शारदा नगरपालिकामा मिनी टिलर मर्मत–सम्भार तालिम सम्पन्न

सुर्खेत, २४ असार ।
शारदा नगरपालिकाले कृषकलाई कृषि यान्त्रिकीकरणमा दक्ष बनाउने उद्देश्यले सञ्चालन गरेको मिनी टिलर (हाते ट्र्याक्टर) मर्मत–सम्भार तालिम सम्पन्न गरेको छ । असार २१ गतेदेखि सुरु भएको तीनदिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रम शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीपकुमार पाण्डेको अध्यक्षतामा तथा नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


समापन कार्यक्रममा उपप्रमुख सुस्मिता सापकोटा, नगर प्रवक्ता राजेशकुमार शर्मा, वडा नम्बर ३ का अध्यक्ष तुल्सा भण्डारी, कृषि विकास शाखा प्रमुख कबिराज ज्ञवाली तथा तालिममा सहभागी किसानहरूको उपस्थिति रहेको थियो ।
तालिममा कृषिमा संलग्न ४१ जना किसानलाई मिनी टिलर (हाते ट्र्याक्टर) को मर्मत तथा सामान्य प्राविधिक समस्या समाधानसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।तालिमबाट मिनी टिलरमा आउने सामान्य खराबी आफैं पहिचान गरी मर्मत गर्न सक्ने ज्ञान र सीप प्राप्त भएको सहभागी कृषकहरूले बताएका छन् ।

उनीहरूले यस्ता तालिमले कृषि कार्यलाई थप सहज, प्रभावकारी र लागत कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शारदा नगरपालिकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउने तथा किसानको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ ।

शारदा नगरपालिकामा मिनी टिलर मर्मत–सम्भार तालिम सम्पन्न

२ गोलले पछि परेको अर्जेन्टिनाको अन्तिम ११

Leave a comment

Your email address will not be published. Required fields are marked *