लिम धर्मगुरु र इमामहरुले समुदायमा कुपोषणको समस्या धेरै देखिएकोले पोषणसम्बन्धी सही सन्देश प्रवाह गर्दै बाल कुपोषण न्यूनीकरण र स्वस्थ तथा पोषणयुक्त समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समुदायमा पोषण सम्बन्धि सचेतना फैलाउने उदेश्यले बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा जीवनकालागि पोषण […]

लोपोन्मुख मल्लागिरीको खेतीमार्फत संरक्षणको प्रयास

तुलसीपुर (दाङ),२७ असार । लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरी) संरक्षणलाई आयआर्जनसँग जोड्दै दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका बासिन्दाले घरघरमा यसको खेती विस्तार गरेका छन् । संरक्षणका लागि गरिएको पहल अहिले स्थानीयको आम्दानीको महत्वपूर्ण स्रोतसमेत बनेको छ । स्थानीय प्रविर पुनका अनुसार छिल्लीकोटका प्रत्येक घरमा १०० भन्दा बढी मल्लागिरीका बिरुवा रोपिएका छन् । विश्वमै लोपोन्मुख मानिने यो […]

जनकल्याण आधारभूत विद्यालय, तल्लोमार्केमा छात्रावास भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

सल्यान,२७ असार । शारदा नगरपालिका–५ स्थित जनकल्याण आधारभूत विद्यालय, तल्लोमार्केमा अनाथ, संरक्षण अभावमा रहेका तथा अति विपन्न बालबालिकाका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सोही अवसरमा विद्यालयमा २०६० सालदेखि २०८३ असारसम्म सेवा गरी […]

कर्णाली सरकारको बजेट खर्च ६१.९७ प्रतिशत  पूँजीगत खर्च ५५.७४ प्रतिशतमा सीमित

ओम शाही सुर्खेत, २७ असार । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कुल बजेटको ६१.९७ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।  ११ महिना अर्थात् जेठ मसान्तसम्म कुल बजेटको ३६.२६ प्रतिशत खर्चेको प्रदेश सरकारले असार महिनामा मात्रै २५‍.७५ प्रतिशत खर्चेको छ ।  हरेक वर्षका नीति तथा कार्यक्रममा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने दावी […]

आमाको सास बचाउन दौडिएका  गणेश आफ्नै सास हारेर फर्किए

सुर्खेत, २७ असार । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीका लागि काठमाडौं सपना पूरा गर्ने सहर थिएन, जिम्मेवारी बोक्ने सहर थियो । गाउँमा बिरामी आमा, वृद्ध बुबा, श्रीमती, तीन वर्षीया छोरीको भविष्य उनको काँधमा थियो ।  त्यसैले उनले आफ्नो सपना भन्दा पहिले परिवारको आवश्यकता रोजे । तर, परिवारको जीवन धान्न संघर्ष गरिरहेका गणेशको […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर, २७ असार ।  सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक […]

गर्भवतीलाई पोषणयुक्त खाद्य वितरण

कालीकोट, २७ असार ।  जिल्लाको महावै गाउँपालिकामा गर्भवतीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरेएको छ । गाउँपालिकाले १२५ जना सुनौला हजार दिनका आमाहरूलाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो ।  सुत्केरी भएका आमाहरूले राम्रो खानेकुरा खान नपाएका कारण शिशुलाई कुपोषण हुने तथा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले पोषणयुक्त खाद्यान्न वितरण गरिएको गाउँपालिकाले […]

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला 

दैलेख, २६ असार ।  कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ । यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन् । पहिचान […]

घरदैलोमै सरकारको अनुभूति दिलाउँदै खजुरा

बाँके, २७ असार ।  खजुरा गाउँपालिका–५ उढरापुर निवासी ७५ वर्षीया दिलकुमारी रेग्मीका लागि सामान्य स्वास्थ्य परीक्षण गराउन पनि अस्पतालसम्म पुग्नु सहज थिएन । उमेरसँगै कमजोर हुँदै गएको शारीरिक अवस्थाका कारण उनलाई घर बाहिर निस्कनै कठिन थियो । तर, जब स्वास्थ्यकर्मीको टोली घरमै पुगेर स्वास्थ्य परीक्षण गर्‍यो, उनले सरकार आफ्नै आँगनमा आएको अनुभूति गरे । खजुरा–६ […]

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगञ्ज, २७ असार ।  चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४ दशमलव सात मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ । वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार ६२८ दशमलव ४५० मेट्रिक टन र पोटास २०६ दशमलव ६५० […]