कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली, ३० असार । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ ।  कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् । संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका हुन् । “यस वर्ष पहिलो पटक असार १६ गते एउटा बच्चासहित तीन […]

कालिकोटको पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट, २९ असार ।  कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ का प्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो । सोमबार  दिउँसो १ः३० बजे पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धाँमीगाँउका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला […]

पुरोहितहरूलाई कर्मकाण्ड कक्षा 

दाङ, ३० असार ।  दाङका धेरै पुरोहित पुस्तौँदेखि परम्परागत रूपमा कर्मकाण्ड गर्दै आए पनि औपचारिक अध्ययनको अवसरबाट वञ्चित थिए । अहिले भने नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता विद्यापीठ विजौरीले सञ्चालन गरेको छ महिनाको माध्यमिक तहको कर्मकाण्ड तालिमले उनीहरूलाई शास्त्रीय ज्ञान र शुद्ध उच्चारण सिक्ने अवसर प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ निवासी यमराज उपाध्याय लामो […]

पटक बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने 

काठमाडौँ, ३० असार ।  सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो । कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक […]

कञ्चनपुर गोबरग्यास प्लान्ट जडान 

कञ्चनपुर, ३० असार । स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले चालु आबमा २५० घरधुरीमा गोबरग्यास ‘प्लान्ट’ जडान गरेको छ । दाउरासँगै एलपी ग्यासको खपत घटाउनुका साथै वातावरण संरक्षण, स्वास्थ्य सुधारमा टेवा पुर्‍याउनका लागि गोबरग्याँस प्लान्ट जडान गरिएका हुन् ।  नगर उपप्रमुख जोगराम चौधरीका अनुसार गोबरग्यास प्लान्ट जडानका लागि कूल लागतको १४ प्रतिशत रकम नगरपालिकाले, […]

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके, ३० असार ।  बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ््‌गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गङ्गापुरलाई जोड्ने राप्ती नदीमा पुल नबन्दा यसक्षेत्रका हजारौ नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको यादवले […]

आरोग्य जीवन राष्ट्रिय अभियानको सान्दर्भिकता

डिल्लीराज पौडेल रोग लागेपछि उपचार गर्नु मात्र पर्याप्त हो वा रोगको जोखिम न्यूनीकरण गर्ने स्वस्थ जीवनशैली निर्माण गर्नु अझ ठूलो राष्ट्रिय जिम्मेवारी हो ? आजको सार्वजनिक स्वास्थ्य बहसको केन्द्रमा यही प्रश्न रहेको छ । स्वास्थ्य प्रणालीको सफलतालाई अब केवल अस्पताल, औषधि, उपचार सेवा वा स्वास्थ्य पूर्वाधारको विस्तारबाट मात्र मापन गर्न सकिँदैन । नागरिकले कति स्वस्थ, […]

सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’

सुर्खेत, ३०असार ।  कृषि विकास निर्देशनालय सुर्खेतले यहाँका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । निर्देशनालयले आज एक कार्यक्रम आयोजना गरी ती किसानलाई पुरस्कृत गरेको हो । कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ कृषि र प्रदेशको अर्थतन्त्र वृद्धि गर्ने किसानलाई […]

श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन

काठमाडौँ, ३० असार ।  मुलुकको श्रम तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा ‘चौथो नेपाल श्रमशक्ति सर्वेक्षण’ गरिरहेको छ । कार्यालयले कुल श्रमशक्ति, रोजगारीको अवस्था, श्रमको प्रकार, श्रमबजारको अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण सुरु गरिएको जनाएको छ ।  मौसमी रोजगारीमा आउने उतारचढाव तथा त्यसले पार्ने प्रभावलाई अध्ययन गर्न गत फागुनदेखि तथ्याङ्क सङ्कलन भइरहेको […]

गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना 

सुर्खेत, ३० असार । विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आरके कन्ट्रक्सनका प्रोपाइटर सुवास कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी सजाय सुनाएको छ ।  विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकदारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको […]

बन्द हुनै थालेको त्यो विद्यालय  बन्यो कोही नहुनेको शिक्षालय

ओम शाही सुर्खेत, ३० असार । हरेक बिहानको १० बजेको घण्टी बज्नासाथ सल्यानको सारदा नगरपालिका–५ तल्लो मार्केस्थित जनकल्याण प्राथमिक विद्यालयको प्रांगण बालबालिकाको चहलपहलले भरिन्छ । कोही प्रार्थनाको तयारीमा हुन्छन्, कोही खेलमैदानतिर दौडिरहेका हुन्छन् ।  विद्यालय परिसरमै रहेको आवासमा केही बालबालिका बिहानको खाना सकेर कक्षातर्फ लाग्दै गरेका भेटिन्छन् । उनीहरूमध्ये धेरैका लागि यो विद्यालय केवल पढ्ने […]

सम्पादकीय : निःशुल्क शिक्षाको नाराभन्दा  शिक्षकको व्यवस्था जरुरी

नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक सुनिश्चित गरेको छ । यो व्यवस्था राज्यको सामाजिक दायित्वको महत्वपूर्ण प्रतिबद्धता हो । तर, कागजमा सुरक्षित यो अधिकार व्यवहारमा भने अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । हरेक नयाँ शैक्षिक सत्रसँगै सुर्खेतको जन नमुना माध्यमिक विद्यालयसहित कर्णालीका धेरै सामुदायिक […]

स्थानीय सरकार गैरदलीय कि दलीय ? जुम्लामा मत विभाजित

गाेल्डेन बुढा जुम्ला,२९ असार । संघीय लोकतान्त्रिक व्यवस्थाअन्तर्गत स्थानीय सरकारको स्वरूप कस्तो हुनुपर्छ भन्ने बहस फेरि सतहमा आएको छ। स्थानीय तहमा राजनीतिक दलका उम्मेदवार रहने कि स्वतन्त्र तथा गैरदलीय व्यक्तिलाई नेतृत्व दिने भन्ने प्रश्नमा जुम्लाका नागरिक, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिबीच स्पष्ट रूपमा दुई धार देखिएको छ। एक पक्षले दलीय हस्तक्षेपले विकासलाई प्रभावित बनाएको […]