जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट, २२ असार ।  कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बाल हित कोषमार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो । नगरपालिकाको बाल हित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाभित्रका जोखिममा परेका ११५ […]

किसान सूचीकरण तीव्र

काठमाडौँ, २२ असार ।  राष्ट्रको समृद्धिमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका किसानहरूको अथक परिश्रम र योगदानको सम्मान, पहिचान तथा संरक्षणका लागि सुरु गरिएको किसान सूचीकरण कार्यक्रमले तीव्रगति लिएको छ । नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा सरकारको १०० बुँदे […]

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौँ, २२ असार ।  कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो । विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात […]

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

सुर्खेत, २२ असार ।  कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । ग्रिनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्कालागयत सहभागी […]

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ, २२ असार ।  अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही  असार १७ गते परेको वर्षाका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको पहिरोले जाजरकोट–डोल्पा जोड्ने भेरी […]

सडक दुर्घटना र बाढीमा परी दुई जनाको मृत्यु

सुर्खेत, २२ असार ।  डोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्लाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार (आज) दिउँसो जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट झण्डै २०/२५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन  महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर, २२ असार । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहसभन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासङ्घलाई रचनात्मक सुझावसहित संवादमा आउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले आज ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ […]

लुम्बिनी प्रदेशःचार मन्त्रालयको बजेटमाथि प्रदेश सभामा समूहगत छलफल

दाङ ,२२ असार । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत तेह्रौं बैठक सोमबार बिहान सम्पन्न भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकअन्तर्गत चार मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहगत छलफल भएको हो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी […]

चार दिनसम्म पनि भेटिएन कर्णालीमा खसेको फोर्स गाडी 

सुर्खेत, २२ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा कर्णाली नदीमा खसेको फोर्स गाडी र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात छ । बिहिबार (१८ असार) बिहान झण्डै ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो । घटना घटेको […]

खानेपानीमा सारदा नगरपालिकाको लगानी जर्खु र खैरावाङ लिफ्टले १७ हजार जनसंख्यामा  पुग्दैछ दीगो र स्वच्छ खानेपानीको पहुँच 

ओम शाही सुर्खेत, २२ असार । सल्यानको सारदा नगरपालिकाका दुई हजार ६ सय ८५ घरधुरीमा दीगो र स्वच्छ खानेपानीको पहँुच विस्तार गर्न अघि बढाइएको जर्खु लिफ्टिङ खानेपानी आयोजनाले ३५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो आयोजनाले पूर्णता पाए सारदा नगरपालिकाका सात वडाका १० हजार सात सय ४० जनसंख्यामा सहज खानेपानीको पहँुच विस्तार हुनेछ […]

सम्पादकीय : कर्णाली कहिले बन्ला ऊर्जा उत्पादनको केन्द्र ?

अघि बढेको जगदुल्ला जलविद्युत् आयोजना कर्णालीको ऊर्जा विकास इतिहाँसमा एउटा नयाँ अध्याय हो । लामो समयसम्म कागजमै सीमित बनेका आयोजना र अनिश्चितताबीच रहेको कर्णालीका लागि सुरुङमार्ग निर्माणको औपचारिक सुरुवात केवल एउटा परियोजनाको प्रगति मात्र होइन, प्रदेशको जलस्रोत विकासप्रतिको विश्वास पुनःस्थापित गर्ने संकेत पनि हो । यदि निर्धारित समयमै सम्पन्न गर्न सकियो भने यो आयोजना कर्णालीको […]

लुम्बिनी प्रदेश सभामा आज चार मन्त्रालयको बजेटमाथि छलफल हुदै

दाङ ,२२ असार । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज सोमबार बस्ने तेह्रौं बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि समूहगत छलफल हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बिहान ८ बजे सुरु हुने बैठकका लागि सभामुख तुलाराम घर्तीमगरले ३ घण्टाको समय निर्धारण गर्नुभएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास […]

लुम्बिनी प्रदेशः बजेटमाथिको मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने

दाङ ,२१ असार । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते हुने भएको छ । आइतबार बसेको लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको १२ औं […]