२०८३ असार ३० गते
×

Now Playing

कालिकोटको पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट, २९ असार । 

कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ का प्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो । सोमबार  दिउँसो १ः३० बजे पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धाँमीगाँउका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पिठो पिस्न गएका बेला घट्टमा बसिरहेको अबस्थामा माथिबाट आएको पहिरोले पुरिएका दुई जनालाई उद्धार गरिएका दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए । “घटनाका सम्बन्धमा स्थल थप अनुसन्धान गर्न आफूसहितको टोली त्यसतर्फ जाँदैछौँ”, उनले भने, “घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुनेछ ।”

घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालका चिकित्सकको टोली घटनास्थलतर्फ आउँदै गरेका सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए ।

कालिकोटको पहिरोमा परेर दुई जनाको मृत्यु

पुरोहितहरूलाई कर्मकाण्ड कक्षा 

कालिकोटको पहिरोमा परेर दुई जनाको मृत्यु

कैलालीका नदीमा डल्फिनको चहलपहल

Leave a comment

Your email address will not be published. Required fields are marked *