सय दिन–सय कार्य’मा सिक्टा सिँचाइको फड्को : १३ किमि नहर निर्माण, २५ हजार हेक्टरमा सिँचाइ सुविधा

बाँके ,२५ असार ।

सरकारको ‘सय दिन–सय कार्य’ कार्यक्रमअन्तर्गत राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले बाँकेमा उल्लेखनीय प्रगति हासिल गरेको छ। पछिल्लो सय दिनमा आयोजनाले करिब १३ किलोमिटर शाखा तथा प्रशाखा नहर निर्माण गर्नुका साथै एक हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिनमा पहिलो पटक सतही सिँचाइ सुविधा विस्तार गरेको जनाएको छ।
आयोजना प्रमुख राजु आचार्यका अनुसार सय दिनको अवधिमा सिँचाइ पूर्वाधार निर्माणलाई तीव्रता दिँदै किसानसम्म पानी पुर्‍याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै थप करिब दुई हजार पाँच सय हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
“गत आर्थिक वर्षसम्म आयोजनाको सिँचाइ पहुँच २२ हजार पाँच सय हेक्टरमा पुगेको थियो। यस वर्ष थप दुई हजार पाँच सय हेक्टरमा सुविधा विस्तार भएसँगै कुल सिँचाइ पहुँच २५ हजार हेक्टर पुगेको छ,” आचार्यले बताए।
भौतिक पूर्वाधार विस्तारसँगै आयोजनाले सेवा प्रवाहलाई पनि प्रविधिमैत्री बनाएको जनाएको छ। कार्यालयले नागरिक बडापत्रलाई डिजिटल प्रणालीमा रूपान्तरण गरेको, उजुरी तथा गुनासो व्यवस्थापनका लागि क्यूआर कोड प्रणाली लागू गरेको, ई–हाजिरी प्रणाली सञ्चालनमा ल्याएको, प्रयोगशालाको क्षमता अभिवृद्धि गरेको तथा ‘पेन्डिङ फाइल शून्य’ नीति कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ।
बाँके जिल्लाको करिब ४३ हजार हेक्टर कृषियोग्य जमिनमा वर्षभरि सतही सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसहित निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले हालसम्म २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिसकेको छ।
आयोजनाको प्रगतिसँगै बाँकेका किसानले समयमै सिँचाइ सुविधा पाउन थालेका छन्। यसले कृषि उत्पादन वृद्धि, उत्पादन लागतमा कमी तथा बहुवर्षीय खेती प्रणाली विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि बाँकेको कृषि उत्पादन, खाद्य सुरक्षा तथा स्थानीय अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

सय दिन–सय कार्य’मा सिक्टा सिँचाइको फड्को : १३ किमि नहर निर्माण, २५ हजार हेक्टरमा सिँचाइ सुविधा

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

सय दिन–सय कार्य’मा सिक्टा सिँचाइको फड्को : १३ किमि नहर निर्माण, २५ हजार हेक्टरमा सिँचाइ सुविधा

सय दिन–सय कार्य’मा सिक्टा सिँचाइको फड्को :

Leave a comment

Your email address will not be published. Required fields are marked *