विपद्मा नसर्ने रोगको सेवा निरन्तरताकोे खाँचो

काठमाडाँै, ३२ असार ।  नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको प्रभावकारी एकीकृत पहल आवश्यक रहेकामा जोड दिइएको छ । साथै जोखिमलाई सामना गर्न विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताका लागि संयुक्त प्रयासको खाँचो औँल्याइएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उत्थानशील नसर्ने रोग परियोजनाद्वारा ‘विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताको लागि अत्यावश्यक […]

आलेख :  अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

बाँके, ३२ असार। “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान गर्छ र मैले नै यो वर्षको अवार्ड पाउँछु भन्ने । काम गर्दै जाँदा यस्ता अन्तरराष्ट्रिय अवार्डले पनि सम्मानित भइनेरहेछ”, यो भनाइ हो–नेपालगन्ज धारा म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीको । नेपालगञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदको नक्सामा स्थापित गर्ने उद्देश्यले करिब एक दशकअघि सुरु गरिएको नेपालगञ्ज […]

डेङ्गुको  जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह 

कञ्चनपुर, ३२ असार ।  कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) […]

टीकापुर उद्यानमा  पर्यटकको आकर्षण  

कैलाली, ३२ असार ।  कैलालीको टीकापुर नगरपालिका–५ मा रहेको टीकापुर उद्यान यस वर्ष दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् । उद्यानबाट चालु आर्थिक वर्षमा रु एक करोड ३५ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । यो राजस्व टीकापुर नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार हो । यस वर्ष आन्तरिक तथा बाह्य गरेर झन्डै दुई लाख […]

तत्कालीन थारू राज्यको राजधानी सुकौराकोट संरक्षण गरिँदै

दाङ, ३२ असार ।  थारू राजादङ्गीशरणले १३औँ शताब्दीमा राजधानी बनाएर राज्य गरेको तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोट क्षेत्रको अब संरक्षण गरिने भएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरले दरबारको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । थारू समुदायको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ठाउँ भए पनि लामो समयदेखि संरक्षण हुनसकेको थिएन । उक्त क्षेत्रको […]

कर्णालीका विभिन्न निर्देशनालयसहित केन्द्र खारेज  

सुर्खेत, ३२ असार ।  कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेतमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । यसअघि […]

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

कालीकोट, ३२ असार ।  कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । बडीमालिका घुम्न पर्यटक विगतमा जनैपूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै जाने गरेकामा अहिले आन्तरिक पर्यटक अन्य बेलामा पनि जान थालेका हुन् […]

प्रदेशमा पुनःबल्झियो सत्ताका लागि लुछाचुडी कर्णालीमा कांग्रेसका चार मन्त्रीको राजीनामा  सुपमा एमालेका चार मन्त्री बर्खास्त

ओम शाही । सुर्खेत, ३२ असार । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया […]

सम्पादकीय :  कहिले रोकिन्छ अनुदानको दुरुपयोग ?

कृषि उत्पादन बढाउने मात्र होइन, त्यसको सुरक्षित भण्डारण, प्रशोधन र बजार व्यवस्थापन सुनिश्चित गर्नु पनि राज्यको महत्वपूर्ण दायित्व हो । यही उद्देश्य पूरा गर्न कर्णालीमा कोल्ड स्टोर र कृषि प्रशोधन उद्योग निर्माणमा करोडौं रुपैयाँ अनुदान खर्च गरिएको छ । तर, रुकुम पश्चिमका तीन वटा कोल्ड स्टोर र एउटा आलु चिप्स उद्योगको अवस्था हेर्दा राज्यको लगानी […]

साइकलका दुई पाङ्ग्रामा २५ वर्षको पत्रकारिता : दिनेश ठाकुरको अविराम यात्रा

बाँके ,३१ असार । बिहानको घाम नउदाउँदै काँधमा क्यामेरा, झोलामा नोटबुक र कलम, अनि साथमा एउटा पुरानो तर विश्वासिलो साइकल। यही दृश्य बाँकेका धेरै गाउँमा वर्षौंदेखि परिचित बनेको छ। साइकल चढेर घटनास्थल पुग्ने, नागरिकका समस्या सुन्ने र तिनलाई समाचारका माध्यमबाट सम्बन्धित निकायसम्म पुर्‍याउने पत्रकार हुन् दिनेश ठाकुर। आज सूचना–प्रविधि र आधुनिक यातायातको युगमा अधिकांश पत्रकार […]

लेबरीबाट फर्केर जुम्लामै उद्योग

गाेल्डेन बुढा जुम्ला,३१ असार । घरको माइलो छोरा हुन्।चार भाइमध्ये २९ वर्षीय मोहनराज रावतको जीवनमा एउटा ‘डी’ ग्रेडले ठूलो मोड ल्यायो। २०७२ सालमा तिला गाउँपालिका–१ स्थित सीता मावि रारालिहीबाट एसईई तृतीय श्रेणीमा उत्तीर्ण भए। तर गणितमा ‘डी’ ग्रेड आयो। ग्रेड वृद्धि परीक्षाका लागि लेखापाललाई फोटो र रुपैयाँ बुझाए। तर फर्म नै छुटाइयो। रुपैयाँ पनि फिर्ता […]

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत, कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,३१ असार । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् । आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश निर्देशक […]

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं ,३१ असार । कर्णाली सरकारबाट काँग्रेसका चारजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । बुधबार बिहान कांग्रेसका मन्त्रीहरू आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् ।           […]