नागरिकसँग हुलाक सेवा वारे अन्तरक्रिया

दुर्गा विसि

सल्यान ,२० असार ।

हुलाक कार्यालय बनगाड कुपिण्डे नगरपालिकाकाे आयोजनामा नागरिकसँग हुलाक सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।हुलाक सेवा र नागरिक विचकाे सम्बन्ध थप सुमधुर वनाउने उदेश्यले आयोजित कार्यक्रम मा वडा अध्यक्ष थुम वहादुर विसि,वडा सदस्य लाेग वहादुर वुढा,रेडक्रस सभापति पुष्कर विसि,वजार व्यवस्थापन समिति अध्यक्ष ईश्वर वुढा,वडा सचिव दुर्गा उपाध्याय,पत्रकार,स्थानीयकाे उपस्थिति रहेको थियोे ।वडा अध्यक्ष विसिले हुलाककाे महत्त्व र यसले पुर्‍याउने फाइदाका विषयमा जानकारी दिनुका साथै नागरिकसँग हुलाक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

हुलाक कार्यालय बनगाडका कार्यालय प्रमुख चन्द्रा थापाले हुलाकले विद्यमान अवस्थामा गर्दै आएको कामकाजवारेमा जानकारी दिनु भएको थियोे ।हुलाकले अब चिठी पत्र मात्रै नभएर अलि ठुला खाले काम कृषि उपज फलफूल,पासपोर्ट,सर्टिफिकेट,नागरिकता प्रतिलिपी,विवहा कार्ड,निमन्त्रणा कार्ड अन्य कागजात स्वदेश तथा विदेशबाट समेत सर सामना ल्याउन र पठाउन सक्ने जनाएको छ ।सरसामान पठाउँदा अब कुरियर मात्रै होइन हुलाक सेवामा पनि त्यो समान पठाउन सकिने जनाएको छ ।साे कार्यक्रममा ग्रिभान पुनले स्वागत मन्तव्य दिनु भएको थियोे भने सञ्चालन हुलाक कार्यालय सल्लिवजारका कृष्ण विसिले गरेको जनाएको छ ।

नागरिकसँग हुलाक सेवा वारे अन्तरक्रिया

घुयँत्राे:”सय दिनको हनिमुन, विपक्षको सय दिनको हल्ला

नागरिकसँग हुलाक सेवा वारे अन्तरक्रिया

नागरिकसँग हुलाक सेवा वारे अन्तरक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *