हरियाली प्रवद्र्धन गर्न छ लाख बिरुवा वितरण

बाँके, २० असार ।

यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवद्र्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई निःशुल्क वितरण थालेको छ । चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल छ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण थालिएको उक्त कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले  जानकारी दिए ।

यो वर्ष एकवर्षीय पाँच लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन गरिएका तथा हिजोदेखि किसानलाई वितरण सुरु गरिएको जानकारी दिँदै उनले  सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन, एकासिया अधिक हुर्काइएका बताए ।

अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अम्बा, अर्जुन, वीरेन्द्रफूल, धुपी, रिठा, कपुर, सिमल, कुसुम, निलमफूल र एकासियालगायतका बिरुवा पनि नर्सरीमा हुर्किका छन् । किसानलाई निःशुल्क वितरण थालिएका बिरुवामा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा सजावटका छन् ।

 

 

हरियाली प्रवद्र्धन गर्न छ लाख बिरुवा वितरण

भेरी लिफ्टिङ खानेपानीको भौतिक प्रगति ३० प्रतिशत

हरियाली प्रवद्र्धन गर्न छ लाख बिरुवा वितरण

कर्णाली सरकारले माग्यो गृह मन्त्रालयसँग सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *