सडक दुर्घटना र बाढीमा परी दुई जनाको मृत्यु

सुर्खेत, २२ असार । 

डोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्लाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार (आज) दिउँसो जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट झण्डै २०/२५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा जीपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द रिजालले जीपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । उनका अनुसार चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, डोल्पामै बाढीमा परी एक महिलाको मृत्यु भएको छ । आइतबार राति अविरल वर्षापछि आएको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान झन्डै ३ बजेको समयमा स्थानीय धुलाखोलामा आएको हिलोसहितको बाढी गाउँ पस्दा अन्दाजी ५५/५६ वर्षीया आनन्दा बिक घरभित्र पुरिएकी थिइन् ।

प्रहरी र स्थानीयले उनको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार बाढीमा परेर घाइते भएका ६ मध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनालाई थप उपचारका लागि हेकिप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । प्रहरीका अनुसार बाढीले स्थानीयको घरमा ठुलो क्षति पुर्‍याएको छ ।

सडक दुर्घटना र बाढीमा परी दुई जनाको मृत्यु

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *