प्रलोभन देखाई किशोरी भारत लैजान खोज्ने युवती पक्राउ

गाेल्डेन बुढा जुम्ला,२८ असार । वैदेशिक रोजगारी र आकर्षक रोजगारीको प्रलोभन देखाएर एक किशोरीलाई भारततर्फ लैजाने प्रयास गरेको आरोपमा जुम्लामा एक युवती पक्राउ परेकी छन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गत असार १८ गते बिहान करिब साढे १० बजे चन्दननाथ नगरपालिका–४ टुडिखेलस्थित डेरामा बस्दै आएकी १४ वर्षीया किशोरीलाई भारत घुमाउन लैजाने तथा ब्युटी पार्लरमा काम लगाइदिने […]

घुयँत्राे:”बुलबुलेको पानी चुनावी भाषणमै बग्यो!”

बुलबुले ताल अर्थात सुर्खेत जिल्लालाई अरु माझ परिचित गराउने पर्यटिकय स्थल ।बाहिरि पर्यटकहरुलाई आकर्षण गर्दै सुर्खेतमा पर्टक भित्र्याउने याे बुलबुले ताल, तालहेरेरै मानिस आकर्षित हुने भन्दानि त्यै तालकाे नाममा बनेकाे पार्कले नि मानिसहरुलाई टाढाटाढाबाट त्याे स्थानमा आउन र पिकनिक खान तथा डुङ्गा सयर गर्न मानिसका लागि बुलबुले ताल निकै लाेकप्रिय बन्दै गै रहेकाे थियाे । […]

राप्तीमा डुबेर बेपत्ता दुईमध्ये एकको शव फेला, बालिकाको खोजी जारी 

बाँके ,२८ असार  । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी कार्य जारी रहेको छ । सशस्त्र प्रहरी बलका अनुसार डुडुवा गाउँपालिका–५ निवासी गोविन्द सिजापतिकी ११ वर्षीया छोरी खुशी सिजापति र सोही स्थानका विकास रावतका ९ वर्षीय छोरा सुलभ रावत शनिबार साँझ […]

जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको सफल एग्रो फर्म

गाेल्डेन बुढा जुम्ला,२८ असार । रोजगारीको खोजीमा जुम्लाका धेरै युवा विदेशिने क्रम बढिरहेका बेला दुई युवाले भने कृषिलाई नै भविष्यको आधार बनाउँदै जिल्लामा सफल उद्यमको उदाहरण प्रस्तुत गरेका छन्।एकातिर १४ हजार बिरुवासहित जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक स्याउ बगैँचा स्थापना गर्ने परान धराला छन् भने अर्कोतर्फ वार्षिक ६० लाख रुपैयाँ कारोबार गर्ने हिमालयन एग्रो फर्मका सञ्चालक […]

राप्तीसोनारीका आठ वटै वडामा ल्याब सेवा विस्तार, गाउँमै स्वास्थ्य परीक्षणको सुविधा

बाँके ,२८ असार । स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका नागरिकका लागि अब सामान्य स्वास्थ्य परीक्षणका लागि नेपालगञ्ज वा कोहलपुर धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ। गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिका–७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन्। गाउँपालिकाका अध्यक्ष तप्तबहादुर […]

“जब नागरिकले आशा गुमाउँछ: दुई घटनाले उठाएका असहज प्रश्नहरू”

बिमल आचार्य दुई दिन। दुई पुरुष। दुई परिवारको संसार सधैंका लागि बदलियो। सरकारी सेवा लिन गएको ठाउँमा विवादपछि सार्वजनिक स्थानमा आफूलाई आगो लगाउने प्रयास र त्यसपछि उपचारका क्रममा गणेश नेपालीको अवसान भयो । अर्को घटना शिक्षक विवेक मण्डलसँग सम्बन्धित हो। बिबेक आज मृतु सय्यामा छटपटाई रहेका छन् । यी घटनाले देशभर गहिरो दुःख, आक्रोश र […]

चट्याङले भेडा मार्यो, राज्यले किसानको पीडाको मूल्य १ हजार ८ सय ८६ रुपैयाँ तोक्यो

गाेल्डेन बुढा जुम्ला ,२८ असार । जुम्लाका पाटनमा चट्याङले भेडा मर्नु अब भेडापालक किसानका लागि हरेक वर्ष दोहोरिने विपत्ति बनेको छ। गतवर्ष असार २३ गते गुठिचौर गाउँपालिका–५ धौलीगाडको ठूलो हाँका पाटनमा परेको चट्याङले मात्रै ७ किसानका १ सय ९७ वटा भेडा मरे। त्यसपछि विभिन्न पाटन र खर्कमा भएका घटनासहित चट्याङबाट मरेका भेडाको संख्या २ सय […]

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

कैलाली, २८ असार ।  कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन् । उनले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका छन् । भट्टले एक बिघा आफ्‌नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गर्नुभएको छ । एक वर्ष अघिदेखि खेती गर्नुभएका उनले हाल खेतमा […]

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

काठमाडौँ, २८ असार ।  नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३  पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ ।  राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र  ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई शुक्रबार जारी गरिएको एकीकृत […]

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै 

कञ्चनपुर, २८ असार ।  सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दै गएको हो ।   सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायलका कीट नियन्त्रण निरीक्षक हेमराज […]

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध  

जुम्ला, २८ असार ।  कालीकोटको गगनेखोलामा शुक्रबार राती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिए ।  कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान ३ः०० बजेदेखि काम भइरहेको छ । यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय […]

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा 

बागलुङ, २७ असार ।  हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङको तल्लो क्षेत्रमा निकै गर्मी छ । जसका कारण समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको रिगताल क्षेत्रमा सितल छ । यहाँ पुस माघ महिनाको जस्तो चिसो सिरेटो चिलिनै रहन्छ । गर्मी छल्न आन्तरिक पर्यटक दिनहुँ यहाँ पुग्छन् ।  उच्च […]

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरू सुर्खेतमा

सुर्खेत, २८ असार ।  नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरू कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रित भएका छन् । ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन उनीहरू यहाँ आइपुगेका हुन् ।  प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तानहरू गणेश थापा, उपेन्द्रमान सिंह, […]